single page header banner

सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न

Pramodkhadka Pramodkhadka
आइतबार, पौष 25, 2079
Social buttons loaded
समाचार सारांश
  • रमा सापकोटा , ९ असोज, काठमाडौं ।
  • नेपाली ख्रीष्टियन समुदायले नेपालको सातै प्रदेश तथा विश्वका विभिन्न देशहरुको लागि आयोजना गरेको दुईदिने उपवास प्रार्थना कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ।

रमा सापकोटा , ९ असोज, काठमाडौं । नेपाली ख्रीष्टियन समुदायले नेपालको सातै प्रदेश तथा विश्वका विभिन्न देशहरुको लागि आयोजना गरेको दुईदिने उपवास प्रार्थना कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ।

ब्लेस नेपाल मिसन रिभाइवल अभियानद्वारा ललितपुरको बागडोलस्थित प्रसुन प्रेरितीय मण्डलीमा आयोजित कार्यक्रममा उपत्यका तथा उपत्यका बाहिर रहेका विभिन्न मण्डलीका पास्टर अगुवा र विश्वासीहरुको जमघटका साथ दुईदिने उपवास प्रार्थना समापन गरिएको हो ।

असोज ६ गते देखी ७ गते सम्म आयोजित राष्ट्रिय तथा अन्तरराष्ट्रिय जागृतिको प्रार्थना कार्यक्रममा देशका समसामयिक बिषयबस्तुमा केन्द्रीत रहदै संघीय सरकार, सातै प्रदेशका सरकार, स्थानीय सरकार, देशमा रहेका विभिन्न राजनीतिक दलका प्रमुखका लागि प्रार्थना गरिएको थियो ।

कार्यक्रममा वक्ताका रुपमा रहनु भएको विनिप्रप्र सेवाकाई नेपालका वरिष्ठ पास्टर डा. चेत बहादुर खरेलले नेपालका सबै मण्डलीहरुले एकतामा रहेर प्रार्थना गर्ने हो भने देशका समस्यारूपी रोगहरु अविलम्ब निको हुने विश्वास व्यक्त गर्नु भयो ।

“मेलमिलाप गराउने विश्वासीहरु ख्रीष्टका सन्तान हुन, फुट गराउने मानिसहरु ख्रीष्टका सन्तान होइनन्, पास्टर खरेलले भन्नुभयो, आगो र अभिषेक बोकेको इसाईलाई सांसारिक इसाईले कहिल्यै देख्न सक्दैन ।”

त्यस्तै युवा अगुवा विपिन शर्माले चरित्रले अभिषेकलाई काम गर्न दिन सक्दैन भन्दै कतिपय इसाई अगुवाहरुले खराब चरित्रका साथसाथै अभिषेकलाई चलाउन खोज्दा उनीहरुको सेवाकाई विफल भएको प्रति दु:ख व्यक्त गर्नुभयो ।
उहाँले आत्माको अगुवाइमा विभिन्न विश्वासीहरुको लागि अगमवाणीय संदेशहरु व्यक्त गर्दै हरेक विश्वासीले वरदानहरुको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको लागि २०–२० प्रेयर रिभाइबल अभियान, फायर ल्फेम ग्लोबल स्वतन्त्र विश्वव्यापि मण्डली तथा उपत्यकाका सम्पूर्ण मण्डलीको पनि सहकार्य रहेको प्रसुन प्रेरितीय मण्डलीका पास्टर गोरख राईले जानकारी दिनुभयो ।

पास्टर राईको नेतृत्वमा सन् २०१९ देखि सुरु गरिएको यस अभियानले राष्ट्रव्यापि रुपमा देशको लागि निरन्तर प्रार्थना गर्दै आएको छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पैसा व्यवस्थापनमा हाम्रो गल्तीहरू
पैसा व्यवस्थापनमा हाम्रो गल्तीहरू
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध 
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध 
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
यशैया ५३ अध्याय र नयाँ करार
यशैया ५३ अध्याय र नयाँ करार
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम