येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
- डोल रोटन भन्छन्, “येशू परमेश्वर हुनुहुन्छ अनि सधै जीवित हुनुहुन्छ ।
- तर पनि इतिहासको कुनै एक निश्चित समयमा उहाँले मावन रुप लिनुभयो ।
डोल रोटन भन्छन्, “येशू परमेश्वर हुनुहुन्छ अनि सधै जीवित हुनुहुन्छ । तर पनि इतिहासको कुनै एक निश्चित समयमा उहाँले मावन रुप लिनुभयो । अनि परमेश्वरको शक्तिद्धारा कन्या मरियमको कोखबाट जन्मिनु भयो । उहाँले एक पाप रहित जीवन जीउनु भयो ।” वास्तवमा येशूको ईश्वत्वलाई ख्रीष्टियानहरुले स्वीकारको कारण यो हो कि धर्मशास्त्रले नै येशूको ईश्वरत्वको निष्कर्षमा पुराउँछ । बाइबलले स्पष्ट बताउँछ कि यदि हामीले येशूको ईश्वरुत्वलाई इन्कार गछौँ भने हामीहरुसँग पिता परमेश्वर पनि हुनहुन्न् । १ यूहन्ना २:२३ ले भन्छ, “पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न । जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ ।”
यूहन्ना १:१ अनुसार “आदिमा बचन हुनुहुन्थ्यो, बचन परमेश्वर हुनुहुन्थ्यो, अनि बचन परमेश्वर हुनुहुन्थ्यो ।” यहाँ बचन परमेश्वर हुनुहुन्थ्यो भन्नुको अर्थ हो कि येशू पनि परमेश्वर हुनुहुन्छ । यहाँ येशूलाई वचनको रुपमा प्रस्तुत गरिएको छ । यही बचन नै हाम्रो येशु ख्रीष्ट हुनुहुन्छ (यशैया ५५:११,प्रकाश १९:१३)। येशू कुनै संयोग वा आश्चर्यपूर्ण तरिकाले परमेश्वर हुनु भएको होइन तर उहाँलाई परमेश्वरको दर्जा बाइबलले नै दिने गर्दछ । तर यूहन्ना १:१ लाई यहोवाका साक्षीहरुले फरक तरिकाले व्यक्त गर्दछ । उनीहरुले यूहन्ना १:१लाई यसरी अनुवाद गरेका छन्, “सुरुमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसित हुनुहुन्थ्यो र वचन ईश्वरीय हुनुहुन्थ्यो ।” यूहन्ना १:१ पदको व्याख्यामा उनीहरु लेख्छन्,
यूहन्ना १:१ का यी शब्दहरुलाई विभिन्न अङ्ग्रेजी, फ्रान्सेली अनि जर्मन अनुवादहरुमा “ईश्वर,” “ईश्वरीय” वा “ईश्वरसमान” भनेर अनुवाद गरिएको छ किनभने यहाँ प्रयोग भएको ग्रीक शब्द थिओस, जुसको अर्थ हो परमेश्वर, त्यसको अगाडी ग्रीक शब्द “हो” छैन । तर यूहन्ना १:१ को अघिल्लो भाग अर्थात “वचन परमेश्वर सित हुनुहुन्थ्यो” भन्ने वाक्यमा भने ग्रीक अभिव्यक्ति “हो” थिओस ( ὁ Θεὸς ) प्रयोग गरिएको छ । ग्रीक भाषामा नामको अगाडी “हो” (ὁ) छ भने त्यसको व्यक्तिविशेष परिचय, व्यक्तित्वलाई बुझाउँछ अनि नामको अगाडी “हो” ( ὁ ) छैन भने त्यसको व्यक्तिविशेषको गुणलाई बुझाउँछ । तसर्थ यूहन्नाले वचन वा लोगोस “ईश्वर” वा “ईश्वरीय” वा “ईश्वरसमान” छ भन्नुको अर्थ वचन स्वयम् परमेश्वर हुनुहुन्छ भन्ने होइन । यूहन्नाले चलाएको शब्दले वचन वा लोगोसको एउटा खास गुणलाई मात्र बुझाउँछ तर वचन आफै परमेश्वर हुनुहुन्छ अथवा वचन र परमेश्वर एउटै हो भनेर बुझाउँदैन ।
यहन्नाले येशूलाई “बचन” ग्रीक मा (लोगोस) भनी सम्बोधन गर्दै आफ्नो सुसमाचार सुरु गरेका छन् । ख्रीष्टका निम्ति यो पदवी प्रयोग गरेर यूहन्नाले उहाँलाई परमेश्वरको व्यक्तिगत बचनको रुपमा प्रस्तुत गरेका छन् । तर के यहोवाका साक्षीहरुले भने जस्तै यूहन्ना १:१ ले येशूको ईश्वरत्वलाई इन्कार गरेको हो र ? यूहन्ना १:१ Θεὸς ἦν ὁ Λόγος यहोवाका साक्षीहरुले “the Word was God” लाई “the Word was a god“ भनेर अनुवाद गर्दछ । यसको अर्थ येशू एक देव वा विभिन्न अरु देवहरु मध्ये एक देव जस्तै हो तर परमेश्वर चाहिँ होइन भन्ने गर्दछन् । यहोवाका साक्षीहरुले भनेको वाक्य “ग्रीक भाषामा नामको अगाडी हो (ὁ) छ भने त्यसको व्यक्तिविशेष परिचय, व्यक्तित्वलाई बुझाउँछ अनि नामको अगाडी हो ( ὁ ) छैन भने त्यसको व्यक्तिविशेषको गुणलाई बुझाउँछ ।” भन्ने ठिक हो तर यसको लागि वाक्यको संरचनालाई पनि ध्यान दिनु पर्दछ । Θεὸς ἦν predicate noun। Λόγος यहाँ जुन रुपमा Θεὸς को प्रयोग भएको छ त्यसको निम्ति ( ὁ ) को आवश्यकता पर्दैन किनकि ग्रीक भाषाको नियम अनुसार Subject and Object ( ὁ ) चाहिन्छ तर predicate noun लाई ( ὁ ) चाहिदैन । तसर्थ यहोवाका साक्षीहरुले वचन वा लोगोस “ईश्वर” वा “ईश्वरीय” वा “ईश्वरसमान” छैन भन्नु अज्ञानता र ग्रीक भाषाको अल्पज्ञान बाहेक अरु केही हुन नै सक्दैन । यसैगरी Θεὸς को वाक्य संरचना प्रयोग पद यूहन्ना १:२, ६,१२, १३ मा पनि प्रयोग गरिएको छ ।
यूहन्ना २०:२८ येशूका बाह्र चेला मध्ये एक चेला थोमाले येशूलाई “मेरो प्रभु र मेरो परमेश्वर” भनी सम्बोधन गरेका छन् । यसको अर्थ यही हुन्छ कि थोमाले येशू ख्रीष्टलाई परमेश्वर नै हुनुहुन्छ भनी थाहा पाए र भने । मेरो परमेश्वर भन्नुको अर्थ यो पनि हो कि मेरो जीवनको मालिक । थोमाले स्पष्ट रुपमा थाहा पाए कि उहाँ साच्चै परमेश्वर नै हुनुहुन्छ । यहोवाका साक्षीहरुको पुस्तक Should You Believe in the Trinity ? ले यूहन्ना २०:२८ का दुईवटा व्याख्याहरु दिन्छ:
१.“थोमाका लागि येशू एक देव” तुल्य हुनुहुन्थ्यो, विशेष गरी उहाँका घोषणाहरुलाई उत्प्रेरित गर्ने आश्चर्यकर्ममय स्थितिहरुमा ” ।
तर यो व्याख्या विश्वासलाग्दो छैन, कारण थोमाले येशुलाई “तपाई एक देव जस्तै हुनुहुन्छ” भनेनन् तर उहाँलाई “मेरो परमेश्वर” भने । ग्रीक मूलपाठमा उहाँ निश्चित उपपद छ (यसलाई ‘एक देव’ भनी अनुवाद गर्न सकिदैन) अनि यो सुस्पष्ट छ: ho theos mou भनेको ‘मेरो एक देवता’ होइन तर ‘मेरो परमेश्वर’ हो ।
२. प्रस्तुत गरिएको व्याख्या यस्तो छ,“थोमाले उदेकको एउटा भाबुक उद्गार मात्र व्यक्त गरेका थिए, जो येशूलाई सम्बोधन गरिएको थियो तर परमेश्वरतिर लक्षित थियो ।”
हिब्रू १:३ लाई अध्ययन गर्ने हो भने येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रस्ट हुन्छ । येशु पूर्ण रुपमा परमेश्वर हुनुहुन्छ भन्ने पदहरु मध्ये यो पनि एक बिशेष पद हो । हिब्रूको लेखकले ख्रीष्ट परमेश्वरको स्वभाव, अस्तित्वमा यस्तै हुनुहुन्छ भन्ने कुरा उल्लेख गर्छन । पिता परमेश्वरमा जस्तो स्वभाव, गुण, चरित्र, अस्तित्व र शक्ति छ त्यस्तै येशु ख्रीष्टमा छ भन्ने कुरा प्रस्ट पार्दछ । तीतस २:१ ले पनि येशु ख्रीष्टलाई परमेश्वर भनिएको छ । २ पत्रुस १:१ मा हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको भनिएको छ । यसको अर्थ पनि यहि हुन्छ कि येशु नै परमेश्वर हुनुहुन्छ । यशैया ९:६ ‘किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । …..शक्तिशाली परमेश्वर… कहलाईनुहुनेछ ।’ पुरानो करारमा पनि येशूलाई परमेश्वर भनी सम्बोधन गरिएको छ । यहाँ येशु ख्रीष्ट लाई शत्तिलशाली परमेश्वर भनी भनिएको छ । रोमी ९:५ मा येशू ख्रीष्टलाई सर्बोच्च परमेश्वर भनिएको छ । यशैया ४०:३ मा पनि येशुलाई परमप्रभु भनिएको छ । बाइबलमा उल्लेख भएका पदहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर बताउँछ यसैले यहोवाका साक्षीहरुले गरेको तर्क बेतुक र कुनै अर्थ र बाइबलीय शिक्षा नै नबुझेका हो भन्ने अर्थ हुन्छ । येशू ख्रीष्टको इश्वरीय गुण र उहाँको स्वभावलाइ नै इन्कार गर्नेहरूले येशू ख्रीष्टको इश्वरत्वको बारेमा कहिल्यै वकालत गर्न सक्दैन । किनकि तिनीहरू मति भ्रष्ट भएर शैतानका पासोमा परेका छन् ।
कलस्सी १:१६“किनकी उहाँमा नै (येशु ख्रीष्टमानै) सबै थोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका अदृश्य थोकहरु, चाहे सिंहासनहरु, चाहे प्रभुत्वहरु, चाहे प्रधानताहरु चाहे अधिकारहरु सबैथोक उहाँद्धारै र उहाँकै निम्ति सृजिएका हुन् ।” रोमीको ९:५ ले येशू सर्बोच्च परमेश्वर हुनुहुन्छ भनी पावल उल्लेख गर्छन् । परमेश्वर भएता पनि शरीर अनुसार जन्मनु भयो यसैकारण सर्बोच्च परमेश्वर येशुको युगानयुग स्तुति होस् भनी भनेका छन् । यस्तै १ यूहन्ना ५:२० मा येशु परमेश्वरको पुत्र हुनुहुन्छ जो सत्य हुनुहुन्छ, उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ र अनन्त जीवन दिनुहुन्छ । बाइबलका यी खण्डहरुको तथ्यले यही कुरा बताउँछ कि, येशु परमेश्वर हुनुहुन्छ । उहाँद्धारै नै सबै थोक बनिएको थियो यसैले येशू वास्तविक रुपमा र स्यमं परमेश्वर हुनुहुन्छ । यसैले उहाँले सबै कुरा जान्नुहुन्छ, ।
येशू परमेश्वर हुनुहुन्छ भनेर येशूका चेलाहरुले स्वीकार गरेका थिए, सुरुका मण्डलीहरुले येशूको नाममा प्रार्थना र आराधना गर्ने गर्थे, नासरियन परिषद्ले झुटा शिक्षाहरुलाई जवाफ दिनको लागि येशू परमेश्वर हुनुहुन्छ भने र अहिले पनि करोडौँ मानिसहरुले येशू परमेश्वर हुनुहुन्छ भनेर विश्वास मात्र गर्दैनन् तर उहाँको निम्ति मर्न पनि तयार हुन्छन् । यसैले येशू परमेश्वर हुनुहुन्छ भन्दा यहाँ २ कुरा मात्र हुन्छ, पहिलो कि त यो पूर्ण झुट हो वा कि त यो पूर्ण रुपमा सत्य हो । तर हामीलाई बाइबलले यो कुरा स्पष्ट रुपमा सिकाउँछ कि येशू परमेश्वर नै हुनुहुन्छ । येशू परमेश्वर होइन भन्ने जति प्रमाण संसारमा छन् ती भन्दा धेरै प्रमाण येशू परमेश्वर हुनुहुन्छ भन्ने बाइबलीय प्रमाण छ यसैले आफ्नो बुद्धिले परमेश्वर महानतालाई व्याख्या गर्न खोज्नु र सूर्यलाई हत्केलाले छेक्न खोज्नु उही हो ।
…उहाँ सिद्ध परमेश्वर पनि हुनुहुन्छ । उहाँलाई कसैले परमेश्वर बनाएको होइन, तर उहाँ परमेश्वर नै हुनुहुन्छ । येशू सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उहाँले तपाईं र मलाईं बनाउनुभयो । पापमा डुबेर नाश हुन लागेका मानिसहरुका मुक्तिदाता बन्न उहाँ आउनुभयो । उहाँ मर्नुभयो, तर मृत्युलाई जितेर उहाँ फेरि जीवित हुनुभयो । उहाँको कुनै चिहान छैन । किनकि ईश्वरको चिहान हुँदैन, ईश्वर मर्दैनन् । (https://www.promisetvnepal.com/येशू-सिद्ध-ईश्वर-र-मानिस/)
ईश्वरशास्त्री लेविस चाफर लेख्छन्, “पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त उसको हैसियत नै छ । कसैले क्षमा दिएको पापले उहाँलाई बचाउँन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् । जब येशूले निश्चित रुपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दै हुनुहुन्थेन । परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट छ कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ । उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ ।”
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ
संविधान संशोधन, हाम्रो कर्तव्य अनि अधिकार
सवै भन्दा ठुला मण्डली भवनहरु
पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु







