single page header banner

मैले देखेको र भोगेको कोरोना

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  •  केपी अधिकारी, ललितपुर बैशाख २७, २०७८ ।
  • बिगत वर्षदेखि नै विश्व मानव समाजलाई नै चुनौती दिदै मानव जगतमा  ठूलो संकटको रुपमा मृत्युको छाँया लिएर प्रत्येक व्यक्तिको मानसपटलमा घुमिरहेको कोरोना भाइरसले अहिले सम्म   १५ करोड भन्दा बढी मानिसलाई संक्रमित पारिसकेको र ३३ लाख भन्दा बढीको ज्यान पनि लिई सकेको छ ।

 केपी अधिकारी, ललितपुर

बैशाख २७, २०७८ । बिगत वर्षदेखि नै विश्व मानव समाजलाई नै चुनौती दिदै मानव जगतमा  ठूलो संकटको रुपमा मृत्युको छाँया लिएर प्रत्येक व्यक्तिको मानसपटलमा घुमिरहेको कोरोना भाइरसले अहिले सम्म   १५ करोड भन्दा बढी मानिसलाई संक्रमित पारिसकेको र ३३ लाख भन्दा बढीको ज्यान पनि लिई सकेको छ । सन् २०२० को सुरुआतदेखि नै सताएको यसले यस वर्षमा पनि विगत २ महिनादेखि बिभिन्न खतरनाक प्रजाति सहित दोस्रो लहरले मानिसलाई अति नै आक्रान्त पारिरहेको छ । नेपालमा पनि यसको तिब्र असर देखिएकोले सरकार र जनमानसमा ठूलो चिन्ता थपिएको छ । अस्पतालहरुमा बेडको अभाव, अक्सिजनको संकट, स्वास्थ्यकर्मीमा समेत संक्रमण फैलिएका कारण उपचारको चुनौती छ ।

यसै बीच विगत २२ दिन अघिदेखि म पनि कोरोना भाइरससंग जम्काभेट भएर युद्ध लड्दै आज निको भएको छु घरमै अति नै साबधानी र उपचार विधि अपनाएर, परिवारको पूर्ण माया र सहयोगका कारण अनि चिकित्सकको उचित सल्लाह र परामर्शका  कारण आज म स्वस्थ भएको छु । अस्पतालमा भएका अधिकांस संक्रमितहरुमा मानसिक रुपमा एक प्रकारको विछिप्त अवस्था हुने कारण मृत्यु भएको देखिन्छ । मेरो आफ्नो अनुभवलाई कलमले व्यक्त गरेर जनमानसमा सकारात्मक सोच र चेतना बढ्ने छ भन्ने आशा लिएको छु ।

 यो कसरी सर्ने रहेछ ?

हामीलाई थाहा नै हुदैन कसरी यो भाइरसले कसरी र कुन अवस्थामा आक्रमण गर्छ भनेर । मैले चैत्र ३१ गते पाटन अस्पतालमा कोरोना बिरुद्धको खोप लिन करिब २ घण्टा ३० मिनेट लाइनमा बसेको थिएँ अनि त्यो दिन सात सयको संख्यामा मानिसहरु खोप लिन आएका थिए । खोप लाइनमा बस्ने अधिकांस मानिसहरुमा सचेतना नभएको जस्तो देखिन्थ्यो । खोपको सामान्य असर पनि हुन्छ भन्ने सुनेको थिएँ र बैशाख ४ गते देखि नै शरीरमा अलि असहज परिस्थिति सुरु भएको थियो र सुख्खा खोकी लाग्ने र ज्वोरो आउने साथै सामान्य टाउको दुख्न सुरु भयो । यो मलाई कसरी सर्यो भन्ने पत्ता लागेन । यसकारण जतिखेर पनि जसलाई पनि यसले भेट्न नसक्ला भन्न सकिन्न ।

यसका लक्षणहरु मलाई कस्ता थिए ?

तीन दिनसम्म ज्वोरो आउने, टाउको दुख्ने (असामान्य रुपमा दुख्ने) साथै बिहान तातो पानी पिए पनि बमिट  हुने, सिटामोलले पनि काम नगर्ने अवस्था भयो अनि पेन किलरले पनि नछुने अवस्था थियो ।

खानामा स्वाद हराउने र सबै भुस जस्तै स्वाद आउने, भोक लागे जस्तो हुने तर खान पटक्कै मन नलाग्ने अवस्था थियो ।

सुख्खा खोकी लाग्ने, शरीरका  सबै भागहरु गल्ने, चौथो दिनमा पखाला पनि लागेको थियो ।

लगातार ज्वोरो, राती निदाउन नसक्ने अति पसिना आउने, पुरै निराशा मात्र छाउने अवस्था थियो सायद अब मेरो पालो रहेछ कोरोनाले लैजाने भन्ने लाग्थ्यो ।

पाँचौ दिनमा अति भए पस्चात अस्पतालमा पिसिआर गर्न जाँदा भोलिपल्ट पोजिटिभ रिपोर्ट आयो तर मैले आफुलाई सकारात्मक रुपमा राख्न सकें र मेरो श्रीमतीले अति नै केयर गरिन् ।

मैले यी दिनहरुमा कसरी आफुलाई राखें/उपचार विधि के रहेछन् ?

आफ्नो बस्ने सुत्ने कोठा अलग्गै गर्ने ।

बाथरुम जाँदा फर्किंदा अनिवार्य स्यानिटाईजर प्रयोग गर्ने, आफुले प्रयोग गरेका सबै स्थानहरु र चिजहरुमा, घरभित्र पनि मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने गरें ।

निरन्तर वाफ लिने, तातो पानी पिउने, अन्य सुपहरु खाने, फलफुल, दुध अनिवार्य खाने ।

सामाजिक संजाल/फेसबुक बन्द गरें, समाचारहरु हेर्न छोडें, बरु हास्य व्यङ्ग र हसाउने खालका सिनेमाहरु हेर्ने गरें ।

औषधि: ज्वोरोको लागि प्रत्येक चार घन्टामा सिटामोल, ५ दिन सम्म एजिथ्रोमाइसिन (एन्टी बायोटिक), दिनमा एक पटक जिंक ट्याब, भिटामिन डी हप्तामा एक पटक, भिटामिन सी दिनमा एक पटक, पखाला लागेको अवस्थामा जीवन जल अनिवार्य, खोकीको कफ सिरफ, साथै अन्य आयुर्वेदिक औषधिहरु पनि दैनिक रुपमा लिएँ  ।

कसरी आफै चेक गर्ने ?

घरमा ज्वोरो हेर्ने थर्मो मिटर, अक्सिजन स्याचुरेसन हेर्ने पल्स अक्सिमिटर अनिवार्य थिए र प्रत्येक दुई घन्टामा हेर्ने गर्थें, अनि बेला बेलामा चिकित्सकहरुसंग सल्लाह लिने गरें (मेरी श्रीमतीले लिने गरिन्) ।

उच्च आत्मबल/मनोबल अनि यसलाई म जित्छु भन्ने भावना लिएर निरन्तर प्रार्थना गरें ।

अन्तमा कसरी हार्यो त कोरोना ?

दसौं दिनदेखि मलाई ज्वोरो पनि आउन छाड्यो, टाउको पनि दुख्न छाड्यो, खान पनि रुच्न थाल्यो, अनि शारीरिक रुपमा तल माथि गर्ने, हल्का शारिरिक अभ्यास गर्ने गरें र आज सम्म निरन्तर गरिरहेको छु । खानामा ब्यालेन्स गर्ने आफुले जितेको बारेमा गर्व गर्ने, आफ्नो परिवारलाई (बिशेष गरी श्रीमती) धन्यवाद दिने र अगाडिका  दिनहरु निकै उज्याला छन् भन्ने पूर्ण विश्वासका साथ आफुलाई तयार गर्ने निर्णय गरेको छु । मैले जितें अनि कोरोना हार्यो । हामीमा सकारात्मक सोच अनि परिवारको पूर्ण सहयोग भएमा हामी कुनै पनि अस्पतालमा उपचारको लागि जानु पर्दैन, पहिलो डाक्टर अनि नर्स नै घरमा श्रीमानका लागि श्रीमती अनि श्रीमतीका लागि श्रीमान हो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
चर्च परिषदले संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम गर्ने
चर्च परिषदले संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम गर्ने
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
विश्वास र विश्वासी : बाइबलिय अर्थ
विश्वास र विश्वासी : बाइबलिय अर्थ
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम