single page header banner

नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै

Pramodkhadka Pramodkhadka
बिहिबार, भाद्र 4, 2080
Social buttons loaded
समाचार सारांश
  • jayamashi 21 बैशाख २०८०, मंगलवार काठमाण्डौँं ।
  •  नेपाली ख्रीष्टियन इतिहासकै पहिलो दर्ता भएको ख्रीष्टियन संस्था द–इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपालको नेपाली चर्चमा २३ वर्षपछि पुर्नआगमन भएको छ ।

jayamashi 21 बैशाख २०८०, मंगलवार

काठमाण्डौँं । नेपाली ख्रीष्टियन इतिहासकै पहिलो दर्ता भएको ख्रीष्टियन संस्था द–इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपालको नेपाली चर्चमा २३ वर्षपछि पुर्नआगमन भएको छ ।

सन् १९८४ मा नेपाली चर्च परिषद्को रुपमा देशव्यापी अभियान सरु गरेको इकानले सन् १९९३ मा तत्कालिन श्री ५ को सरकारबाट आधिकारिक रुपमा ख्रीष्टियन सामाजिक संस्थाको रुपमा मान्यता प्राप्त गरेको हो ।

इकान नेपालले इसाईहरुमाथि भएको तत्कालिन राज्यकोतर्फबाट दमन, सतावट साथै पछिल्लो विभिन्न कालखण्डमा भएको द्धन्दकाल, भुइँचालो र कोभिडको संक्रमणकालिन अवस्थालाई पार गर्दै नेपाली चर्चहरुमा क्रियाशिल रुपमा अगाडी नदेखिएतापनि नेपाली मण्डलीको पक्षमा आत्मिक वृद्धि विकास र मानवअधिकारको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा पैरवी गर्दै आइरहेको थियो ।

इकान नेपाल वल्ड इभान्जेलीकल अलायन्सका कानुनी सल्लाहकार डा. साम इरिक्सन र वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर, राष्टपति जर्ज बुस सिनियर, विल क्लीनटन साथै केही सांसद तथा विदेश विभाग प्रमुख र नेपालमा स्व. राजा विरेन्द्र, पूर्वप्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला, तत्कालिन प्रधानन्याधिश विश्वनाथ उपाध्याय, तत्कालिन गृहमन्त्री योग प्रसाद उपाध्याय, नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराई, लौहपुरुष तथा तत्कालिन जन्आन्दोलनका सर्वोच्च नेता गणेशमान सिहं, तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी, संयुक्त राष्ट संघका मानवअधिकार विभाग र ह्युमन राइटस् वाच इन्टरनेशनल लगायतको संयुक्त प्रयासमा दर्ता भएको एक ऐतिहासिक धार्मिक संस्था हो ।

इकानका महासचिव रेभ. जोशेफ सोलोमोनले अहिलेको समयमा नेपालको मण्डलीमा सुधार, नवीकरण र पुर्नजागृति साथै उत्प्रेरणा र संयुक्त आवाजको खाँचो रहको बताउनुभयो । उहाँले भन्नुभयो, ‘इकानले अब नेपाली चर्चहरुलाई एकत्रित गरी, स्थानीय मण्डलीलाई उत्प्रेरणा दिई आत्मिक जागृतिको आधीँबेरी ल्याउनेछ’ ।

हाल नेपाली चर्च सम्प्रदाय दर्ताविहिन रहेको अवस्थामा नेपालका सातवटा प्रमुख इसाई सम्प्रदायको नाम भएको धार्मिक संस्था समेत नेपाल सरकारमा विधिवत रुपमा दर्ता गरिएको महासचिव रेभ. जोशेफले बताउनुभयो ।

इकानले विश्वव्यापी विश्वासको सारलाई आत्मसाथ गर्दै नेपाली चर्चहरुलाई आत्मनिर्भरताको बाटोमा अग्रसर गराई मण्डली तथा पास्टर, अगुवालाई नेपालको धार्मिक स्वतन्त्रता र मानवअधिकारको क्षेत्रमा सुसुचित गर्ने, आत्मिक वृद्धिमा अगाडी बढाई झुटा शिक्षाबाट नेपाली मण्डलीलाई बचाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली मण्डली र प्रवासी नेपाली इसाई समुदायका वीचमा इकानलाई प्रत्यक्ष जनसम्पर्क, परिचित गराउनुका साथै चर्चमाथि नियन्त्रण गर्ने नभई, नेपाली मण्डलीमा स्रोत साधन जुटाई, सामाजिक रुपान्तरण र भेद्भावरहित चर्चको अवधारणा विकास गर्ने इकानले जनाएको छ ।

द इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपाल गैरनाफामुलक संस्थाको रुपमा नेपाल सरकारमा दर्ता भएको सुसमाचार तथा अल्पसंख्यक नेपाली इसाई समुदायको मानवअधिकार तथा सामाजिक न्यायको निम्ति एकताको आवाजका रुपमा चर्चहरुलाई एकसाथ जोड्ने इभान्जलीकल विश्वासको केन्द्रीय सञ्जाल हो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम