single page header banner

आत्मिक अगुवापन – १

admin admin
शुक्रबार, जेठ 7, 2082
Social buttons loaded
समाचार सारांश
  • मुकेश तामाङ अगुवापन या अगुवा भनेको को हो ?
  • सामान्यतया वेवस्टर डिक्सनरीका अनुसार एउटा आधिकारिक क्षेत्रमा या प्रभावमा भएको व्यक्तिलाइ अगुवा भन्न सकिन्छ ।
  • मुकेश तामाङ

अगुवापन या अगुवा भनेको को हो ?
सामान्यतया वेवस्टर डिक्सनरीका अनुसार एउटा आधिकारिक क्षेत्रमा या प्रभावमा भएको व्यक्तिलाइ अगुवा भन्न सकिन्छ । अथवा कोही सँग स्थान छ, अधिकार छ अथवा कोही सँग स्वाभावीक क्षमता छ, गुण छ र वरदान छ भने उसलाइ अगुवा भन्न सकीन्छ तर अगुवापन माथिका कुराहरुमा मात्र सीमीत छैन । कहीलेकाहीँ यी कुराहरुले स्वाभाविक रुपमा अगुवा वनाउन सक्छ तर प्रभावको लागी हामी सँग चरित्र हुनै पर्छ । प्रभावको निम्ति चरित्र संलग्न हुन्छ । यसकारण बाइबलीय अगुवापन अथवा आत्मिक अगुवापनलाई प्रभाव भनेर भन्न सक्छौँ तर येशू ख्रीष्टको जस्तै चरित्र बनाएर पार्ने प्रभाव हो।


अगुवापन प्रभाव हो
हामीले मानिसलाई कसरी प्रभाव पार्दैछौँ ? यो एकदमै धेरै महत्वपुर्ण कुरा हो । अहिले मीडीयाको जमाना छ र मानिसहरुले यस मार्फत धेरै तरिकाले प्रभाव पार्न चाहान्छन । उनिहरु आँफुलाई पछ्याउने व्यक्तिहरु धेरै बनाउन चाहन्छन । सामाजिक सञ्जालको मञ्च होस या वोलेर होस । धेरै जना आए र गए तर सवै भन्दा धेरै प्रभाव पार्ने व्यक्तिको रुपमा हामी हेर्छौँ भने उहाँ येशु ख्रिष्ट हुनुहुन्छ । उहाँले वाह्र जना मान्छेवाट सुरु गर्नुभएको थियो । तर उहाँले अर्वौँ मानीसहरुलाइ आज पनि प्रभाव पारिराख्नुभएको छ । येशु्ले यस्तो खालको अगुवापनको रणनितीलाई प्रयोग गर्नुभयो की आज पनि मानिसहरुलाइ प्रभाव पारिराख्नुभएको छ । यसकारण साँचो अगुवापन भनेको तपाईँले आफुलाई पछ्याउने मानीसहरुलाई ल्याउन सक्ने क्षमता पनि हो । यो तपाइको क्षमता र प्रभावकारिताको परिणाम हो । यदि तपार्इँलाइ भरोसा गर्न सक्यो भने मानिसहरुले तपाईँको अगुवापनलाई पनि पछ्याउनेछन् । यदि तपाईले मानिसहरुलाईं निर्देशन दिन सक्नु भयो भने उनीहरुले तपाईलाई पछ्याउँछन । यसकारण हामीले आँफुले आँफैलाइ प्रश्न सोध्न जरुरी छ के मानीसहरुले हामीलाई भरोसा गर्न सक्छन त ? के हामी भरोसा गर्न योग्यका छौ ? हामीले आत्मा प्राण र शरिरमा प्रभाव पार्दैछौँ ? मुखले मात्र प्रभाव पार्दै छौँ कि व्यवहारले पनि पार्दै छौँ ? यो निकै महत्वपुर्ण क्ुरा हो । अगुवापन प्रभाव हो तर प्रभाव के ले पार्दैछौँ । अगुवापन प्रभाव हो तर प्रभाव कसरी पार्दैछौँ । अगुवापन प्रभाव हो तर प्रभाव के मा पार्दैछौँ । यो महत्वपुर्ण छ ।


अगुवा हुनको निम्ति या अगुवापनको लागी चाहीने केही महत्वपुर्ण कुराहरु
अरुलाई अगुवाई गर्नु अघि हामीले आँफुले आँफैलाई अगुवाइ गर्न सिक्नु पर्छ । यसको लागी चरित्र र अनुशासनको आवश्यक्ता पर्छ । जति धेरै हामी चरित्र र अनुशासनको विकाश गर्दै जान्छौँ त्यति धेरै हामी आफैलाई अगुवाई गर्न सक्छौँ । सर्वप्रथम आफ्नो जीवनको अगुवा तपाईँ आफै हुनुपर्छ । म आत्मा हुँ, म सँग प्राण छ र म शरीरमा वास गर्छु । मेरो आत्मा जो म नयाँ श्रृष्टि वनाइएको छु । मेरो आत्मा जो म धर्मी हुँ । मेरो आत्माले मेरो प्राण र शरिरलाई डोर्याउन धेरै महत्वपुर्ण छ । मैले वचन मनन गरेर आँफैलाइ डोर्याइन वा आफ्नो शरिरलाई जीउँदो वलीको रुपमा अर्पण गर्न सकिन भने वा मैले आँफैलाई अगुवाई गर्न सकिन भने अरुलाई अगुवाई गर्न असमर्थ हु्नेछु । त्यही भएर पहिले आफुलाई अगुवाई गर्न सिक्नु पर्छ । तपाईले परमेश्वरलाई कति धेरै पछ्याउँदै हुनुहुन्छ ? परमेश्वरको आवाजलाई कति धेरै सुन्दै हुनुहुन्छ ? कति धेरै तपाई वहाँ द्धारा निर्देशित हुनुहुन्छ ? यो कुराले तपाईँको अगुवापनलाई एकदमै धेरै प्रभाव पार्नेछ ।
अगुवापनको लागी अर्को प्रारम्भिक कुरा ः हामीले अरु सँग प्रभावकारितामा काम गर्न सिक्नुपर्छ । हामी समुहको खेलाडी वन्न सिक्नुपर्छ । त्यसैले तपाईँ अगुवा हुनु र अगुवापन गर्र्नु अघी अरु सँग कसरी घुलमील हुन सक्नुहुन्छ, कसरी प्रभावकारी ढंगमा अरुसँग काम गर्न सक्नुहुन्छ त्यो सिक्न जरुरी छ । त्यसपछी अन्तमा हामीले पछ्याउने व्यक्तिलाई अगुवा हुनमा परिणत गर्न सक्दछौँ ।

अगुवाई गर्नको निम्ति चाहीने गुणहरु
१. क्षमता – (स्वाभाविक गुणहरु पनि हुन सक्छन्, तपाईँले विकाश गर्नु भएको सिपहरु पनि हुन सक्छन्, । तपाईलाई अगुवाइ गर्नको निम्ति क्षमता चाहीन्छ ।
२. दर्शण – सपना वा तपाइँको हृदयको इच्छा जसद्धारा तपाईँ अरुको सेवा गर्न चाहानु्हुन्छ । अरुको वृद्धि गर्न चाहानुहुन्छ ।
३. मुल्य मान्यता – यसैले नै हामीलाई सँसार देखी फरक बनाउछ । यसैले नै एउटा स्वाभाविक अगुवा र आत्मिक अगुवा विचको फरक छुट्टयाउँछ । तपाइँको म्ुल्य मान्यता हुन एकदम महत्वपुर्ण छ ।
(२ तिमोथी २ः१५) ’शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर ।, यदि म अगुवाई गर्दै छु भने म आँफैनै शर्माउन नपर्ने कामदारको रुपमा तयारीको समय भएर जानै पर्छ । जव हामी दाऊद यहोशु वा अन्य कुनै पनि बाइबलीय अगुवाहरुलाई हेर्दछौँ भने उनीहरु एकै दिनमा अगुवा भएनन् तर एउटा प्रक्रिया हुदै उनीहरु अगुवा हुनको निम्ति दिनदिनै अघि बढ्नु पर्यो । उनीहरुले आफुले आँफैलाइ अगुवा बनाउन भरमग्दुर प्रयत्न गर्नुपर्यो । उनीहरुले काम गरे, मेहनत गरे, लगनशील भए र पछि गएर उनीहरु अगुवा बने ।
एक पटक सगरमाथा क्षेत्रमा एकजना प्रख्यात विदेशीले स्थानीय व्यक्ति सँग सोध्नुभयो की यहाँ कोही प्रख्यात मान्छे जन्मेको छ ? अनि उहाँले उत्तर दिनुभयो हैन हाम्रो यहाँ त सवै वच्चामात्र जन्मिन्छन् ।
यसको मतलव कोही पनि एकै दिन अगुवा वन्दैन । केही स्वाभावीक गुणाहरु हुन सक्छन तर एकैदिनमा हामी अगुवा हुँदैनौँ । एउटा लामो प्रक्रिया भएर हामी जानु पर्ने हु्न्छ । हामीले सिक्नृु पर्ने हुन्छ । हरेक दीन हामीले छनौट गर्नु पर्ने हुन्छ । हरेक दिन हामीले निर्णय गर्नु पर्ने हुन्छ । जसले तपाई कति उच्च अगुवा हुने कति प्रभावकारी अगुवा हुने निर्धारण गर्दछ । त्यसकारण तपाई शर्माउन नपर्ने, सत्यको वचनलाई ठिक सँग प्रयोग गर्ने कामदार बन्नुहोस् ।

अगुवाई गर्नको निम्ति परमेश्वरले बोलावट पनि दिनुहुन्छ । मानिसहरुलाई अगुवाको खाँचो छ । न्यायकर्ताको पुस्तकमा हामीले हेर्यौ भने त्यहाँ मानिसहरुले राजा खोजे, उनीहरुले हामीहरुलाई राजा चाहियो भने । हामी माथि कोही न्यायकर्ता आओस्, कोही राजा आओस्, कोही शासनकर्ता आओस् हामीलाई अगुवाई गर्ने व्यक्ति आओस् भने, यो मानिसहरुको चाहाना हो र परमेश्वरलाई पनि अगुवाको आवश्यक्ता छ । जस्तो मोशा एउटा अगुवा भए, यहोशु , गिदोन, एस्तर अगुवा भए र उनीहरु परमेश्वरको महान अगुवा भएर मानिसहरुलाई डोर्याए । अब डोर्याउने पालो तपाई र मेरो हो । पावलले यो अगुवाई गर्ने कामलाई उत्कृष्ट काम भन्नुहुन्छ । (१ तिमोथि ३ः१) यहाँ विशपको अर्थ रेखदेख गर्ने व्यक्ति अथवा अगुवाई गर्ने व्यक्ति भन्ने हुन्छ। यदि कसैले अगुवाई गर्न चाहान्छ, कसैलाई हुर्काउन वा रेखदेख गर्न चाहान्छ भने त्यो असल चाहाना गरेको छ भनेर पावलले यहाँ भन्नुहुन्छ ।

सवैजनालाई परमेश्वरले वोलावट दिनुभएको छ । र जुन पञ्चसेवाकाई छ त्यो चाहीँ यी नै वोलावटहरुलाई हुर्काउनको निम्ति हो । ( एफीसी ४ः११,१२ ) आवश्यक्तालाई देख्नु वोलावट हैन । तर कति पल्ट आवश्यक्ताले तपाईलाई वोलावटमा पुर्याउन सक्छ । ( हिव्रु ३ः१,२) यसरी उहाँले नै तपाईलाईं वोलाउनुहुन्छ , उहाँले नै वोलावट दिनृुहुन्छ, र उहाँले नै तपाईँलाई वोलावट पुरा गर्ने चाहाना दिनुहुन्छ । अनि जसै हामी विश्वासयोग्य हुन्छौैँ, यो हुर्कँदै र वढ्दै जान्छ । यहोशु एउटा सहायताको सेवकको रुपमा मोशा प्रति विश्वासयोग्य भए उनि एकै दिनमा अगुवा बनेनन् । सर्वप्रथम सवै जना नानी नै भएर जन्मन्छन्, येशू ख्रीष्ट पनि नानी नै भएर जन्मनुभयो त्यस पछि मात्र अगुवाको रुपमा उहाँ हुर्कँदै जानुभयो । जसै हामी साना साना कुराहरु र हामीलाई दिईएको जिम्मेवारीमा विश्वासयोग्य हँुदै जान्छौँ त्यो विश्वासयोग्यताले, हामी माथि भएको अभिषेकले हामीलाई वोलावटमा हुर्काउँदै लान्छ । (१युहन्ना २ः२७) मा लेखे अनुसार, हामीमा भएको अभिषेकले हामीलाई सिकाउनेछ ,डोर्याउनेछ । यसको अर्थ हामीलाई शिक्षक चाहीँदैन भनेको हैन । तर तपाईँमा भएको अभिषेकले तपाईलाई डोर्याउने काम गर्दछ ।

विश्वासयोग्यता हुर्किनको निम्ति साँचो हो ।
यदि म अगुवाको रुपमा अर्को तहमा जान चाहान्छु भने , हामी जहाँ छौँ त्यहाँ विश्वासयोग्य हुनै पर्छ । जब हामी सानो कुरामा विश्वासयोग्य हुन्छौँ तब मात्र उहाँले हामीलाई ठूलो धन दिनुहुन्छ अथवा ठूलो ठाउँमा लानुहुन्छ । त्यसपछि मात्र पदोन्नति हुन्छ । जहाँ हुनुहुन्छ, जहाँ उहाँले लानुहुन्छ, जति मानिस तपाईँले पाउनुभएको छ, त्यतिमा विश्वासयोग्य हुनुहोस् । जब वप्तिस्मा दिने युहन्नाको चेलाहरू, उनलाई छोडेर येशुको चेला हुन गइरहेको थिय तब केहि चेलाहरूले युहन्नालाई प्रश्न गरेर भने सबैले तपाईलाई छोडेर जाँदै छन् अब के गर्ने होला । तर उहाँले उत्तर दिनुभयो मलाइ उहाँले (परमेश्वरले) जति दिनुहुन्छ त्यति नै मेरो हो । म घट्नुमा नै ठीक छ र उहाँ बढ्नु महत्वपुर्ण छ । तपाईको प्रभावकारीता अनुसार र तपाईले जिम्मा लिन सक्ने अनुसार मात्र परमेश्‍वरले तपाईकोमा मानिसहरु ल्याउनुहुन्छ । तर तपाई जति अगुवाको रुपमा तयार हुँदै जानुहुन्छ, हुर्कँदै जानुहुन्छ, वढ्दै जानुहुन्छ, त्यति धेरै प्रभाव द्वारा मानिसहरु तपाईकोमा आउनेछन् हुर्किनु होस्, विश्वासयोग्य हुनुृहोस । (१ थेसलोनिकी ५ः२४) अनुसार हामी आफैलाई विकाश गर्नको निम्ति लगनशील हुनै पर्छ । अरुलाई अगुवाई गर्न अघि आफुलाई अगुवाई गर्नु महत्वपुर्ण छ र यो तपाई हाम्रो हातमा छ । हामी दिन वा दीन अगुवा बन्दै जान्छौँ तर यसको लागी तपाईले छनौट गर्नुपर्छ र निर्णय गर्नुपर्छ । उदाहरणको लागि जस्तो तपाईलाई विहानै प्रार्थना गर्न मन लाग्यो तर शरिरलाई सुत्न मन लागिरहेको हुन्छ । अब तपाईले निर्णय गर्नु पर्छ र शरिरलाई उठ्न र प्रार्थना गर्नको लागी आदेश दिनुपर्छ अनि मात्र तपाई प्रार्थनामा हुर्कनुहुन्छ । त्यसकारण लगनशील भएर, इमान्दार भएर आफुलाई अनुशासित बनाएर दिनदिनै तपाई विहानै प्रार्थना गर्नुहुन्छ भने तपाईको प्रार्थनाको समय एकदमै मिठो हुँदै जान्छ । तपाईको प्रार्थनाको समय तन्किँदै जान्छ र तपाई वलियो बन्दै जानुहुन्छ । यसकारण आफैलाई विकाश गर्ने कुरामा मेहनती हुनुहोस् ।
(२ पत्रुस १ः१०) ’यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्नेछैनौ । यो पदले भनेको जस्तै जोसिलो हुनुहोस् । आफ्नो शरीरलाई जिउदो बलिको रुपमा अर्पण गर्नुहोस् । तपाई आफ्नै निम्ति पहिला अगुवा बन्नुहोस् । मलाई महसुस भएपछि मात्र गर्छु भनेर नभन्नुहोस् । कसैबाट प्रेरणा आउछ कि भनेर नकुर्नुहोस्, गरि हाल्नुहोस्, उठ्नुहोस्, जाग्नुहोस र अगुवाई गर्नु थाल्नुहोस् किनकी यहि विशेष समयको लागि प्रभुले तपाईलाई चुन्नु भएको छ।

दाउदले हे मेरो प्राण परमप्रभुको प्रशंसा गर भन्थे, आफैलाई उत्साह दिन्थे । । दाउद एकै दिन राजा भएनन् । उनी शमूएलले अगमवाणी गर्ने वित्तिकै राजा भएनन् । उनी लामो प्रक्रिया भएर जानुपर्यो । शावल राजाले लखेट्दै गर्दा पनि उनले आफुलाई विकाश गरे । सुरुवातमा दाउद गोठालो थिए त्यसमा उनले लगनशील भएर काम गरे, मेहनत गरे । अरु कसैले देखेको थिएन । पटक पटक भालु र सिंहहरू आएर उनको भेडाहरूलाई झम्टिन्थ्यो, खाने कोशिष गथ्र्यो त्यस्तो वेला पनि दाउदले आफ्नो ज्यानलाई वास्ता नगरेर आफ्ना भेडाहरूलाई बचाउने गर्थे । जव फेरी ती सिंह र भालुहरू फर्केर आउँथे उनले तिनीहरुको रौँ लुछी लुछी मार्ने काम गर्थे । (१ शमूएल १७ः३४–३६)

यसरी उनी सदा विश्वासयोग्य भए र आफुलाई तयार पार्नको लागी सदा तत्पर रहे । त्यस पछि उनि योद्धा भए । त्यो समयमा उनले लडाइ लडे । उनि पुर्ण रुपमा परमप्रभुमा भर परे । उनले गोल्यतलाई त्यत्तिकै जितेनन् । जब उनले गोल्यतलाई मार्दै थिए त्यो समय एकदम धेरै परमेश्वरमा भर परे । (१ शमूएल १७ः३२–५०)
उनलाई थहाँ थियो कि उनको महान अगुवा स्वंयम परमेश्वर हुनुहुन्छ । उनको गोठालो परमप्रभुनै हुनुहुन्छ । (भजनसंग्रह २३)

त्यसपछि उनी योद्धाहरूका अगुवा बने । उनले निराशामा परेका, ऋणमा परेका, थकित भएका ४०० मानिसहरुलाई डोर्याएर आँफुजस्तै बनाए । (१ शमूएल २२ः२)

अन्त्यमा त्यस पछि मात्र उनी राजा बने । यो एकै दिनमा भएन । उनले निरन्तर रुपमा आफ्नो विकाश गर्ने काम गरे । विकासको त्यो प्रक्रियामा उनले प्रभु सँग समय बिताए । वचनलाई मनन गरे । तपाई र म पनि महान अगुवा हुनको निम्ति दाऊद जस्तै तयारीको समय भएर जानुनै पर्छ । आउनुहोस् हामी पनि येशू जस्तै महान अगुवा हुने छनोट गरौ र अगुवापन, साचो नेतृत्व गर्नु भनेको के हो संसारलाई देखाऔ ।

लेखक पा. मुकेश तामाङ डुनामीस इन्टरनेशननलका क्षेत्रीय निर्देशक हुनुहुन्छ ।

क्रमश… हामी अगुवापनको यो पाठलाई निरन्तरता दिनेछौ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम