single page header banner

महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण

Pramodkhadka Pramodkhadka
बुधबार, मंसिर 21, 2081
Social buttons loaded
समाचार सारांश
  • काठमाडौं ।
  • विभिन्न मिति र फरक फरक पार्टीको सरकार रहेकाे बखत आफुहरु सँग भएकाे सहमति र संबिधानमा उल्लेख गरिएकाे अधिकारमा चासाे दिलाउन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले महामहिम राष्ट्रपति राम चन्द्र पाैडेल समक्ष ज्ञापन पत्र बुझाएकाे छ।

काठमाडौं । विभिन्न मिति र फरक फरक पार्टीको सरकार रहेकाे बखत आफुहरु सँग भएकाे सहमति र संबिधानमा उल्लेख गरिएकाे अधिकारमा चासाे दिलाउन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले महामहिम राष्ट्रपति राम चन्द्र पाैडेल समक्ष ज्ञापन पत्र बुझाएकाे छ। साथै यस अघिकाे सरकारकाे पालामा मिति: २०८०/१२/२५ मा तत्कालिन सरकारका गृह प्रशासन मार्फत देसभरका प्रमुख जिल्ला अधिकारीहरुलाई जारि गरिएकाे परिपत्रबाट अल्पसंख्यक ख्रीष्टियन समुदायमाथि राज्यले खेलेकाे गलत भुमिका,ख्रीष्टियनहरु माथि गर्ने फरक व्यवहार र हेर्ने गलत दृष्टि प्रति पनि ध्यानाकर्षण हाेस भनी सुझाएका छन्।

राष्ट्रपति कार्यालयमा महामहिम राष्ट्रपति राम चन्द्र पाैडेललाई ज्ञापन पत्र बुझाउँदै महासंघका कार्यवाहक अध्यक्ष उद्धव प्रसाद चिमाेरिया,सहअध्यक्ष तुलसि प्रसाद श्रेष्ठ सहितकाे महासंघकाे टाेलिले आफुहरुले अवलम्बन गरेको धर्मको अभ्यास गर्न पाउने संविधानमा उल्लेखित वाक्यांश अनुसार चल्न चलाउन र विभिन्न मिति र समयमा धर्मप्रचारकै आरोपमा पक्राउ परेका व्यक्तिहरुमाथि लगाइएको मुद्दाहरु खारेजी सहित २०६८ र २०६९ मा नेपाल सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमतिको कार्यान्वयन सहित पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपति कार्यालयको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

यस्ताे छ ज्ञापन पत्रकाे पूर्ण अंश :

महामहिम राष्ट्रपति ज्यू, राष्ट्रपति कार्यालय सितल निवास, काठमाडौं ! ज्ञापन पत्र २०७२ को संविधानले नेपाल धर्म निरपेक्ष राष्ट्र भइसकेको र सबै धर्म, जाति, सबै भाषका समुदायले आ आफ्नो धर्मको अभ्यास गर्न, अवलम्बन गर्न पाउने अधिकार सविधानले दिएको र राष्ट्र धर्म निरपेक्ष रहेको अवस्थामा २०६८ सालमा नेपाल सरकारमा दर्ता भएको राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले नेपालमा र विश्वभर रहेका नेपाली भाषी ख्रिष्टियन दाजुभाइ दिदिबहीनीहरुको हक अधिकारका निम्ति नेपाल सरकारसंग २०६८ र २०६९ मा ३ बुँदे र ६ बुँदे सहमति भएको साथै नेपालमा रहेको चर्चहरुलाई गुठीको मान्यता दिने, नेपाली ख्रिष्टियनको मृत्यु संस्कारको निम्ति समाधीस्थलको व्यवस्थ वगर्ने, चर्चको सम्पति संरक्षणको लागि सरकारले ख्रिष्टियन गुठीको व्यवस्था गर्नुपर्ने इत्यादी कुराहरुमा भएको सहमति आजको दिनसम्म पनि कार्यान्यन नभएको अवस्था छ । अघिल्लो सरकारको गृह प्रशासनबाट मिति २०८०।१२।२५ मा जारी गरिएको एक परिपत्रपछि झनै अल्पसंख्यक धार्मिक ख्रिष्टियन समुदाय अफ्ठेरोमा परेको अवस्था छ । अहिले देशमा धर्म निरपेक्षतालाई नै कमजोर बनाउने खेलमा ख्रिष्टियन माथि झुटो आरोपमा फसाउने र यो समयमा हामी ख्रिष्टियनहरुले धर्मप्रचारको अभियोगमा सहनुपर्ने र समाजमा अल्पसंख्यक भएकै कारण विभेद सहनुपर्ने इत्यादि कुरा भईरहेको छ । विश्वव्यापी मानव अधिकारमा पनि मानिसले आफ्नो धर्मको अभ्यास गर्न पाउनुपर्छ भन्ने मान्यता छ ।त्यसैले यो देशमा ख्रिष्टियनहरुले पनि अरु धार्मिक दाजुभाईसरहको अधिकार पाउनुपर्छ र जसरी अरुले सबै प्रकारको सुविधा पाएको छ, त्यो सुविधा ख्रिष्टियनहरुका निम्ति पनि हुनुपर्छ । साथै २०८०।१२।२५ मा जारी परिपत्र परिमार्जन वा कार्यान्वयनलाई खारेज गर्न लगाई अल्पसंख्यक धार्मिक समुदायमाथिको विभेद पूर्ण निर्णय सुधार गरी आफुले अवलम्बन गरेको धर्मको अभ्यास गर्न पाउने संविधानमा उल्लेखित वाक्यांश अनुसार चल्न चलाउन र विभिन्न मिति र समयमा धर्मप्रचारकै आरोपमा पक्राउ परेका व्यक्तिहरुमाथि लगाइएको मुद्दाहरु खारेजी सहित २०६८ र २०६९ मा नेपाल सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमतिको कार्यान्वयन सहित पूर्ण धर्मनिरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपति कार्यालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । 

उद्धव प्रसाद चिमोरिया, कार्यवाहक अध्यक्ष
single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
जीवनको सबैभन्दा बहुमूल्य निधि : ख्रीष्टमा शान्ति लेखक
जीवनको सबैभन्दा बहुमूल्य निधि : ख्रीष्टमा शान्ति लेखक
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ
अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
प्रार्थना : पितासँगको घनिष्ठ सम्बन्ध र हाम्रो आत्मिकी अधिकार
प्रार्थना : पितासँगको घनिष्ठ सम्बन्ध र हाम्रो आत्मिकी अधिकार
“आमेन” को अर्थ
“आमेन” को अर्थ
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको  बधाई
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको बधाई
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न जब सेवा भन्दा पद ठूलो हुन पुग्छ, तब ख्रीष्टियन विश्वास कमजोर र प्रभावहीन बन्छ जब सेवा भन्दा पद ठूलो हुन पुग्छ, तब ख्रीष्टियन विश्वास कमजोर र प्रभावहीन बन्छ मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न परमेश्वोर कस्तो हुनुहुन्छ ? परमेश्वोर कस्तो हुनुहुन्छ ?
होम