single page header banner

तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)

Pramodkhadka Pramodkhadka
बुधबार, माघ 23, 2081
Social buttons loaded
समाचार सारांश
  • एक-अर्कालाई प्रेम गर भन्ने नारा सहित बिपतमा परेकाहरूको लागि आकस्मिक राहत सेवाका रूपमा निशुल्क खाना खुवाउने अभियानका साथै विभिन्न दुःखी, बिरामी, असक्तहरूलाई सहयोग गर्दै आउनुभएका तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न संयुक्त राष्ट्रिय नेपाली मण्डली परिषदका संयाेजक भव घलेले अपिल गर्नुभएको छ ।
  • संयाेजक घलेका अनुसार श्रेष्ठले दैनिक रूपमा कम्तिमा रू १०,००० बराबरको खाना खुवाउने काम गरिरहनुभएको छ र खाना तथा सरसामाग्रीहरु कपन देखि विभिन्न ठाउँमा ओसार पसार गर्नुपर्छ तर यस कार्यका लागि वहांले स्कुटर, मोटरसाइकल, र भाडाको गाडीमार्फत गरिरहनुभएको छ ।

एक-अर्कालाई प्रेम गर भन्ने नारा सहित बिपतमा परेकाहरूको लागि आकस्मिक राहत सेवाका रूपमा निशुल्क खाना खुवाउने अभियानका साथै विभिन्न दुःखी, बिरामी, असक्तहरूलाई सहयोग गर्दै आउनुभएका तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न संयुक्त राष्ट्रिय नेपाली मण्डली परिषदका संयाेजक भव घलेले अपिल गर्नुभएको छ ।

संयाेजक घलेका अनुसार श्रेष्ठले दैनिक रूपमा कम्तिमा रू १०,००० बराबरको खाना खुवाउने काम गरिरहनुभएको छ र खाना तथा सरसामाग्रीहरु कपन देखि विभिन्न ठाउँमा ओसार पसार गर्नुपर्छ तर यस कार्यका लागि वहांले स्कुटर, मोटरसाइकल, र भाडाको गाडीमार्फत गरिरहनुभएको छ । त्यसैले तत्काल पुरानो अर्थात सेकन्ड-ह्यान्ड भए पनि करिब रू ५००,००० (पाँच लाख) पर्ने एउटा भ्यान आवश्यक छ, जसले खानाका सामग्रीहरू किन्न, खाना पुर्‍याउन र ल्याउन सजिलो बनाओस् ।

तुलसी श्रेष्ठ जस्ता निश्वार्थ सेवामा तल्लीन सेवकहरुलाइ सहयोग गर्ने याे मौका हाे भन्दै वहाँ भन्नुहुन्छ `राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हामी नेपाली चर्चको लागि एउटा ठूलो अवसर छ। वहाँलाई भ्यान किनिदिएर एउटा नमूना प्रदर्शन गरौँ र तुलसीजीको अभियानमा साथ, समर्थन, र सहभागिता जनाऔं।´ सहयाेग रकम जम्मा गर्नका लागी QR कोडकाे व्यवस्था गरिएको र रकम जम्मा गर्दा भ्यानकाे लागि वा खानाकाे लागी उद्देश्य खुलाउन पनि वहांले अनुराेध गर्नुभएको छ ।

सबै कुरा स्थानीय चर्चले मात्र गर्न नसक्ने र कुनै व्यक्तिले एक्लै पनि गर्न नसक्ने भन्दै वहांले थप्नुभयो ‘भोका, नांगा, परदेशी, बिरामी, र जेलमा भएकाहरूको सेवाका लागि हामीले मिलेर केही गर्न सक्छौं । मिलेर, साना स्रोतहरूलाई एकत्रित गरी संयुक्त रूपमा गरिएको कामले प्रभावकारी परिणाम दिन सक्छ । मानिसहरुले अधिकतम सेवा प्राप्त गर्न सक्नेछन् । स्थानीय चर्च पुग्न नसकेको ठाउँमा वा क्षमताले भ्याउन नसक्ने कामलाई पनि मिलेर, विभिन्न अभियानहरू र नेपाली चर्चको तर्फबाट काम गरिरहेका संघसंस्थाहरू मार्फत गर्न सकिन्छ।’

नेपाली इसाइ समुदायमाथि लाग्ने विभिन्न नकारात्मक आराेपहरुलाई खणडन गर्न पनि कृपया तुलसी सरले गरिरहनुभएको अभियानमा साथ दिऊँ र अपनत्व ग्रहण गरौँ भन्दै संयाेजक भव घलेले भन्नु भयाे ` हाम्रो असल कामले नेपाली चर्चले जस पाउनेछ, राज्य र समाजले चर्च र ख्रीष्टियन समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्नेछ। ख्रीष्टियनहरूको सकारात्मक प्रभाव बढ्नेछ, सेवाकाईका ढोका खुल्नेछन्, र हाम्रो असल कामले ख्रीष्टको नाम उच्च हुनेछ र परमेश्वरको महिमा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हामी नेपाली चर्च वा ख्रीष्टियन समुदायले पनि समाज र राष्ट्रको सेवामा प्रभुको नाममा केही गरिराखेका छौं र अझ गर्न सक्छौं भन्ने सन्देश र प्रमाण दिन आवश्यक छ।

अन्ततमा संयाेजक घलेले वाइवलका २ वटा पदहरु उल्लेख गर्दै एकतामा आउन र सेवामा जुट्न अपिल गर्नुभयो । “अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र? आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र? तब तिमीहरूको ज्‍योति बिहानझैँ फुटेर निस्‍कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्‍तिरको रक्षक हुनेछ।” (‭‭यशैया‬ ‭58‬:‭6‬-‭8)

“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्महरू देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् । ( मत्ती 5:16”)

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ ललितपुरमा हुँदै
अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ ललितपुरमा हुँदै
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
परमेश्वोर कस्तो हुनुहुन्छ ?
परमेश्वोर कस्तो हुनुहुन्छ ?
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
सन्निकट NCS महाधिवेशन : भव घलेको   शुभकामना, समिक्षा, चुनौति र सुझाव I
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम