single page header banner

नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • नेपालीे ख्रीष्टियन जगतका एक धरोहर तथा कहिल्यै नमेटिने इतिहास बोक्नु भएका महान सेवक नेपाल इसाई मण्डलीका वरिष्ठ पास्टर रोबर्ट कार्थक ९५ वर्षको उमेरमा भौतिकरुपमा आज प्रभुमा विश्राम लिनुभएको छ ।
  • नेपाली इसाई मण्डली गोगंबुका पास्टर वर्णवास श्रेष्ठका अनुसार आज मंगलबार विहान ३ः१५ बजे पास्टर कार्थकले ग्वार्कोस्थित विएण्डवी अस्पतालमा उपचारका क्रममा भौतिक शरीर छोड्नु भएको हो ।

नेपालीे ख्रीष्टियन जगतका एक धरोहर तथा कहिल्यै नमेटिने इतिहास बोक्नु भएका महान सेवक नेपाल इसाई मण्डलीका वरिष्ठ पास्टर रोबर्ट कार्थक ९५ वर्षको उमेरमा भौतिकरुपमा आज प्रभुमा विश्राम लिनुभएको छ ।

नेपाली इसाई मण्डली गोगंबुका पास्टर वर्णवास श्रेष्ठका अनुसार आज मंगलबार विहान ३ः१५ बजे पास्टर कार्थकले ग्वार्कोस्थित विएण्डवी अस्पतालमा उपचारका क्रममा भौतिक शरीर छोड्नु भएको हो । पास्टर श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि पास्टर रोबर्ट कार्थकको गत बैशाख २८ गतेदेखि ग्वार्कोस्थित विएण्डवी अस्पतालमा उपचार भइरहेको थियो ।

आज बिहान बसेको नेइम कार्यकारिणी समितिको वैंठक अनुसार स्वर्गीय पास्टर कार्थकको पिसिआर रिपोर्ट आएपछि मात्र त्यस अनुुसार उहाँको अन्तिम संस्कार गर्ने निर्णय गरेको थियो । यसै बिच स्वर्गीय कार्थकको हिजो लिइएको पिसिआरको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वर्गीय पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन भारतको कालिङ्पोङमा भएको थियो । ख्रीष्टियन परिवारमा जन्म भएतापनि पास्टर कार्थकले २१ वर्षको युवा अवस्थामा मात्र येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा ग्रहण गर्नु भएको थियो । शुरुवाततिर उहाँ कालिङ्पोङस्थित प्रेस्विटिरियन चर्चमा सेवा गर्नुहुन्थ्यो । पछि ३० वर्षको उमेरमा नेपालको काठमाडौंमा आउनुभएको र त्यसपछि निरन्तर नेपालमा नै रहेर प्रभुको सेवामा समर्पित भई ६५ वर्ष बिताउनुभएका स्वर्गीय पास्टर कार्थकले नेपाली ख्रीष्टियन समुदायमा मात्र नभई नेपाली भाषी ख्रीष्टियन समुदायमै अतुलनीय योगदान पुर्याउनुभएको थियो । स्मरण रहोस् पास्टर कार्थक लामो समयसम्म ख्रीष्टको मण्डलीको सेवामा संलग्न, इसाई समुदाय कै एक असल अभिभावक र अत्यन्तै आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो । तसर्थ उहाँलाई विश्वभर रहेका नेपाली भाषी ख्रीष्टियन समुदायकै असल अभिभावक र अत्यन्तै आदरणीय व्यक्तिको रुपमा मानि आएको थियो ।

श्रोतका अनुसार विएण्डवी अस्पतालमा उचारका क्रममा रहनुभएका उहाँले केही गरी मलाई प्रभुले यही अवस्थामा उठाउनु भयो भने मेरो विश्रामपछि श्रद्धाञ्जली सभाको आयोजना गरेर मेरो प्रशंसा नगर्नु भनेर परिवारजनलाई अन्तिम सन्देश दिनु भएको बताइएको छ ।

यसै बिच नेपालमा रहेका विभिन्न ख्रीष्टियन संघसंस्थाले वक्तब्य निकालेर पास्टर रोबर्ट कार्थकको निधनले नेपाली ख्रीष्टियनहरुले असल अभिभावक गुमाएको र नेपाली ख्रीष्टियन जगतलाई अपुरर्णीय क्षति भएको जनाएको छ । यसरी विज्ञप्ति निकाल्नेमा कार्थक स्वयम् दश वर्षसम्म अध्यक्ष भएर नेतृत्व गर्नुभएको एनसिएफ नेपालका साथै नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल लगायत छन् । साथै सामाजिक सञ्जाल फेसबुक लगायतमा पनि उहाँको निधनमा श्रध्दाञ्जली दिने र शोक व्यक्त गर्ने बढिरहेका छन् । नेपाली ख्रीष्टियन जगतले एउटा असल अभिभावक गुमाउँदा अहिले आम नेपाली ख्रीष्टियन समुदाय र विश्वभर छरिएर रहेका नेपाली भाषी यतिखेर शोकमा डुबेको छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम