single page header banner

नाम होइन हृदय परिवर्तन गरौँ

Pramodkhadka Pramodkhadka
शनिबार, पौष 7, 2081
Social buttons loaded
समाचार सारांश
  • बिमल क्षेत्री मानिसको नाम उसको परिचय हो अनि हरेक नामको एउटा विशेष अर्थ हुँदछ।
  • त्यति मात्र होइन एउटा नाम कुनै देशको भाषा, संस्कृति र जातिको पनि परिचय हुनसक्छ।

बिमल क्षेत्री

मानिसको नाम उसको परिचय हो अनि हरेक नामको एउटा विशेष अर्थ हुँदछ। त्यति मात्र होइन एउटा नाम कुनै देशको भाषा, संस्कृति र जातिको पनि परिचय हुनसक्छ।

तर पिटर, जोहन र डेविड जस्ता नामहरू भन्नसाथ प्राय मानिसहरुले ईसाईहरू बुझ्दछन्। वास्तवमा यो नामहरू ईसाई नामहरु होइन तर यहूदी नामहरू हुन्। प्रभु येशूले दिनुहुने उद्धार र ख्रीष्टियान विश्वास एउटा देश, भाषा र संस्कृतिमा सिमित छैन तर यो सारा संसारको निम्ति उहाँको उद्धारको योजना हो। यसकारण कुनै पनि देश र जाति मानिसहरू आफ्नै नामसँग ख्रीष्टियान हुनसक्छ।

एक ब्यक्ति ईसाई हुँदा उसको नाम परिवर्तन गर्नुपर्छ भन्ने आज्ञा बाइबलमा कतैपनि पाइन्दैन। हुनत बाइबलमा कति जनाको नाम परिवर्तन गरेको बारेमा उल्लेख छ जस्तै साऊलको नाम पछि पावल भएको छ। तर यो सिद्धान्त र आज्ञा होइन। यसमा ब्याक्तिगत स्वतन्त्रता छ अर्थात कसैले चाहन्छ भने आफ्नो नाम परिवर्तन गर्नसक्छ तर हामी कसैले ख्रीष्‍टको अनुयायी बन्नलाई नाम होइन हृदय परिवर्तन गर्नुपर्छ। निश्चय हाम्रो ईसाई जीवनको यात्रा नयाँ जन्मबाट शुरु हुँदछ तर यो आत्मामा नयाँ जन्म हो यसमा नामको परिवर्तन अवश्यक छैन।

मेरो ब्याक्तिगत बिचार अनुसार हाम्रो समाजमा हाम्रै जातिय नामले ख्रीष्‍टको परिचय दिनु असल हुन्छ ताकि हाम्रो समाजको भाषा र संस्कृति प्रेमी मानिसहरुले एक ईसाई अर्थात ख्रीष्टियानलाई कल्पना गर्दा तिनीहरुको मष्तिष्कमा सुट र टाई लगाएको पिटर र जोहनको होइन तर दौरासुरुवाल लगाएको बिरबहादुर र धनमतीको नक्सा बनियोस। मलाई खुसी लाग्छ पाद्री गंगाप्रसाद बारे बिचार गर्दा । किनभने तिनी एक यस्तो पाष्टर थिए जसले भाषा उत्थान, शिक्षा र समाज सेवामा इतिहास रचे अनि तिनी नेपाली जगतमा आफ्नो नामले गर्दा भाषा, साहित्य र शिक्षामा एक नेपाली ईसाई समाज सेवक भनेर परिचित भए औ हरेक पुस्ताले तिनलाई एक नेपाली ईसाई पाद्री भनेर नै चिन्नेछ।

त्यसरी नै साधु सुन्दर सिंह पनि आफ्नो नामसँग आफ्नो जाति र संस्कृतिलाई प्रतिनिधित्व गर्ने ब्याक्ति थिए। तिनी भारतको पन्जाब राज्यका शिरमा फेटा बाध्ने घरनाबाट ईसाई बनेका थिए। तिनी त्यस समयका एक प्रभावशाली ख्रीष्‍टको प्रचारक थिए। तर तिनले ईसाई भएता पनि आफ्नो नाम र जातीयता कायम राखे। ईसाई भए भन्दै फेटा लगाउन छोड़ेर नाम परिवर्तन गरेर विदेशी ढाँचामा तिनी हिड़ेन तर म एक पन्जाबी ईसाई हुँ भन्ने तिनको नाम र पहिरनले परिचय दिएको थियो। तिनको एउटा प्रसिद्ध भनाई यस्तो छ, “हामी भारतीय ईसाईहरूले येशूले दिने जीवनको पानी भारतीय लोटामा पिउनु पर्छ।”

हुनत प्रभु येशू ख्रीष्ट र ईसाई बिस्वास बिश्वब्यापी हो यसकारण हामी जातिय स्वाभिमानमा अल्झिएर मात्र बस्दैनौं तर पनि परमेश्‍वरले हरेक मानिसहरूलाई भौगोलिक सिमाना, जातिय भिन्नता, भाषा र संस्कृति दिनुभयो औ यो उहाँको सुन्दर योजना हो तर पनि हामी नेपाली जातिले प्रभु येशू ख्रीष्टलाई हाम्रो आफ्नै जातिय नाम, संस्कृति र शैलीमा प्रस्तुत गर्न सक्नुपर्छ। सायद हामी यस्तै कुराहरूमा सम्वेदनशिल नहुँदा “बिदेशी धर्म” भनाइ लाञ्छना नभएर वास्तविकता हो कि जस्तो लाग्छ।

लहरा तान्दा पहरा गर्जिन्छ भने झै ईसाई विस्वासमा कुरा नाम परिवर्तनको मात्र छैन तर हामीले बाइबलको ख्रीष्‍टलाई मात्र अपनाउनुको सट्टा यहूदी परम्परा देखी अरु पनि बिदेशी ढाँचाहरूलाई ख्रीष्‍टसँगै अपनाएको छौ जस्तै सेतो गाउन (बेहुलीको वस्त्र), केक काट्ने चलन, सुनको औँठी, र अन्य मंगनीको दस्तुरहरु र आजकल त जन्मोत्सव (Birthday party) मात्र होइन बेबी सावर भनिने अर्को दस्तुर पनि गर्न थालेका छन्। हुनत हुने खानेहरुले यस्ता कुराहरु गर्नुसक्छ अनि गर्नु नराम्रो हो र नगर्नु भनेको पनि होइन तर हामी एक ईसाई भएको कारण हाम्रो रहनसहन र यस्ता कुराहरुले छिमेकी र समाजलाई हामीले कस्तो सन्देश दिइरहेको छौ र आउदै गरेको पुस्तालाई यसले कस्तो प्रभाव पार्छ भन्ने कुरालाई बिचार गर्नुपर्छ। के हाम्रो विवाह ढाका साडी र दौरासुरुवालमा हुन सक्दैन र के विवाहमा सुनको औँठी लगाई दिनु नै पर्छ र ईत्यादि कुराहरु पनि एउटा चिन्तनको बिषय हो जस्तो लाग्छ। किनभने पवित्र बिवाह भनेको मण्डलीको उपस्थितिमा अगुवाहरुले परमेश्‍वरको करारमा दुई जनालाई आशिष दिनु महत्वपूर्ण कुरा हो तर पहिरन र अन्य दस्तुरहरु होइन।

निष्कर्ष: हुनत हाम्रो आफ्नो कतिपय सामाजिक र नैतिक जिम्मेवारीहरू छ। तर जे पनि गर्छौ त्यो दबावमा, बाध्यतामा, देखासिकी गरेर, प्रतिस्पर्धामा अरुलाई देखाउनको लागि नगरौं। हामीले जे पनि गर्छौ सरलतामा बचन अनुरूप गरौं ताकि त्यसले अरुलाई एउटा सकारात्मक प्रभाव सुन्दर ईसाई जीवनको नमुना प्रस्तुत गर्न सकियोस। रह्यो कुरा नाम परिवर्तन को, हामी अगुवाहरुले ख्रीष्‍टमा आएका नयाँ मानिसहरुलाई नाम बद्ली गर्ने दबाव दिनु हुँदैन। कसैले कुनै कारणले स्वयम नाम परिवर्तन गर्नुचाहान्छ भने त्यो तिनको ब्याक्तिगत निर्णय हुनसक्छ औ त्यसरी नै विवाह, नामकरण र अन्य कुनैपनि अनुष्ठान जटिल (complicate) नबनाई बचन अनुसार र परमेश्‍वरलाई महिमा दिने उदेश्यमा सरल रुपले गर्नु असल हुन्छ। आजकल आतङ्कवादी, सिनेमाको खलनायक, चोर, हत्यारा देखी मातेर नालीमा सुत्नेहरुसम्मको नाम पनि पिटर, जोहन र डेविड हुन्छ भने हामी साँचो ख्रीष्‍टको अनुयायीहरुको नाम चाहिँ किन परिवर्तन गर्ने ? ख्रीष्‍टमा विस्वास गर्नेहरुको नाम होइन जीवन परिवर्तन हुनुपर्छ। नामको परिवर्तनले हामी स्वर्ग जान सक्दैनौं औ न त हामीले समाजलाई सहि सन्देश दिनसक्छौ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
रेभ. तेज रोक्का
रेभ. तेज रोक्का
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
सुसमाचार भनेको के हो ?
सुसमाचार भनेको के हो ?
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम