single page header banner

ख्रिष्टियन जीवनमा द्वैध चरित्रको खतरा (उत्पत्ति २७:२२)

admin_news admin_news
सोमबार, आश्विन 15, 2083
Social buttons loaded
समाचार सारांश
  • डा .
  • शिवहरि भट्टराई “याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, ‘सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।
  • डा . शिवहरि भट्टराई


“याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, ‘सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।” उत्पत्ति २७:२२

१. प्रसङ्ग (Context of the Passage)

यो घटना वृद्ध Isaac, उनका दुई छोरा याकुव (Jacob) र एसाव (Esau) बीचको हो । इसहाकले जेठो छोरा एसावलाई आशिष दिन चाहन्थे । तर आमा रिवेका (Rebekah) को योजनामा याकूबले एसावको भेष धारण गरे । उनले एसावको लुगा लगाए, हातमा जनावरको छाला बेरे ताकि इसहाकले छाम्दा एसाव जस्तो महसुस होस् । जब याकूब इसहाककहाँ पुगे, इसहाक अलमलमा परे । सोर याकूबको थियो तर हात एसावका थिए । यहाँ एउटा गहिरो आत्मिक शिक्षा छ: बाहिरी स्वरूप र भित्री वास्तविकता नमिल्नु ।

आज पनि धेरै विश्वासीहरूको जीवन यस्तै हुन सक्छ — मुखले ख्रिष्टियन, व्यवहारले संसारिक; वचनले पवित्र, जीवनले अपवित्र ।

२. द्वैध चरित्र (Double Character) भनेको के हो ?

द्वैध चरित्र भनेको एउटा देखाउने र अर्को जीउने जीवन हो । मण्डलीमा पवित्रताको भाषा बोल्ने तर व्यक्तिगत जीवनमा बेइमानी गर्ने प्रार्थना गर्ने मानिस जस्तो देखिने तर हृदयमा रिस, ईर्ष्या, घमण्ड, स्वार्थ पाल्ने । याकूबको स्वर याकूबकै थियो, तर हात एसावका थिए । आज प्रश्न यो छ : हाम्रो स्वर र हात मिलेको छ कि छैन ? हामीले बोल्ने विश्वास र हामीले जिउने जीवन एउटै छ कि छैन ?

३. द्वैध चरित्रका चिन्हहरू

(क) ओठमा विश्वास, व्यवहारमा अविश्वास आफूलाई ख्रिष्टियन भन्ने तर निर्णय संसारिक तरिकाले गर्ने । पवित्र बाइबलमा लेखिएको छ:
“यी मानिसहरूले ओठले मलाई आदर गर्छन्, तर तिनीहरूको हृदय मबाट टाढा छ।” (मत्ती १५:८)

(ख) मण्डलीमा एउटा अनुहार, घरमा अर्कै अनुहार मण्डलीमा नम्र, घरमा क्रोधी; बाहिर सेवक, घरमा कठोर ।

(ग) पवित्रताको कुरा गर्ने, तर लुकेर पाप गरिरहने गोप्य जीवनमा पाप पालेर सार्वजनिक जीवनमा धार्मिक देखिन खोज्नु ।

४. द्वैध चरित्रको खतरा

(क) यसले आत्मिक आशिष खोस्छ याकूबले आशिष पाए तापनि छलका कारण परिवारमा दुःख, भागदौड र विभाजन आयो । पापद्वारा प्राप्त उपलब्धिले शान्ति ल्याउँदैन।

(ख) यसले साक्षी बिगार्छ जब विश्वासीको जीवन र वचन मिल्दैन भने, समाजले ख्रिष्टलाई दोष दिन्छ ।

(ग) यसले परमेश्वरलाई प्रसन्न पार्दैन परमेश्वरले बाहिरी रूप होइन, हृदय हेर्नुहुन्छ । “मानिसले बाहिरी रूप हेर्छ, तर परमप्रभुले हृदय हेर्नुहुन्छ।” (१ शमूएल १६:७)

५. ख्रिष्टियन जीवनमा सत्य चरित्र कस्तो हुनुपर्छ ?

(क) स्वर र हात एउटै हुनुपर्छ हामीले बोल्ने विश्वास र गर्ने काम मिल्नुपर्छ । प्रार्थना गर्छौं भने क्षमा पनि गर्नुपर्छ । प्रेमको शिक्षा दिन्छौं भने प्रेम पनि देखाउनुपर्छ । पवित्रताको प्रचार गर्छौं भने पवित्र जीवन पनि जीउनुपर्छ ।

(ख) बाहिरी होइन, भित्री परिवर्तन ख्रिष्टियन जिवन कपडा वा भाषा होइन, हृदयको रूपान्तरण हो ।

(ग) पश्चाताप र इमानदार जीवन यदि हाम्रो जीवनमा द्वैधता छ भने, परमेश्वरले आज पनि पश्चातापको ढोका खोल्नुहुन्छ ।

६. आत्म-परीक्षणका प्रश्नहरू के मेरो निजी जीवन र सार्वजनिक जीवन एउटै छ ? के मेरो बोली र व्यवहार मिल्छ ?

के म मण्डलीमा एक व्यक्ति र घरमा अर्को व्यक्ति त होइन ? यदि मानिसहरूले मेरो “हात” छामे भने, के मेरो “सोर”सँग मिल्छ ?

निष्कर्ष

इसहाकले भने : “सोर त याकूबको हो, तर हातहरू एसावका हुन् ।”

आज परमेश्वरले हाम्रो जीवनलाई हेर्दै हुनुहुन्छ । के हाम्रो विश्वास केवल स्वरमा छ, कि हातमा पनि ? के हाम्रो ख्रिष्टियन जिवन केवल भाषणमा छ, कि व्यवहारमा पनि ? परमेश्वरले द्वैध चरित्र होइन, निष्कपट र सत्य जीवन चाहनुहुन्छ ।

अन्तिम चुनौती:

“तपाईंको स्वर याकूबको छ भने, तपाईंका हात पनि याकूबकै होऊन् — अर्थात् तपाईंले बोल्ने विश्वास तपाईंको जीवनमा देखियोस् ।”

समापन प्रार्थना :
“हे परमेश्वर, हाम्रो जीवनबाट कपट, दोहोरोपन र द्वैध चरित्र हटाइदिनुहोस्। हामीलाई यस्तो विश्वासी बनाउनुहोस् जसको बोली र व्यवहार, विश्वास र जीवन, मण्डली र घर—सबैमा एउटै ख्रिष्ट देखियोस्। येशूको नाममा, आमेन ।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
डुनामिसमा प्रभावकारी प्रार्थनाबारे पाँचदिने विशेष कक्षाहरु सुरु हुंदै (निशुल्क)
डुनामिसमा प्रभावकारी प्रार्थनाबारे पाँचदिने विशेष कक्षाहरु सुरु हुंदै (निशुल्क)
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
उड्न नसक्ने बिस्वासि
उड्न नसक्ने बिस्वासि
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
भर्खरै
होम