नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
- काठमाडौं ।
- अमेरिकामा भएका नेपालीभाषी भट्निज तथा नेपाली चर्चहरुको छाता संगतिकोरुपमा स्थापित भुट्निज नेप्लिज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए)को नौं शिखर सभाले पास्टर भद्र राईलाई पुनःतीन वर्षको लागि बिएनसीएको अध्यक्षमा निर्वाचित गरेको छ ।
काठमाडौं । अमेरिकामा भएका नेपालीभाषी भट्निज तथा नेपाली चर्चहरुको छाता संगतिकोरुपमा स्थापित भुट्निज नेप्लिज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए)को नौं शिखर सभाले पास्टर भद्र राईलाई पुनःतीन वर्षको लागि बिएनसीएको अध्यक्षमा निर्वाचित गरेको छ ।
अमेरिकाको पेनसेलभिनिया राज्यको ह्यारिसिवर्ग शहरस्थित मसिहा युनिभर्सिटीमा यही जुन २ देखि ४ तारिख सम्म संचालन भएको विएनसीएको नौं शिखर सभाले राईलाई बिएनसीएको अध्यक्षमा निर्वाचित गरेको कुरा निर्वाचन समितिका संयोजक शंकर राईले बताउनु भयो ।
त्यस्तै, बिएनसीएको नौं शिखर सभाले बिनएनसीएको महासचिवमा पास्टर पुष्प रसाईली र कोषाध्यक्षमा पास्टर सुभाष लहगुनलाई निर्वाचित गरेको छ ।
निर्वाचन समितिका संयोजक शंकर राईका अनुसार बिएनसीएको अध्यक्ष,महासचिव र कोषाध्यक्षको लागि निर्वाचन प्रणालीबाट नै पदाधीकारीको चयन गरिएको हो भने वाँकी केन्द्रीय कार्यकारिणी समितिका पदाधीकारीलाई भने निर्वाचित पदाधीकारीहरुले चयन गर्नेछ ।
बिएनसीएको अध्यक्षमा निर्वाचित भएपछि राईले अमेरिकामा भएका नेपालीभाषी चर्चहरुलाई गोलबद्ध बनाएर अमेरिकामा परमेश्वरको राज्य विस्तारमा अझ वलियो हुँदै लाग्न प्रेरणा दिने बताउनु भयो ।
अध्यक्ष राईका अनुसार बिएनसीएको केन्द्रीय कार्यकारिणी समिति सात जनाको रहने छ भने भने नौं जनाको बोर्ड अफ डिरेक्टर्स गठन हुनेछ ।
उहाँले बिएनसीएको नौं शिखर सम्मेलनमा बिएनएनएम र रे अफ होपका अध्यक्षहरुलाई बोलाएर सँगै संगति गरयौ यो एउटा शुरुवात हो, भविष्यमा हामी यस्तै कार्यक्रमहरु गर्दै जाने छौ,जसले गर्दा अमेरिकामा भएका अन्य नेपालीभाषी चर्च समूह,सेवकाइ र संस्थाहरुसँग पनि सहकार्य र संगति गर्ने बाटो खुलेको छ–भन्नुभयो ।
नवनिर्वातिन अध्यक्ष राईले आफ्नो कार्यकालमा अमेरिकामा भएका भुटनिज नेपालीभाषी चर्चका पास्टरअगुवाहरुलाई सेकुलर अध्ययन,सेमिनार र थ्योलोजी अध्ययनका लागि पनि प्रोत्साहन गर्ने योजना रहेको बताउनु भयो । उहाँको कार्यकाल तीन वर्षको छ ।
नवँनिर्वाचित अध्यक्ष पास्टर भद्र राई अमेरिकाको ह्यारिसबर्ग पेनसेलभिनियास्थित कनान भुटनिज चर्चको पास्टर हुनुहुन्छ भने उहाँ ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिप(जिएनएससीएफ)का अध्यक्ष समेत पनि हुनुहुन्छ ।
उहाँ सन् २००८ मा चर्चको अगुवा हुनुहुन्थ्यो भने पछि सन् २०११ मा उहाँ पास्टरमा अभिषेक हुनुभयो ।
उहाँले झापाको सन राईज एकेडेमीमा स्कूल अध्ययन गर्नु भयो भने प्लस टु कालिबुङमा गर्नु भयो । त्यस्तै, कालिबुङ गभरमेन्ट कलेजबाट उहाँले विज्ञान संकायमा स्नातक गर्नु भएको छ । उहाँका एक श्रीमती र दुई छोरी छन् ।
नेपालस्थित शरणार्थी क्याम्पबाट तेस्रो मुलुक पुनस्र्थापना हुनेक्रममा उहाँ परिवारसहित सन् २००८देखि अमेरिकामा वसोवास गर्दै आउनु भएको छ ।
बिएनसीए अमेरिकामा भएका नेपालीभाषी भुटनिज चर्चहरुको साझा संगति हो । बिएनसीएको गठन सन् २०११ मा भएपनि सन् २०१३ मा यो संस्थाले अमेरिकी सरकारमा दर्ता भई वैधानिकता पाएको हो । बिएनसीएको संस्थापक अध्यक्ष पास्टर जोन मगर हुनुहुन्छ । हाल बिएनसीएमा अमेरिकाभरका १ सय ४ नेपालीभाषी चर्चहरु आबद्ध छन् ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण







