अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ ललितपुरमा हुँदै
- ललितपुर ।
- नेपाल इसाई अपाङ्गता संजालले फागुण १७ देखी १९ गते सम्म ललितपुरको गोदावरीमा रहेको होटल भ्यू भृकुटीमा अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ गर्ने भएको छ ।
ललितपुर । नेपाल इसाई अपाङ्गता संजालले फागुण १७ देखी १९ गते सम्म ललितपुरको गोदावरीमा रहेको होटल भ्यू भृकुटीमा अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ गर्ने भएको छ । नेपाल इसाई अपाङ्गता संजालको आयोजनामा ‘परमेश्वरको मण्डलीको निमाणः संलग्नता, समावेशिता र प्रेरणा मुल’ नारा सहित राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा नेपालबाट स्थानीय जिल्ला समाजका करिब ३०० प्रतिनिधिको सहभागीता हुनेछ । सम्मेलनको उद्देश्य मण्डली समुदायभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई निम्ति पहुँच, पैरवी र उत्तम अभ्यासहरुको प्रत्साहन गर्नु रहेको बताइएको छ । यसका साथै मण्डलीका अगुवाहरु, अपाङ्गता भएका व्यक्तिहरु, बाइबलीय विद्वानहरु र विशेषज्ञहरुलाई एकसाथ भेला हुने अवसर प्रदान गरी सिक्ने र सिकाउने तथा आफुले गरिरहेको सेवाकाईको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई संलग्न गराउने र सेवा गर्ने उपायहरु विकास गराउनु रहेको बताइएको छ ।

यस सम्मेलनले विशेषगरी समावेशी मण्डलीहरु, ईश्वरशास्त्र र अपाङ्गता, इसाई नैतिकता र अपाङ्गता, पुनस्र्थापना र समावेशिकरण र परिवार र अपाङ्गताको बिषयहरुमा शिक्षा दिइने छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
ख्रिष्टियन संघ–संस्थामा नेतृत्व चयन गर्दा चुनाव गर्नु उचित छ कि छैन ?
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.







