एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
- उनी आफ्ना आमा बुबा की जेठी छोरीको रुपमा एउटा सानो शहरमा अनि कट्टर हिन्दू परिवारमा जन्मीएकी एक निर्वोध बालिका हुन्।
- उनी साना साना कुरामा रमाउने, सबैलाई आफ्नै सम्झिने, कसैले मन दुख्ने काम गरेपनि पुर्वाग्रही भावना पट्टकै नराख्ने, कसैप्रति रीस राग नराख्ने हुन् भने आफ्नी आमालाई प्राण समान माया गर्ने, बाबुलाई गौरवको रुपमा लिने, अनि हरेक कुराको वारेमा गहीरो रुपमा सोच्ने गर्छिन ।
उनी आफ्ना आमा बुबा की जेठी छोरीको रुपमा एउटा सानो शहरमा अनि कट्टर हिन्दू परिवारमा जन्मीएकी एक निर्वोध बालिका हुन्। उनी साना साना कुरामा रमाउने, सबैलाई आफ्नै सम्झिने, कसैले मन दुख्ने काम गरेपनि पुर्वाग्रही भावना पट्टकै नराख्ने, कसैप्रति रीस राग नराख्ने हुन् भने आफ्नी आमालाई प्राण समान माया गर्ने, बाबुलाई गौरवको रुपमा लिने, अनि हरेक कुराको वारेमा गहीरो रुपमा सोच्ने गर्छिन । उनको बुबा कामको कारण प्राय जसो घर वाहिर बस्नुहुने हुदा घरमा उनी र उनकी आमामात्र हुन्थे । उनकी आमाले उनलाई खेल्नकोलागि राम्रा राम्रा कपडाहरूको पुतलीहरु बनाएर दिन्थे र बाहिर पठाएमा हराउछिन भनेर धेरै जसो ढोका लगाएर आफैसंग राख्ने गर्दथ्यो । तर उनलाई सधैभरी त्यसरी बस्नुपर्दा झिॅजो लाग्ने गर्दथ्यो र दिउंसो उनकी आमा सुतिरहेको बेला पारेर विस्तारै ढोका खोली बेपत्ता पारेर धेरै खोज्नुपर्ने गरी जहा मन लाग्यो त्यही जान्थे । उनी पांच वर्षजति भयपछि उन्को आफ्नो बाउ बाजेले सनातन धर्मको आधारमा विस्वास गरी मान्दै आएको हिन्दू धर्म उनलाइपनि पालना गराउने क्रममा उनकी आमाले उनलाई एउटा पूजा थालमा धूप अक्षता अविर जस्ता कुराहरु राखेर बिहानै नजिकको मन्दिरमा पूजा गर्न पठाउॅंथ्यो । त्यहां भगवान नामका धेरै मूर्तीहरुमध्य केही शिवका लिङ्गहरु पनि थिए र उनलाई त्यतिखेर आफूले खूव भक्तिकासाथ शिवको टाउको भनेर पूजा गरेको कुरा शिवको टाउको नभएर उसको गुप्त अङ्ग, लिङ्ग भनेर थाहा थिएन । उनकी आमाले उनको हृदयमा धर्म गर्नुपर्छ ईश्वरको भक्ती गर्नुपर्छ अनि सत्यलाइपनि पच्छ्याउनु पर्छ भनेर सिकाउंथे । तर त्यो सानी केटीले चै अरुले भनेका कतिवटा कुराहरु विश्वास गरिनहाल्ने, अनि त्यसको कारण सोध्ने गर्दथे । त्यस्तै उनकी आमाले उनलाई आफूले बिहान सबेरै भगवान भन्ने मूर्ती पूजा गर्नकोलागि पूजाकोठामा चोखो पानी भनेर त्यहा ल्याइराखेको पानीलाई नछुनु छुनुहुदैन भन्दा उनी सोध्छे किन छुनु हुदैन? उनकी आमाले भन्थे पाप लाग्छ । फेरी उनी सोध्छे, पाप भनेको के हो ? तर उनकी आमासंग त्यस्को व्याख्यात्मक उत्तर हुदैनथ्यो । उनलाई यी कुराहरुले बेचैन बनाउदथे । एक दिन उनकि आमाले त्यो चोखो पानी छोयो भने पाप लाग्छ भनेको कुरा चित्त नबुझेर उनले आफ्नी आमाले नदेख्ने गरी त्यो पानी छुन्छे तर त्यसले उनलाई केही नभएपछि उनी फेरि उनकी आमाकहां गएर आमाले नछुनु भनेकी पानी छुंदा केही नभको कुरा आमालाई बटाउंछिन्। पछि उनलाई सिकाए अनुरुपको धर्मकर्ममा पनि आस्था राख्ने आफैपनि भगवान नामका कुराहरुलाई खुशी पार्नकोलागि जानेजत्ती सबै गर्ने हुदै हुर्किदै थिए । उन्को बिध्यालयमा भर्ना हुने बेला भयो, उनको आमाले छ वर्षको केटीलाई एक रुपैंया दिएर ल बिध्यालयमा भर्ना भयर आउनु भनी पठाउछे। उनी आफै बिध्यालय जाने आट गर्दैन्। बुबाको बुबा हजुर बुबाको घरमा गयर बिध्यालयमा भर्ना गरिदिनुहुन अनुरोध गर्छिन् उनलाई पढ्न साह्रै मन पर्दथ्यो । त्यस्ती सानी केटीलाई पढाई विना भविष्य राम्रो हुदैन भनेर थाहा थियो । त्यसैले मन लगाएर पढ्थे । जसले गर्दा गुरुहरुले उनलाई मन पराउंथे ।
खासै उनलाई आफूले कुनै विशेष कुरा पाउनुपर्छ जस्तो लाग्दैनथ्यो। तर त्यतिखेर उनको आमाको उनी एकमात्र सन्तान थियो ।अनि उनलाई अरुका आमाहरुले साना साना नानीहरु लिएर हिॅडेका तर आफ्नी आमाको भने आफू एक्लै भएको कुराले ज्यादै खट्कीन्थ्यो
त्यपछि उनलाई विस्तारै विस्तारै आफ्ना भाइ बहिनीहरुको चाह हुनथाल्यो । पछि त्यो इच्छा तिब्र गतिमै बढ्नथाले । उनको आफ्ना भाइ बहिनीहरु थिएन । अनि उनकी ठुली आमाको सानो छोरा थियो, उनी उसलाई धेरै माया गर्दथे । कतिचोटी नसोधिकनै उसलाई सकिनसकि बोकेर आफ्नो घरमा लग्थे । उनले भाइ बहिनी ल्याउनुपर्यो भनेर आफ्नी आमालाई पीडनपनि थाले । अनि एक दिन उनले आफ्नी हजुर आमा पर्नेलाई साना भाइ बहिनीहरु कहावाट ल्याउछन् भनेर सोध्यो अनि जवाफमा हजुर आमाले शिस्नुको झाडीवाट भेट्टाएर ल्याउछन् भनेछन् । उनको हजुर आमाले नानीहरुलाई झूट्टो कुरा गर्दा उनीहरुलाई कस्तो असर पर्दछ भन्ने कुरा सोचेकै थिएनहोला ! त्यसपछि त्यो सानी केटीले शिस्नुको झाडीमा मेरोलागिपनि भाइ बहिनी खोज्न जाऊं भनेर ढिप्पी गर्नथालेछ र पछि शिस्नुको झाडीमा बच्चा खोज्न भनेर हजुर आमाले सानी केटीलाई एउटा गल्लीको वाटो हुदै केही परसम्म लगेर सानी केटीलाई घर फर्काएर ल्याएछ ।त्यो सानी केटीले त्यो वाटोमा भाइ बहिनी भेट्टाउंछकी भनेर खूव आखा गाडेर हेरेछ तर नपाइकनै घर फर्किनु पर्दा उनी धेरै नराम्ररी भित्रीरुपमा टुतेछ । त्यो दिन उनी धेरै निराश भइन्।
अनि सानी केटीको आमालाई एकातिर उनले भाइ बहिनी चाहीयो भनेर पीडिराखेको अवस्था थियो भने फेरी अर्कोतिर बुबातिरका आफन्तहरुले अर्को सन्तान, खास गरी छोरा नजन्माउने भयपछि अर्की बिवाह गर्नुपर्यो भनेर सानी केटीको बुबालाई दवाउ दिनथालेको थियो । किनकि हिन्दू धर्म अनुसार पु नामको नरकबाट बच्नकोलागि छोरानै चाहिने भन्ने धारणा थियो र छ । उनको बुबाका आफन्तहरुले उनको बुबालाई दोस्रो विहे गर्नकोलागि दवाऊ दिरहेका थिए । जुन कुरा सानी केटीले पनि थाहा पाएछ । त्यतिखेर उनले सौतेनी आमाको कारणले दुइजना दिदी बहिनीहरुले धेरै दु:ख पाएको एउटा कथा सुनी राखेकी थिई ।त्यसैले उनलाई सौतेनी आमा देखि ज्यादै डर लाग्दथ्यो । अनि उनको बुबाले अर्की बिहे गर्ला भनेर उनकी आमा भन्दा उनी बढी चिन्तित थिइन् । सानी केटीले सधैं त्यस्को बारेमा सोचिरहन्थे, कि उनको बुबालाई अर्की बिहे गर्नवाट रोक्नको निम्ती के चै गर्नुपर्ला भनेर । उनले अव के गरेर, कहां गयर र कस्लाई भनेर त्यो कुरा रोक्ने भनेर सोचिरहन्थे तर दु:खको कुरा उनले कुनै उपाए, कुनै वाटो देख्दैनन् ।कारण आफूलाई मान्न सिकाइराखेका भगवान भन्नेहरुलाई पुकारौ भनै उनीहरु आफै दुई र सो भन्दा बढी विहे गर्नेहरु, कृष्ण, बिष्णु सबै त्यस्तै त्यस्तै थिए। अरु कुनै आफन्तहरुलाई गुहार्नलाइपनि उनीहरु त्यही कृष्ण र बिष्णुलाई भगवान भनेर मान्नेहरु भएकाले उनीहरुकोलागि लोग्नेमान्छेले दोस्रो विहे गर्नु भनेको जायजनै थियो । त्यतिखेर सानी केटीलाई चारैतिर अन्धकार भएको अनुभव हुन्थ्यो ! उनले सबैतिरबाट भय, त्रास, डर अनि निराशाका कुराहरुमात्र देख्ने भयो
त्यतिखेर सानी केटीपनि बेलाबेलाम विरामी हुने गर्दथ्यो, शायद उच्च ज्वरो आएको कारणलेनै होला उनी बेहोस् हुने गर्थिन, तर उनकी आमाले भूत लागेको भनेर सानी केटीलाई संचो नहुने र वेहोस हुने भयपछि उपचारको रुपमा रातो अछेता रातो धूप बाल्ने गर्थिन । यस्तै क्रम चलिरहेको अवस्थामा उनीहरुको आफू बसेको शहरमा कतिजना इशाईहरुसंग चिनजान हुन्छ । अनि ती इशाईहरुले त्यो सानी केटीको विमारीको वारेमा थाहा पाएपछि उनकी आमालाई, नानीलाई विमारी हुदा त्यसरी भूत पन्छाउने काम गर्नु हुदैन वरु नानीलाई येशू प्रभुको हातमा सुम्पिनु पर्दछ भनेर सिकाए र त्यसपछि सानी केटीकी आमाले उनलाई त्यसै गरिन त्यसपछि अचम्मको कुरा भयो की, उनकी आमाले सानी केटीलाई येशू प्रभुको हातमा सुम्पेपछि उनलाई पछि त्यस्तो खालको विमारी लागेन । त्यसपछि ती इशाईहरुले उनकी आमाको बाजोपनको कुरा र त्यसले उब्जाएको समस्याको वारेमापनि थाहा पाएपछि ती इशाईहरुले उनकी आमालाई “तपाइको अर्को नानी जन्मियोस भनेर हामी येशू प्रभुसंग प्रार्थना गरिदिन्छौ” भने र त्यस्कोलागि निरन्तर प्रार्थना भयो।पछि उहांहरुकै सल्लाहमा त्यहांको एक मेशिनरी अस्पटालमा उनकी आमाको बांजीपनको उपचार गर्ने क्रममा उनकी आमाको पाठेघरको ठूलो अप्रेशनपनि भयो, अप्रेशन गर्ने क्रममा उनकी आमाको मृत्यु हुने धैरै ठूलो सम्भावना थियो । त्यतिखेर त्यहांका डाक्टर नर्सहरु प्राय इशाईहरु थिए। उहांहरुको निरन्तर प्रार्थना र अठक प्रयासले उनकी आमाको पाठेघरको अप्रेशन सफल भयो त्यसपछि केही समयपछि त्यो सानी केटीकी आमाले एकजना अर्की छोरी र दुइजना छोराहरु जन्माउन सफल भइन्। त्यसपछि त्यो सानी केटीले इशाई विश्वास, इशाई जीवन र उनीहरुको समाजको बारेमा बढी जान्ने इच्छा राख्न थालिन । त्यसको बारेमा अध्ययन गर्ने क्रममा उनले इशाईहरुले मान्ने परमेश्व येशू प्रभुमा शैतानमाथि विजयी छ, उनीहरुलाई भूट प्रेत लाग्दैन। कसैले तिनीहरुलाई जादुटूना गरिहालेपनि त्यसले छुन्दैन भनेर थाहा गरे। त्यस्तै इशाई धर्ममा, केटा अनि केटी दुबैले आफ्नो श्रीमान अथवा श्रीमति बांचेसम्म कुनै पनि हालतमा दोस्रो विहे गर्नुहुदैन, अनि उनीहरुको बीचमा गरीव र सानो जातको भनेर हेला गरिंदैन, उल्टो इशाईहरु त्यस्ताहरुलाई सहायता र प्रेम गर्छन् भनेर उनले थाहापाए । त्यसपछि बेला बेलामा ती सानी केटीको घरमा उनीहरु विरामी पर्दा इशाईहरु आएर प्रार्थना गरिदिन्थे ।त्यपछि तुरुन्तै निको भइहाल्ने हुन्थ्यो । अनि उनले थाहा गरिन कि येशू प्रभु जिउंदो र कत्ति दयालु अनि भलो हुनूहुन्छ भनेर । तर यी सबै कुरा भइसकेको बावजूद पनि त्यो सानी केटीलाई आफूपनि इशाई बन्न सकिन्छ भनेर थाहा थिएन । कारण उनलाई र उनको आमालाई कुनै इशाईहरुले तिमीहरुपनि इशाई बन र बन्न सक्छन् भनेर भनेका थिएनन् ।त्यसैलेनै यी सबै कुराहरु भइसकेर पनि त्यो सानी केटी र उनकी आमा कट्टर हिन्दूनै भयर जीरहेका थिए। यसरिनै दिन बित्दै जाने क्रममा सानी केटी हुर्किदै जवान भएपछि उनको एक सम्पन्न अनि कट्टर हिन्दू परिवारमानै विहे हुन्छ । उनको दुइजना छोरा पनि भइसकेका थिए। तर उनको हृदयमा एककिसिमको रीत्तोपना थियो । उनलाई हिन्दू धर्मले दिएको व्यवस्थामा जिउने समाजमा आफ्नो कुनै शुनिस्चित भविष्य छ जस्तो लाग्दैनथ्यो । यस्तै क्रममा एक दिन उनको तीन वर्षको सानो छोरा नराम्रोसंग विमारी भयो । उनको छोरा पूरै बेहोस् भएको थियो त्यतिखेर उनको श्रीमानको दाजुभाइहरु छुटी सकेकाथिए। उनको श्रीमान व्यवसायको सिलसिलामा धेरैजसो शहर बाहिर बस्नु पर्ने भएकोले घरमा नीजी गाडी राख्ने गरेको थिएन। त्यतिखेर उनको छोरालाई राती अस्पटाल लैजानकोलागि उनको श्रीमानको नजिकको एकजना आफन्तलाई गाडी ल्याइदिन अनुरोध गरेकोथियो, तर गाडी आइपुग्दा तिनघण्टा भैसकेको थियो । फेरी गाडी लियर आउने आफन्तको अनुहार साह्रैनै क्रोधित देखिन्थ्यो । त्यतिञ्जेल उनको छोरा बेहोस भयकोपनि तिन घण्टा भइसकेको थियो, र नानीलालाई अस्पटाल पुर्याएतापनि नानी रातभरिनै अचेत अवस्थामा थियो। डाक्टरहरुले रोग पता लगाउन सकिरहेका थिएनन् । पछि नानीको होस आयपछि वेदमा सारीसकेपछि पनि त्यहा काम गर्ने नर्सहरुको व्यवहारहरुपनि अत्तिनै नीर्दयी पाराको थियो ! यी सबै कुराहरुले गर्दा उनलाई आफनो जीवन एककिसिमले निरथक लागिसकेको थियो। यस्तै क्रममा अस्पटालमै रहंदा एकदिन बिहानीपख विरामीको कोठाबाहिर हिड्दै गर्दा उनको अचानक सानी बेलामा आफ्नो शहरको मेशिनरी अस्पटालमा काम गर्नुहुने स्वीडेनको येशू प्रभुको नाउमा विहे नगरी बस्नुहुने एक इशाई नर्ससंग भेट हुन्छ । उनीचै ठुली भैसकेकीले नर्सले उनलाई चिन्नसकेकी हुदैन तर त्यो पहिलेकी सानी केटी पछि ठुली भैसकेकीलेनै उहांलाई आफू सानी छंदाखेरिको केही कुरा बटाएर आफुलाई चिनाउने कामहरु गर्छिन् । त्यसपछि पहिलेको सानी केटीलाई देखेर उहांपनि खुशी हुन्छिन र उनको श्रीमानकहां गयर आफूले पहिलेको सानी केटी अनि त्यतिखेर भर्खर भेटेकी अनि उनको नाम लिएर म उनलाई अर्थात तपाइको श्रीमतिलाई चिन्छु भन्न जान्छे । त्यो कुराले त्यो पहिलेकि सानी केटीबाट ठुली भएकीको जीवनमा ठूलो परिवर्तन ल्याइदिन्छ। त्यतिखेर उनले पहिलेदेखिको आफूले इशाई धर्म र हिन्दू धर्मको वीचमा देखका कुराहरुको भिन्नता (फरक) लाई याद गर्छे त्यसपछि संधैभरिको लागि इशाई बन्ने निर्णय गरी उनले पहिले चिनेकी एकजना नेपाली इशाई दिदीलाई बोलाई पठाउंछिन् र उहांबाट येशू प्रभुको बारेमा थप कुराहरु सिकेर उहां जानुहुने चर्चमा गयर सधैकोलागि आफ्नो इशाई जीवनको शुरुवाट गर्छिन । यसरी प्रभु येशूले उनको अनिश्चित भविष्य लिएर जिइरहेको अन्योलताको जीवनलाई सार्थक बनाइदिनुहुन्छ।
पछि इशाई बनेपछि उनले प्रभुमा आफुले सकेको प्रभुको सेवाकाई गर्दै पहिले भाइ बहिनी जन्मेपछि छुटेको पढाई पनि पूरो गरिन्। साथै आफू प्रभुमा बढ्ने क्रममा आफ्ना दुइ छोराहरु, आफ्ना भाइ बहिनीहरु आमा र बुबालाइपनि संधै येशू प्रभुभानै डोहर्याउन निरन्तर प्रयास गर्ने भइन्।
उनले इशाई जीवनमा अघि बढ्नकोलागि भेटाएकी चर्च र त्यहाका असल अगुवाजनहरुको, अनि खास गरी परमेश्वरको सहायताले उनले परमेस्वरमा डोहर्याएर ल्याएकाहरु सबै परमेश्वरका असल सेवकहरु बने । अनि धेरैका प्रार्थनाको प्रतिफलको रुपमा पछिबाट उनकी श्रीमानपनि परमेश्वरमा जन्मिनुभयको र यी सबै कुराले उनको जीवन साच्चैनै सफल भएको कुरा उनी महसूस गर्छिन्। यसरी
सोह्र सत्र वर्ष अघि। परमेश्वरले उनी, उन्की आमा र उनका भाइहरुद्वारा एक नयां चर्च स्थापना गरी परमेश्वरले उनीहलाई त्यही चर्चमा सेवाकाई गर्ने मौका दिनुभएको र उनकी बहिनी पास्टरकी श्रीमति भएकिले आफ्नो श्रीमानको सेवाकाइमा सक्रिय रुपमा सहायता गर्ने गरेकी पनि उनी वटाउंछिन् !
हाम्रो परमेश्वर साच्चो सृष्टिकर्ता र असल हुनुहुन्छ उहांको संधै स्तुती भइरहोस् हल्लेलुया !!!
- अधिवक्ता रामेश्वरी जोशी
( “यो सत्य कथा अधिवक्ता रामेश्वरी जोशीको जीवन साक्षीको वारेमा हो ।”)
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
रोमन क्याथोलिक मण्डलीको इतिहास र सिद्धान्त
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
सरीता थापाको छोटो चिनारी ।
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
मार्टिन लुथरको जीवनी
ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?







