single page header banner

सवै भन्दा ठुला मण्डली भवनहरु

admin admin
मंगलबार, आश्विन 28, 2079
Social buttons loaded
समाचार सारांश
  • प्रभु येशू यस संसारमा हुँदा उहाँको शिर ढाक्ने ठाउ समेत थिएन ।
  • पछि येशू पिताकहाँ स्वर्ग तर्फ जानु भएपछि उहाँका चेलाहरू विभिन्न व्यक्तिका घरहरुमा भेला भएर संगती गर्ने गर्थे ।

प्रभु येशू यस संसारमा हुँदा उहाँको शिर ढाक्ने ठाउ समेत थिएन । पछि येशू पिताकहाँ स्वर्ग तर्फ जानु भएपछि उहाँका चेलाहरू विभिन्न व्यक्तिका घरहरुमा भेला भएर संगती गर्ने गर्थे । समय संगै विश्वासीहरुको वृद्धि भए पछि मण्डली भवनहरू बनाउन सुरु भयो । जसरी सुसमाचार फैलिएर संसार भरि पुग्यो गयो मण्डली भवनहरू पनि संसार भरि देखिन थाले । यहाँ संसारका सवै भन्दा ठुला मण्डली भवन हरुलाई चिनाउने प्रयास गरिएको छ । वास्तवमा परमेश्वरको सामु भवन नै आत्मिकाको सुचक नभए पनि प्रभुको आराधना गर्न बनाइएका यि ठूला स्थानहरूले हामीले परमेश्वरको वचनको सर्वव्यापकता को गवाहि देख्दछौं ।

1. सेन्ट पिटर्स बासिलिया – भ्याटिकन सिटि – रोमन क्याथोलिक

भित्री क्षेत्रफलको हिसाबले सवै भन्दा ठूलो चर्च भवन हो। यसको भित्री छेत्रफल 15160 वर्ग मिटर छ भने यसमा एकै पटक 60000 जना अटाउँदछन् । यस भवनको निमार्ण सन् 1506 – 1606 मा बनाइएको थियो ।

2. बासिलिया अफ आवर लेडि आप्रेसिडा – आप्रेसिडा ब्राजील – क्याथोलिक

यूरोप बहिर को सवै भन्दा ठूलो चर्च ब्राजिल मा छ। यसको भित्री क्षेत्रफल 12000 वर्ग मिटर छ भने। यस भवन भित्र एकै पटक 45000 जनाले आराधना गर्न सक्छन । यो भवन 1955-80 सम्म २५ वर्ष लगाएर निमार्ण भएको हो ।

3. मिलान क्याथेड्रल – मिलान, इटाली – रोमन क्याथोलिक

इटालीमा भएको यस चर्च को क्षेत्रफल 11,700 वर्ग मिटर छ भने एकै पटक 40000 जना भेला हुन सक्छन । यो भवन 1386 – 1965 सम्म विभिन्न चरण मा बनाइएको थियो । यो यूरोपको भ्याटिकन बाहिरको सवैभन्दा ठूलो चर्च भवन हो।

4. सेभिलि क्याथेड्रल – सेभिलि स्पेन – रोमन क्याथोलिक

11520 वर्ग मिटरमा क्षेत्रफल भएको यो चेच स्पेनको दक्षिणी शहर सेभिलिमा पर्दछ । सन 1182 मा इस्लाम मस्दिजको लागि बनाइएको यस भवन 1248- मा इसाईकरण गरिएको थियो। यस भवन परिसरमा पहिलो पटक अमेरिका पत्ता लगाउने व्यक्ति क्रिस्टोफर कोलम्बसको चिहान पनि छ ।

5. क्याथेड्ल अफ सेन्ट जन द डिभाइन – न्यूयोर्क, संयुक्त राज्य अमेरिका – रोमन क्याथोलिक

10,090 वर्ग मिटरमा फैलिएको यो चेर्च भवन संयुक्त राज्य अमेरीकामा भएको सबै भन्दा ठूलो हो । यसमा 8600 जनाको क्षमता छ । सन् 1911मा निमार्णको लागि निर्णय भएको यस भवन २ तिहाइ मात्र बनेकोअझै पनि निमार्णाधिन अवस्थामा रहेको छ । 1941 देखीनै यो प्रयोजनमा आइरहेको ६ छ भने विभिन्न चरणमा निमार्ण कार्य पनि भइरहेको छ ।

रोमन क्याथोलिक बाहेक का चेर्चहरू

6. लिभरपुल क्याथेड्रल – लिभरपुल, UK – एङ्गलिकन

यो रोमन क्याथोलिक बाहेकको सबै भन्दा ठूलो चर्च भवन संसार कै आठौं ठूलो हो। यसको क्षत्रफल 9687 वर्ग मिटर छ भने यसमा 3500 जनाले एकै पटक आराधना गर्न सक्छन् । यस भवनको निर्माण 1904 – 78 मा गरिएको हो।

7. अल्म मिन्स्टर – अल्म, जर्मनि – प्रोटेस्टान्ट

8260 वर्ग मिटरमा फैलिएको यस भवनमा 20000 जनाले संगती गर्न भ्याउँछन् । यो 16.5 मिटर उचाइ भएको संसारकै सबै भन्दा अग्लो चर्च भवन हो। यसको निर्माण 1377 देखी 1890 सम्ममा चरण बद्द रूपमा भएको थियो । सुरुमा क्याथोलिक चेर्चको रुपमा प्रयोग भएको यो भवन प्रोटेस्टान्ट रिफर्मेसन पछि 1530 मा प्रोटेस्टान्ट चर्च भवन बनाइएको हो।

8. क्याथेड्रल अफ न्याटिभिटि – कायरो, इजिप्ट – अर्थोडक्स

7500 वर्ग मिटरमा क्षेत्रफल भएको यस चर्च भवन मा 8200 जनाले संगती गर्न सक्छन् । यो पूर्विय देशहरू मध्येको सबै भन्दा ठूलो चर्च भवन हो। सन् 2016मा चर्च भवनमा अतंककारी हमलाले धेरै को ज्यान गएपछि इजिप्टको राष्ट्रपतिले यस भवन निर्माण गर्ने निर्णय गरेका थिए । यस भवन सन् 2017 – 2019 को विचमा निमार्ण गरिएको हो।

9. योइदो फुल गस्पल – सउल, द. कोरिया – प्रोटेष्टान्ट

7430 वर्ग मिटर भएको यस भवन एसियाको सवै भन्दा ठूलो चर्च भवन मानिन्छ । यस चर्च भित्र 12000 जनाले एकै पटक संगती गर्दछन् । यस भवनको निर्माण 1973 मा भएको थियो। यो चर्च संसारकै सवै भन्दा वढि सदस्य 480000 रहेको मानिन्छ ।

10. कलवरी टेम्पल – हैदराबाद, भारत – प्रोटेस्टान्ट

सन् 2012 मा निमार्ण गरिएको यस चर्च भवनमा 18000 सिटहरुछन् । यस भवनको क्षेत्रफल लगभग 7000 वर्ग मिटर छ । यो दक्षिण एसियाको ठुलो चर्च भवनको रुपमा जान्न सकिन्छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम