अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
- तनहुको एउटा चर्चका अगुवाले सहुलियत मुल्यमा वाख्रा पाल्न सहयाेग गरेकाे, तालिमकाे व्यवस्था गरिदिएकाे र निरन्तर वाख्राकाे उपचार र स्याहारमा सहयाेग गर्ने आश्वासन दिएकाे आधारमा पत्रकार अपील त्रिपाठिले निर्माण गरेकाे एउटा टिभि कार्यक्रम मार्फत उनले अल्पसंख्यक इसाई समुदायको मानमर्दन गरेको भन्दै मसिह पार्टीका अध्यक्ष भरत गिरीले आपत्ति जनाएका छन ।
- पत्रकार त्रिपाठीले सम्पूर्ण इसाई समुदायको भावनामा चोट पुर्याएको कारण तुरुन्त माफी माग्न अनुरोध गरेका छन् अन्यथा तीसौ लाख इसाई समुदायले बहिस्कार गर्ने चेतावनी अध्यक्ष गिरीले दिएका छन् ।
तनहुको एउटा चर्चका अगुवाले सहुलियत मुल्यमा वाख्रा पाल्न सहयाेग गरेकाे, तालिमकाे व्यवस्था गरिदिएकाे र निरन्तर वाख्राकाे उपचार र स्याहारमा सहयाेग गर्ने आश्वासन दिएकाे आधारमा पत्रकार अपील त्रिपाठिले निर्माण गरेकाे एउटा टिभि कार्यक्रम मार्फत उनले अल्पसंख्यक इसाई समुदायको मानमर्दन गरेको भन्दै मसिह पार्टीका अध्यक्ष भरत गिरीले आपत्ति जनाएका छन । पत्रकार त्रिपाठीले सम्पूर्ण इसाई समुदायको भावनामा चोट पुर्याएको कारण तुरुन्त माफी माग्न अनुरोध गरेका छन् अन्यथा तीसौ लाख इसाई समुदायले बहिस्कार गर्ने चेतावनी अध्यक्ष गिरीले दिएका छन् । त्रिपाठीले आफै न्यायधिस र प्रहरी जस्तो गरि एक जना सोझा पास्टरलाइ अन्तर्वार्ताको नाममा डर धम्कि दिएको, सामाजिक सेवा जस्तो बिषयलाई धर्म संग जोडेर धार्मिक द्वन्द फैलाउने कुत्सित उद्देश्य राखेको र पत्रकारिताको सामान्य मूल्य र सिद्धान्तलाई समेत उनले ख्याल नगरेको भन्दै तुरुन्त छानबिन र कारवाहीको लागि अध्यक्ष गिरीले पत्रकार महासंघ , प्रेस काउन्सिल र जिल्ला प्रशासन कार्यालय कास्किको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आसन्न NCFN निर्वाचन : समावेशी, परिपक्व र दूरदर्शी नेतृत्वको तीव्र अपेक्षा”
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
मैले देखेको र भोगेको कोरोना
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?







