single page header banner

एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला 

Pramodkhadka Pramodkhadka
सोमबार, फाल्गुन 20, 2080
Social buttons loaded
समाचार सारांश
  • ललितपुर ।
  • एन.

ललितपुर । एन.सि.एफ.नेपाल जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा आत्मिक सभा सहितको जिल्ला भेला सम्पन्न भएको छ । समितिका अध्यक्ष पास्टर सुर्य बहादुर पाख्रिनको सभाध्यक्षता तथा एन.सि.एफ. नेपालका अध्यक्ष रेभरेण्ड पास्टर हनोक तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभालाई सम्बोधन गर्दै एन.सि.एफ.नेपालका अध्यक्ष रेभरेण्ड पास्टर हनोक तामाङले पृथ्वीमा मण्डलीको सर्वोपरि र सर्वोच्चताको विषयमा पवित्र धर्मशास्त्र बाईबलबाट प्रकाश पार्नु हुँदै एकतामा रहेर सेवा गर्न आग्रह गर्नुभयो ।

May be an image of 3 people, flute, dais, temple and text

 एन.सि.एफ.नेपालका सचिव बीर बहादुर घलानले आत्माको संगती आजको आवश्यकता रहेको बताउनु भयो । उहाँले आजको कार्यक्रमलाई भातृत्वको विकासको संज्ञा दिदैं एकतामा रहेर काम गर्न आग्रह गर्नुभयो । आउँदै गरेको क्रिसमसको शुभकामना दिदै पदमा भए पनि नभए पनि संगती महत्वपुर्ण कुरा भएको उल्लेख गर्नुभयो । सबै विश्वासीहरु आत्मामा एक भई गन्तव्यमा पु¥याउने विश्वास जोखाइ राख्न समेत अनुरोध गर्नुभयो ।
नेपाल ख्रिष्ट्रियन महासंघका उपाध्यक्ष मोम लाल दोङले मण्डलीमा भएको बरदान समुदायमा लैजानु आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘हामी एकता बस्नु पर्छ भनेर भन्छौं तर एकतामा बस्दैनौँ, अब मेरो निम्ति भन्दा पनि हाम्रो निम्ति काम गर्ने बेला आएको छ।’ अब अधिकारको लागि लड्ने बेला आएको भन्दै क्षमतावान व्यक्तिहरु पहिचान गरि मण्डलीले त्यस्ता व्यक्तिहरुलाई अगाडि बढाउन आग्रह गर्नुुभयो । आर्थिक,सामाजिक र राजनितिक रुपमा अब्बल जब सम्म हुन्न तव सम्म अधिकार प्राप्त गर्न नसक्ने भन्दै क्षमता अनुसार ब्यक्तिलाई अगाडि बढाउन आग्रह गर्नुभयो । 

No description available.

बागमती प्रदेश अध्यक्ष तारा सिं गुरुङले मण्डली भनेको एन.सि.एफ.हो सबैको दुःख सुःखको साथी भन्दै ईसाईहरुका हकअधिकार खोज्न र समस्याहरुको समाधान गर्न एन.सि.एफ लागि परिरहेको विश्वास दिलाउदै ख्रिष्टको राज्य विस्तारमा सबै लाग्न अनुरोध गर्नुभयो । 
ईसाई समाज नेपाल मकवानुरकी अध्यक्ष निमटोल्मा आचार्यले नेतृत्व हस्तान्तरण गर्ने परिपाटी बसाल्नु पर्नेमा जोड दिनु भयो । उहाँले समुदायमा रहेर इसाईहरुले काम गर्ने दिन आएको भन्दै परिवार,मण्डली हुँदै समुदायमा सम्बन्ध बलियो बनाउन जरुरी रहेको आंैल्याउनु भयो । उहाँले भन्नुभयो,‘परिवार र मण्डलीमा सम्बन्ध बलियो भयो भने समुदायमा पनि ठिक हुन्छ त्यसैले सम्बन्ध बलियो बनाउन लागौँ।’

No description available.

मकवानपुर पास्टर यशोसिएशनका अध्यक्ष पास्टर सुवास गोपालीले मण्डलीहरुको आत्मिक विकास, चर्चहरुको निर्माण, सामाजिक सेवा लगायतका क्षेत्रमा यस संस्थाले अतुलनीय योगदान गरेको भन्दै एकतामा रहेका काम गर्न आग्रह गर्नुभयो । उहाँले ए अनि कता शैलीबाट काम गर्दा ख्रिष्टको उद्देश्य पुरा नहुने भन्दै एकता भई प्रभुको राज्य विस्तार गर्न लाग्नुपर्ने जोड दिनुभयो ।  
नेपाल ख्रिष्ट्रियन महासंघ मकवानपुरका अध्यक्ष पास्टर नवराज घलानले कार्यक्रमले पास्टर अगुवामा आत्मिक जागृति बृद्धि भएको बताउनु भयो । 

No description available.

रिषिराम आचार्यले शुरुको प्रार्थनाबाट शुरु भएको कार्यक्रममा रेभरेण्ट पास्टर रामकृष्ण पन्तले एन.सि.एफ.मण्डलीको इतिहाँस,बर्तमानको विषयमा जानकारी दिदैँ स्वागत गर्नुभएको थियो । 

No description available.

कार्यक्रममा मकवानपुरका करिब ३ सय पास्टर अगुवाहरुको उपस्थित रहेको थियो । कार्यक्रममा रेभ.पास्टर मान बहादुर थिङले आशिषको प्रार्थना गर्नुभएको थियो । 

No description available.
No description available.
No description available.
No description available.
single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम