single page header banner

विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।

admin admin
बिहिबार, आश्विन 23, 2079
Social buttons loaded
समाचार सारांश
  • काठमाण्डौ ।
  • स्थानीय तह निर्वाचनमा ख्रीष्टियनहरुको प्रतिनिधित्व उल्लेखनिय रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

काठमाण्डौ । स्थानीय तह निर्वाचनमा ख्रीष्टियनहरुको प्रतिनिधित्व उल्लेखनिय रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले वैशाख ३० गते सम्पन्न स्थानीय तह निवार्चनमा राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित हनुले देशको नीति निर्माण गर्ने तहमा पनि ख्रीष्टियनहरु सक्षम छन् भन्ने कुरा प्रष्ट रहेकोे प्रतिवेदन सार्वजनिक गरेको हो ।

ललितपुरमा सम्पन्न स्थानीय तह निर्वाचनमा ख्रीष्टियन समुदायबाटको सहभागीताबारे प्रतिवेदनसहितको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सिजेएफका संस्थापक सदस्य पत्रकार निरोज तोलाङेले ख्रीष्टियन समुदायको स्थानीय तह निर्वाचनमा सहभागीताबारे प्रतिवेदन पेश गरेका थिए ।

बर्तमान राष्ट्रिय राजनीतिक दलभित्र हाम्रो पहुँच बढ़ाउनु नसक्नु हाम्रो कमजोरी रहेको प्रतिवेदन प्रस्तुत गर्दै पत्रकार तोलाङेले आगामी दिनमा ख्रीष्टियन पहिचान र अधिकारका लगि ख्रीष्टियन समुदायलाई सुसुचित गर्ने पैरवीका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

पत्रकार तोलाङेको प्रतिवेदन अनुसार लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समतामूलक एवं समृद्ध राष्ट्र निर्माणको संकल्प हेर्दा नयाँ नेपाल निर्माणका लागि मजबुत आधारशीला निर्वाचन भएकोले स्थानीय निर्वाचनमा राष्ट्रिय दलहरुमा आवद्ध भई स्थानीय तहमा ख्रीष्टियनहरु निर्वाचित हनु समुदायको लागि मुख्य उपलब्धी र गौरवको विषय भएको बताउनुभयो ।

उनले हाम्रो आवाज सम्बोधन नहुनुमा ख्रीष्टियन समुदाय एकतामा नआउनु मुख्य कारण रहेकोले ख्रीष्टियन मुद्धामा जब हामी एकतामा हुँदैनौँ र ख्रीष्टियन समुदायले आफनो राजनीतिक पहुँच निर्माण जबसम्म गर्दैनन् तबसम्म हाम्रो माग सम्बोधन पनि नहुने र राजनीतिक पार्टी र नेतृत्वपंक्तिले पनि वेवास्ता गर्ने भएकोले ख्रीष्टियन समुदाय अब गम्भिर हुनुपर्ने बताए ।

एजी चर्च समुदायका अगुवा डा। बालकृष्ण शर्माले ख्रीष्टियन भन्दैमा समाजको हरेक कुरामा आफुलाई मात्र विशेष बनाउनु नहुने बताउनुभयो । उहाँले इसाई समुदायले पनि राष्ट्रिय, अन्तरराष्ट्रिय, मानवअधिकार लगायतका क्षेत्रमा अन्य धार्मिक समुदाय सरह सामूहिक मुद्धामा उनीहरुसँगै आवाज उठाउनुपर्ने बताए ।

दक्षिणकाली नगरपालिकाको कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक प्रकाश विशुन्केले ख्रीष्टियनहरु नीतिनिर्माणको तहमा पुग्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिले नीति निर्माण गर्ने भएकोले ख्रीष्टियन समुदायको साझा सवालमा इसाई भएर मात्र बोल्नुभन्दा राष्ट्रिय दलहरुमा आवद्ध भई राजनीतिको माध्यम ख्रीष्टियनहरुको पहुँच निर्माण गर्नुपर्ने बताए ।

नेपाल ख्रीष्टियन समाजका अध्यक्ष प्रकाश सुब्बाले ख्रीष्टियनहरुको राजनीतिमा पहुँच निर्माण गर्न सुसमाचारको रणनीतिमार्फत समय सापेक्ष परिस्कृत गरी धेरै भन्दा धेरै आत्मा जित्नु, शिक्षामा अरु धेरै पहुँच बढ़ाउनु र भएको ब्यवस्था अनुसार सुझबुझ सहितको राजनीतिमा सक्रिय सहभागिता हुन जरुरी रहको बताउनुभयो ।

कार्यक्रममा ख्रीष्टियन समुदायका विभिन्न समुह तथा सम्प्रदायका प्रतिनिधिहरु, राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन मण्डली महासंघ नेपाल, राष्ट्रिय गिर्जाघर महागुठी नेपाल, राष्ट्रिय ख्रीष्टियन राजनीतिक सरोकार मञ्च, लगायतका संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

सिजेएफ नेपालका संस्थापक सदस्य पत्रकार कुमारसिहं विष्टले संचालन गर्नुभएको उक्त कार्यक्रममा सिजेएफ नेपालका संस्थापक सदस्य पत्रकार दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य दिनुभएको थियो भने कार्यक्रममा आमन्त्रित अधिकांश अतिथिहरुले आफनो धारणा राख्नुभएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम