single page header banner

नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • केपी अधिकारी, अगुवा –फिलाडेल्फिया मण्डली, ललितपुर ।
  • नेपालमा ६ दशक भन्दा बढी समदेखि अनवरत रुपमा परमेश्वरको राज्यको मात्र काम गरी आफ्नो जीवनलाई ख्रिष्टको पाइलामा हिडाई रहने दोस्रो र तेस्रो पुस्तालाई समेत आफ्नो असल छाप छोडेर प्रभुकै उपयुक्त समयमा अनन्तको घरमा प्रवेश गर्नु भएका बरिष्ठ पास्टर रोबर्ट कार्थकलाई हार्दिक श्रद्दा सुमन अनि शोक सन्तप्त परिवारजन, मण्डलीहरू अनि आम ख्रीष्टियन समाजप्रति समवेदना प्रकट गर्दछु ।

केपी अधिकारी, अगुवा –फिलाडेल्फिया मण्डली, ललितपुर ।

नेपालमा ६ दशक भन्दा बढी समदेखि अनवरत रुपमा परमेश्वरको राज्यको मात्र काम गरी आफ्नो जीवनलाई ख्रिष्टको पाइलामा हिडाई रहने दोस्रो र तेस्रो पुस्तालाई समेत आफ्नो असल छाप छोडेर प्रभुकै उपयुक्त समयमा अनन्तको घरमा प्रवेश गर्नु भएका बरिष्ठ पास्टर रोबर्ट कार्थकलाई हार्दिक श्रद्दा सुमन अनि शोक सन्तप्त परिवारजन, मण्डलीहरू अनि आम ख्रीष्टियन समाजप्रति समवेदना प्रकट गर्दछु । “गोर्खालीले मुक्ति पाउनु पर्छ” भन्ने नारा लिएर देशमा आफ्नो जीवनकालभरि केवल प्रभुको सेवामा आफूलाई अर्पण गरी प्रभुको प्रेम लाखौं मनिसहरूलाई पस्कने नेपाली मण्डली इतिहासका एक महान योद्दाले आफ्नो दौड पुरा गर्नुभयो अनि प्रभुकै स्वर्गीय अनन्तको घरमा जानुभयो । उहाँको प्रभुप्रति समर्पित जीवन र सेवाबाट हामी आफूलाई ख्रीष्टियन हौँ र सेवकाई गर्दछौं भन्न रुचाउनेहरूका लागि सिक्नु पर्ने धरै छन्, जुन थोरै मात्र व्यक्त गर्न चाहन्छुः

धार्मिक मानिसः

पा. रोबर्ट कार्थक एक सच्चा धार्मिक मानिस हुनुहुन्थ्यो र प्रभुले उहाँको जीवनमा सेवा भन्दा अरु कुरा दिनु भएन र केवल पूर्ण जीवनकाल प्रभु र प्रभुका मानिसहरूको सेवा गर्नुभयो । चाहेको भए उहाँ देशकै ठुलो मानिस बन्न सक्नुहुन्थ्यो तर प्रभुको महान राज्यको कार्यकर्ता भएर सेवा गर्न रुचाउनु भयो अनि कसैलाई हानी हुने कुनै काम गर्नु भएन, जो प्रभुको निष्खोट सेवक बन्नुभयो ।

नम्र मानिसः

उहाँ सधैं प्रभुमा नम्र, साना ठुला सबै मानिससँग नम्र बन्ने अनि प्रभुको प्रेम मात्र पस्कने व्यक्तित्व हुनुहुन्थ्यो, जसले गर्दा देशमा नेपाली मण्डलीको वृद्धि र विकास हुन सक्यो र आजको अवस्थामा इसाई समाज आइपुगेको छ । मैले पनि २६ वर्ष अघि प्रभुलाई विश्वास गर्ने बेलामा उहाँको नाम सुनेको थिएँ, एक आदर्श इसाई जगतको पास्टरको रुपमा । बेला बेलामा भेट हुँदा काँधमा धाप दिएर प्रभुको राज्यको काम गर्ने बाबुहरूले नै हो भन्नुहुन्थ्यो, आज भन्दा ६ वर्ष अघि करिब २० मिनेट जति उहाँसँग मेरो भेट भएको थियो, जुन भेटमा प्रभुको राज्य र उत्साहको मात्र कुरा गर्नुभयो जसले मलाई ठुलो उर्जा मिलेको थियो । मेरो शीरमा हात राखेर मलाई प्रार्थना र आशिर्वाद दिनुभयो, जसलाई मैले चाहेर पनि भुल्न सक्दिन ।

प्रार्थनामा जिउने मानिसः

उहाँ निरन्तर सबैका लागि सबै समयमा प्रार्थना गरिरहने र प्रभुमा अर्जबिन्ति गरिरहने ईश्वर भक्त पास्टर हुनुहुन्थ्यो । उहाँको प्रार्थनाको जीवनले धेरैलाई प्रेरणा दिएको छ, उत्साह दिएको छ अनि आत्मिक यात्रामा सबल बनाएको छ ।

प्रभुको वचनमा अडिग रहने व्यक्तित्वः

उहाँको जीवनमा बोल्ने, खाने, उठ्ने बस्ने, संगत, प्रचार, सल्लाह, शिक्षा, ढाडस दिने सबै पक्षहरूमा जीवित वचनको स्वाद र मिठास मात्र पाइन्थ्यो । वचनलाई पालन गर्ने भए पढ्नु नभए समय खेर नफाल्नु भन्ने सन्देश उहाँको हुन्थ्यो । हामी ख्रीष्टियनहरू सत्य र जीवित परमेश्वरलाई आराधना गर्नेहरू हौँ त्यसकारण यो जीवनमा मिसावट हुनुहुँदैन भन्ने अडान उहाँमा थियो ।

प्रभुको आवाज सुन्ने र दर्शन देख्ने व्यक्तिः

उहाँले अंगालेको जीवन शैली ख्रीष्टको जस्तै थियो, जसले गर्दा उहाँ प्रभुसँग निरन्तर समिपमा रहनुहुन्थ्यो र वार्तालाप गर्नुहुन्थ्यो । केही समय अघि नै उहाँलाई थाहा थियो सायद प्रभुले दर्शन दिनुभयो होला – अनि वचनमा बोल्दै गर्दा भन्नु भएको थियो यदि कोरोना भाइरस पठाएर मलाई उठाउनु भयो भने पनि धन्यवाद प्रभु तपाईंको घरमा हुन पाउनु असल हो भन्नु भएको थियो ।

छलकपट नभएको मानिसः

उहाँमा कुनै दुई वटा मनहरू थिएनन् केवल प्रभुले दिनुभएको एउटा ह्रदय जसमा उहाँ जिउनुभयो र अन्तिमसम्म नथाकिकन सेवा नै गरिरहनु भयो । जसलाई पनि मुस्कानले स्वागत गर्ने संसारका लोभ मोहमा लैजान्छ जुन कुरा उहाँमा थिएन र ९५ वर्षको जीवनभरि प्रभुको सेवामा रहन र आफ्नो दौड राम्रोसँग पुरा गर्न सफल हुनुभयो ।

धन सम्पत्तिमा मोह नभएका सेवकः

उहाँको धन केवल प्रभुको राज्य नै थियो । आज हामी धरै अगुवाहरू धनसँग सेवा जोडेको देख्छौं र मण्डलीमा पनि हुने खाने र हुँदा खाने वर्ग सृजित भएको देखिन्छ तर पास्टर कार्थकमा त्यो मोह थिएन, जसले गर्दा प्रभुको सिद्ध सेवक कहलिनु भयो अनि हामी सबैका आदर योग्य बन्नुभयो ।

एक जिम्मेवार र उत्तरदायी व्यक्तित्वः

उहाँ इसाई जगतका अति जिम्मेवार लिडर अनि समग्र समाजमा प्रभुको गुणले ओतप्रोत भएका, आफ्नो परिवार र मण्डलीप्रति पूर्ण उत्तरदायी वहन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । देशमा यस प्रकारका राजनेता हुने र राज्य चलाउने हो भने समाज रुपान्तरण र देशको शीर नै उच्च हुने थियो । आज हामी पनि उहाँको यस गुणलाई अंगीकार गर्नेहरू बन्न सक्छौं कि ?

एक आदर्श व्यक्तित्वः

उहाँ समग्र इसाई समाजका एक उज्ज्वल तारा अनि आशा र विश्वासका घर बन्नुभयो जसका कारण हजारौं मानिसको जीवन रुपान्तरण भएका छन् । हामी सबैका आदर्श र अग्रज लिडर जसले समाजलाई एउटा उज्यालो छर्न सक्नुभयो र हामी आज त्यो उज्यालोमा रमाइरहेका छौं । आज उहाँको पाइला पछ्याउन सकेमा हामी पनि सुधारको बाटोमा हिड्न सक्छौं कि ?

आज हामी देशमा आफ्नो परिचयमा ख्रीष्टियन हुँ, सेवा गर्छु, प्रभुको काम गर्छु भन्दा निकै सजिलो छ तर जीवन जियाई र गवाही बनाउन असफल भएका कारण हाम्रो सेवा अस्थायी बन्छ अनि हामी थोरै समयमा नै धेरै देखिने कुराको पछि दौडिरहन्छौं, फुर्सद छैन । अनि आफ्नो कामको सेवाको पारदर्शितामा चुक्दछौं, परनिर्भरतामा जीवन र सेवा चलाउने गर्दछौं भने हामीसँग साधन स्रोतहरू त धेरै हुन सक्छन् तर प्रभुको राज्य गुमिसकेको हुन्छ, जुन अन्तिम प्राथमिकतामा पुगिसकेको हुन्छ । त्यसकारण प्रभुको सेवा प्रभुकै सेवा हुनुपर्दछ अरुको होइन । पास्टर रोबर्ट कार्थक गुरुबाले जिउनु भएको जीवन, प्रभुमा गर्नु भएको अथक सेवा र पूरा गर्नु भएको दौड जस्तै हामीमा पनि सर्न सकोस् भनि निरन्तर प्रार्थना गरौं । आमिन !

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने  घाेषणा : तयारी युद्ध स्तरमा
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने घाेषणा : तयारी युद्ध स्तरमा
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम