ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध
- सदस्यताको प्रमाणपत्र ग्रहण पश्चात सामूहिक तस्विर खिचाउँदै सिजेएफ नेपालका पदाधिकारीको साथमा नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष रेभ.
- हनोक तामाङ, महासचिव शेर बहादुर एसी र पूर्व महासचिव तथा विल्ड इन्टरनेशनलका राष्ट्रिय निर्देशक रेभ.

सदस्यताको प्रमाणपत्र ग्रहण पश्चात सामूहिक तस्विर खिचाउँदै सिजेएफ नेपालका पदाधिकारीको साथमा नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङ, महासचिव शेर बहादुर एसी र पूर्व महासचिव तथा विल्ड इन्टरनेशनलका राष्ट्रिय निर्देशक रेभ. हर्क खड्का
फोटो : सुनिल लामा /संगम श्रेस्ठ
१३ साउन, काठमाडौँ । ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)मा विधिवतरुपमा आवद्ध भयको छ । सिजेएफ नेपालले एक औपचारिक कार्यक्रमकाबीच नेपाली मण्डली इतिहासकै पहिलो, ठुलो र बलियो ख्रीष्टियनहरुको साझा संस्था र नेपाली मण्डलीको संयुक्त आवाज नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को सदस्यता लिएको हो । ख्रीष्टियन आस्थामा रहेका पत्रकारहरुविच संगठित रुपमा संगति गर्दै ख्रीष्टियन समुदायको आवाजलाई पत्रकारितामार्फत पहुँचयोग्य बनाई सचेत र जागरुक गराउन पैरवी गर्ने र पत्रकारितामार्फत ख्रीष्टियन आस्थामा रहेका पत्रकारहरुको सर्वाङिण विकासका लागि काम गर्ने सुनौलो ढोका खुलेको सिजेएफ संयोजक दिनेश श्रेष्ठले बताए । तेस्तै ख्रीष्टियन समुदायको हकहित र अधिकारको आवाजलाई पत्रकारितामार्फत पहुँचयोग्य बनाउने सवालमा र ख्रीष्टियन आस्थामा रहेका पत्रकारहरुको सर्वाङिण विकासका लागि आगामी दिनमा नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) र सिजेएफ नेपाल संगसंगै रहेर सहकार्य समन्वय गर्दै जाने एनसीएफ नेपालका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङले बताए ।



प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
खेलकुद वारे बाइबलले के भन्छ
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
Fragrance of beauty Shushila Ghimire







