single page header banner

बाइबलीय चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन

admin_news admin_news
बिहिबार, आश्विन 18, 2083
Social buttons loaded
समाचार सारांश
  • डा.
  • शिवहरि भट्टराई “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफूलाई इन्कार गरोस्, आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्।

डा. शिवहरि भट्टराई

“यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफूलाई इन्कार गरोस्, आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्।” मत्ती १६:२४

भूमिका

आजको युगमा धेरै मानिसहरू चर्च जान्छन्, आराधना गर्छन्, दशांस/भेटि/ दान दिन्छन् र आफूलाई ख्रीष्टियन भन्छन्। तर बाइबलले एउटा गम्भीर प्रश्न सोध्छ: के हामी ख्रीष्टका चेला हौं कि केवल धार्मिक उपभोक्ता?

येशूले मानिसहरूलाई “ख्रीष्टियन” बन्न बोलाउनुभन्दा पहिले “चेला” बन्न बोलाउनुहुन्छ। नयाँ नियममा “ख्रीष्टियन” शब्द केवल केही पटक प्रयोग भएको छ, तर “चेला” (Disciple) शब्द २६० पटकभन्दा बढी प्रयोग भएको पाइन्छ। यसले देखाउँछ कि परमेश्वरको प्राथमिकता केवल विश्वास गर्ने मानिसहरू मात्रै होइन, तर ख्रीष्टको जीवन पछ्याउने चेलाहरू हुन्।

आज धेरै मण्डलीहरूमा उपभोक्तावादी मानसिकता प्रवेश गरेको छ। मानिसहरू चर्चमा “मैले के पाउँछु?” भन्ने सोचले आउँछन्, तर चेलापनले “म परमेश्वरलाई के दिन सक्छु वा परमेश्वरको महिमाको लागि के गर्न सक्छु ?” भन्ने सोच/विचार विकास गर्न सिकाउँछ।

१. बाइबलीय चेला ख्रीष्टियन भनेको को हो ?

क) चेला भनेको येशूलाई पछ्याउने व्यक्ति हो । लूका ९:२३ “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले दैनिक आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् ।” चेला बन्नु भनेको: वास्तवमा के हो ? केवल चर्चको सदस्य बन्नु होइन । केवल बप्तिस्मा लिनु मात्रै होइन । केवल धार्मिक गतिविधिमा संलग्न हुनु मात्रै होइन । सम्पूर्ण जीवन येशूको अधीनमा समर्पण गर्नु हो ।

ख) चेला सिक्ने र परिवर्तन हुने व्यक्ति हो रोमी १२:२ “यस संसारसँग को ढाँचामा नचल तर आफ्नो मनको नवीकरणद्वारा परिवर्तित होओ।” चेलाले : परमेश्वरको वचन अध्ययन गर्छ। आफ्नो जीवन सुधार्छ। पापसँग संघर्ष गर्छ । ख्रीष्टको स्वरूपमा बढ्दै जान्छ ।

ग) चेला फल फलाउने व्यक्ति हो यूहन्ना १५:८ “तिमीहरूले धेरै फल फलायौ भने मेरो पिता महिमित हुनुहुन्छ र तिमीहरू मेरा चेला ठहरिनेछौ।” चेलाको जीवनमा: प्रेम, नम्रता, पवित्रता, सेवा, आत्माको फल देखिन्छ ।

२. उपभोक्ता ख्रीष्टियन को हो ?

उपभोक्ता (Consumer) ख्रीष्टियन भनेको चर्च र परमेश्वरलाई आफ्ना आवश्यकता पूरा गर्ने माध्यमको रूपमा मात्र हेर्ने व्यक्ति हो । उसको प्रश्न हुन्छ : मेरो लागि के छ ?, मैले के पाउछु ? मलाई के फाइदा हुन्छ ? मेरो समस्या कहिले समाधान हुन्छ ? मलाई सम्मान दिइन्छ कि दिइदैन ? उपभोक्ता ख्रीष्टियनको केन्द्रमा ख्रीष्ट होइन, आफू हुन्छ ।

३. येशूको सेवकाइमा उपभोक्ता र चेलाको भिन्नता

क) पाँच हजारलाई भोजन खुवाएपछि यूहन्ना ६:२६ येशूले भन्नुभयो : “तिमीहरू मलाई खोजिरहेका छौ किनकि तिमीहरूले रोटी खायौ र अघायौ ।” धेरै मानिसहरू येशूलाई सत्यको कारणले होइन, लाभको कारणले पछ्याइरहेका थिए । आज पनि धेरै मानिसहरू : आशिषको लागि, चंगाइको लागि, आर्थिक लाभको लागि, सामाजिक सम्बन्धको लागि, मात्र चर्चमा आउँछन्।

ख) कठिन शिक्षा सुन्दा यूहन्ना ६:६६ “त्यस समयदेखि उहाँका धेरै चेलाहरू पछि हटे ।” उपभोक्ता मानिसहरू सुविधा पाउदाँसम्म समर्पित रहन्छन् तर चेला कठिनाइमा पनि टिकिरहन्छ ।

४. बाइबलीय चेला र उपभोक्ता ख्रीष्टियनबीचको तुलना

चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन दुबैले परमेश्वरलाई त खोज्छन्, तर चेला ख्रीष्टियनले परमेश्वरको वरदान खोज्छन् , परमेश्वरको सेवा गर्न आउँछन् , परमेश्वरको सेवाको लागि जिम्मेवारी खोज्छन् आफुलाई परमेश्वरमा समर्पण गर्छन् , सत्यमा चल्छन् , आफ्नो क्रुस उठाउछन् निरन्तर आफ्नो जिवनमा परमेश्वरको महिमा गर्छन् जहाँसम्म उपभोक्ता ख्रीष्टियनको कुरा छ उनिहरु सेवा लिन आउँछन् , सेवाको लागि जिम्मेवारी खोज्दैनन् , सुविधा खोज्छन् , आफुलाई समर्पण गर्दैनन् , माग मात्र गर्छन् ,क्रूस बोक्दैनन् ,आराम खोज्छन् , सत्यमा चल्दैनन्, आफुलाई मनपर्ने कुरा मात्र सुन्छन् , परमेश्वरको महिमा खोज्दैनन् , आफ्नो लाभ मात्रै खोज्छन् ।

५. उपभोक्तावादी ख्रीष्टियनको खतरा

क) आत्मिक अपरिपक्वता : हिब्रू ५:१२ “यस समयसम्म तिमीहरू शिक्षक हुनुपर्ने थियो ।” धेरै वर्ष चर्चमा बिताउँदा पनि आत्मिक रूपमा बच्चा नै रहने अवस्था उपभोक्तावादको परिणाम हो।

ख) चर्चलाई बजार बनाउने : चर्च सेवा गर्ने समुदायबाट सेवा बेच्ने र सेवा लिने संस्थामा परिवर्तन हुन सक्छ। मानिसहरूले : मन परेको प्रचारक मन परेको संगीत मन परेको कार्यक्रम को आधारमा चर्च रोज्न थाल्छन् चर्च चार्दै हिड्छन् ।

ग) सुसमाचारलाई विकृत बनाउने उपभोक्ता मानसिकताले सुसमाचारलाई : “येशूले तिमीलाई धनी बनाउनुहुन्छ” “येशूले सबै समस्या हटाउनुहुन्छ” जस्ता अधुरा सन्देशमा सीमित गरिदिन्छ । तर बाइबलले क्रूस, पश्चात्ताप, पवित्रता र समर्पणता पनि सिकाउँछ ।

६. साँचो चेलापनको मूल्य

क) आत्म-इन्कार वा आफुलाई इन्कार मत्ती १६:२४ “आफूलाई इन्कार गरोस्।”

ख) क्रूस उठाउने क्रूस भनेको : दुःख त्याग आज्ञाकारिता बलिदान को प्रतीक हो ।

ग) ख्रीष्टको पछि लाग्ने चेलाले आफ्ना योजनाभन्दा परमेश्वरको इच्छालाई प्राथमिकता दिन्छ।

७. नेपालको मण्डलीको सन्दर्भ

आज नेपाली मण्डलीले आफैलाई केही प्रश्न सोध्नुपर्छ : हामी चेला बनाउँदैछौं कि केवल सदस्य थप्दैछौं ? हामी मानिसलाई सेवा गर्न सिकाउँदैछौं कि सेवा लिन ? हामी क्रूसको सुसमाचार प्रचार गर्दैछौं कि सुविधाको सुसमाचार ? धेरै मण्डलीहरू संख्या बढाउन सफल भएका छन् तर चेला उत्पादन गर्न संघर्ष गरिरहेका छन् ।

येशूको अन्तिम आदेश थियो : मत्ती २८:१९-२० “जाओ र सबै जातिलाई मेरा चेला बनाओ ।” उहाँले “विश्वासी बनाओ” मात्र भन्नुभएन ; “चेला बनाओ” भन्नुभयो।

निष्कर्ष

बाइबलले दुई प्रकारका मानिसहरू देखाउँछ : उपभोक्ता ख्रीष्टियन जसले : आशिष खोज्छ । सुविधा खोज्छ । समस्या समाधान खोज्छ । क्रूसबाट टाढा भाग्छ । बाइबलीय चेला ख्रिष्टियनले : येशूलाई खोज्छ । सत्यलाई प्रेम गर्छ । सेवा गर्छ । बलिदाननिय जीवन जिउन तयार हुन्छ ।जीवनभर ख्रीष्टलाई पछ्याउँछ । आज प्रत्येक विश्वासीले आफैलाई सोध्नुपर्छ : “म चर्चको उपभोक्ता मात्र हुँ, कि ख्रीष्टको साँचो चेला ?” परमेश्वरले हाम्रो मण्डलीलाई केवल उपस्थित हुने मानिसहरूको भीड होइन, तर संसार परिवर्तन गर्ने चेलाहरूको समुदाय बनाउनुहोस्।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
संविधान संशोधनमा एलपिपिजे फेलोशिप नेपाल र एड्भोकेट्स नेपालको सुझाव पेश
संविधान संशोधनमा एलपिपिजे फेलोशिप नेपाल र एड्भोकेट्स नेपालको सुझाव पेश
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
नाम होइन हृदय परिवर्तन गरौँ
नाम होइन हृदय परिवर्तन गरौँ
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेपाली चर्च एकता आजको आवश्यकता
नेपाली चर्च एकता आजको आवश्यकता
कोरेस राजा र निर्वासनका यहुदीहरु
कोरेस राजा र निर्वासनका यहुदीहरु
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम