single page header banner

सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज

Pramodkhadka Pramodkhadka
आइतबार, पौष 11, 2079
Social buttons loaded
समाचार सारांश
  • गोविन्द विश्वकर्मा, २६ भदौ ।
  • काण्ठमाण्डौ ।

गोविन्द विश्वकर्मा, २६ भदौ । काण्ठमाण्डौ । सामाजिक एकता पार्टीले आज आफ्नो चुनावी रणनीति सार्वजनिक गरेको छ । आसन्न संघ र प्रदेशको निर्वाचनमा सामाजिक एकता पार्टी पनि सहभागि हुन गईरहेको र त्यसमा सबैले साथ र सहयोग गर्न आज प्रेस विज्ञप्ति मार्फत अपील गरेको हो । यहि मंसिर ४ गने हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सामाजिक एकता पार्टीलाई हर प्रकारले साथ र समर्थन दिन आम जनसमुदायमा पार्टीले अनुरोध गरेको छ ।

सामाजिक एकता पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण धर्म निरपेक्षता, संघीयता, पूर्ण समानुपातिक तथा समावेशीताको पक्षमा रहेको र सबै जाति भाषा धर्म र समुदायको अधिकार सुनिश्चित गर्न, पारदर्शी सुशासन, भ्रष्टाचारमुक्त नेपाल, सबै जाति, भाषी, वर्ण, लिङ्गका धार्मिक सांस्कृतिक अधिकारको सुनिश्चतता गर्दै मानवमानव बिचको सबै प्रकारका विभेदको अन्त्य र समतामूलक समाजको निर्माण गर्न प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख गरेको छ । स्थानीय सरकारमार्फत उन्नत कृषि अभियान संचालन र उत्पादित वस्तुको बजार व्यवस्थाको सुनिश्चता, स्वास्थ्य र शिक्षाको निःशुल्क र उन्नत स्तरमा विकास, वृद्धवृद्धा, एकल महिला, सहाराबिहीन बालबालिकाहरूको सरकारद्वारा पूर्ण रूपमा व्यवस्थापन तथा संरक्षण, सबै स्थानीय तहमा समान प्रकारको आधारभूत सुविधाहरूको व्यवस्था र केन्द्रदेखि स्थानीय तहसम्म व्यापक रोजगारीको व्यवस्था, बेरोजगार भत्ताको व्यवस्था, विदेशमा रहेका नेपालीहरुको लागि स्वदेशमै रोजगारीको सृजना र देशमा रहेका सबै खालका स्रोत साधनको अध्ययन तथा अनुसन्धान गरी उद्यमशीलता विकास गरी समृद्ध राष्ट्र निमार्ण गर्ने दिशातर्फ लक्षित आदि सामाजिक एकता पार्टीको मुख्य एजेण्डा रहेको पार्टीका महासचिव विदूर अधिकारीले जानकारी दिनुभयो ।

आगामि निर्वाचनमा आफुहरुलाई आमनागरिकको पूर्ण समर्थन रहने पार्टीका अध्यक्ष सी.बी. गहतराजले जिकिर गर्नुभयो । अल्पसंख्यक, सिमान्तकृत र सबै उत्पीडित वर्गको पक्षमा आफु रहेकोले आसन्न निर्वाचनमा आफुहरुलाई एकपटक मौका दिन उहाँले आग्रह पनि गर्नुभयो । सामाजिक एकता पार्टीले हाल चुनाव लक्षित प्रदेश तथा जिल्ला भेलाहरुलाई तिव्रता दिईरहेको छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम