single page header banner

आत्मिक अगुवापन – १

admin admin
शुक्रबार, जेठ 7, 2082
Social buttons loaded
समाचार सारांश
  • मुकेश तामाङ अगुवापन या अगुवा भनेको को हो ?
  • सामान्यतया वेवस्टर डिक्सनरीका अनुसार एउटा आधिकारिक क्षेत्रमा या प्रभावमा भएको व्यक्तिलाइ अगुवा भन्न सकिन्छ ।
  • मुकेश तामाङ

अगुवापन या अगुवा भनेको को हो ?
सामान्यतया वेवस्टर डिक्सनरीका अनुसार एउटा आधिकारिक क्षेत्रमा या प्रभावमा भएको व्यक्तिलाइ अगुवा भन्न सकिन्छ । अथवा कोही सँग स्थान छ, अधिकार छ अथवा कोही सँग स्वाभावीक क्षमता छ, गुण छ र वरदान छ भने उसलाइ अगुवा भन्न सकीन्छ तर अगुवापन माथिका कुराहरुमा मात्र सीमीत छैन । कहीलेकाहीँ यी कुराहरुले स्वाभाविक रुपमा अगुवा वनाउन सक्छ तर प्रभावको लागी हामी सँग चरित्र हुनै पर्छ । प्रभावको निम्ति चरित्र संलग्न हुन्छ । यसकारण बाइबलीय अगुवापन अथवा आत्मिक अगुवापनलाई प्रभाव भनेर भन्न सक्छौँ तर येशू ख्रीष्टको जस्तै चरित्र बनाएर पार्ने प्रभाव हो।


अगुवापन प्रभाव हो
हामीले मानिसलाई कसरी प्रभाव पार्दैछौँ ? यो एकदमै धेरै महत्वपुर्ण कुरा हो । अहिले मीडीयाको जमाना छ र मानिसहरुले यस मार्फत धेरै तरिकाले प्रभाव पार्न चाहान्छन । उनिहरु आँफुलाई पछ्याउने व्यक्तिहरु धेरै बनाउन चाहन्छन । सामाजिक सञ्जालको मञ्च होस या वोलेर होस । धेरै जना आए र गए तर सवै भन्दा धेरै प्रभाव पार्ने व्यक्तिको रुपमा हामी हेर्छौँ भने उहाँ येशु ख्रिष्ट हुनुहुन्छ । उहाँले वाह्र जना मान्छेवाट सुरु गर्नुभएको थियो । तर उहाँले अर्वौँ मानीसहरुलाइ आज पनि प्रभाव पारिराख्नुभएको छ । येशु्ले यस्तो खालको अगुवापनको रणनितीलाई प्रयोग गर्नुभयो की आज पनि मानिसहरुलाइ प्रभाव पारिराख्नुभएको छ । यसकारण साँचो अगुवापन भनेको तपाईँले आफुलाई पछ्याउने मानीसहरुलाई ल्याउन सक्ने क्षमता पनि हो । यो तपाइको क्षमता र प्रभावकारिताको परिणाम हो । यदि तपार्इँलाइ भरोसा गर्न सक्यो भने मानिसहरुले तपाईँको अगुवापनलाई पनि पछ्याउनेछन् । यदि तपाईले मानिसहरुलाईं निर्देशन दिन सक्नु भयो भने उनीहरुले तपाईलाई पछ्याउँछन । यसकारण हामीले आँफुले आँफैलाइ प्रश्न सोध्न जरुरी छ के मानीसहरुले हामीलाई भरोसा गर्न सक्छन त ? के हामी भरोसा गर्न योग्यका छौ ? हामीले आत्मा प्राण र शरिरमा प्रभाव पार्दैछौँ ? मुखले मात्र प्रभाव पार्दै छौँ कि व्यवहारले पनि पार्दै छौँ ? यो निकै महत्वपुर्ण क्ुरा हो । अगुवापन प्रभाव हो तर प्रभाव के ले पार्दैछौँ । अगुवापन प्रभाव हो तर प्रभाव कसरी पार्दैछौँ । अगुवापन प्रभाव हो तर प्रभाव के मा पार्दैछौँ । यो महत्वपुर्ण छ ।


अगुवा हुनको निम्ति या अगुवापनको लागी चाहीने केही महत्वपुर्ण कुराहरु
अरुलाई अगुवाई गर्नु अघि हामीले आँफुले आँफैलाई अगुवाइ गर्न सिक्नु पर्छ । यसको लागी चरित्र र अनुशासनको आवश्यक्ता पर्छ । जति धेरै हामी चरित्र र अनुशासनको विकाश गर्दै जान्छौँ त्यति धेरै हामी आफैलाई अगुवाई गर्न सक्छौँ । सर्वप्रथम आफ्नो जीवनको अगुवा तपाईँ आफै हुनुपर्छ । म आत्मा हुँ, म सँग प्राण छ र म शरीरमा वास गर्छु । मेरो आत्मा जो म नयाँ श्रृष्टि वनाइएको छु । मेरो आत्मा जो म धर्मी हुँ । मेरो आत्माले मेरो प्राण र शरिरलाई डोर्याउन धेरै महत्वपुर्ण छ । मैले वचन मनन गरेर आँफैलाइ डोर्याइन वा आफ्नो शरिरलाई जीउँदो वलीको रुपमा अर्पण गर्न सकिन भने वा मैले आँफैलाई अगुवाई गर्न सकिन भने अरुलाई अगुवाई गर्न असमर्थ हु्नेछु । त्यही भएर पहिले आफुलाई अगुवाई गर्न सिक्नु पर्छ । तपाईले परमेश्वरलाई कति धेरै पछ्याउँदै हुनुहुन्छ ? परमेश्वरको आवाजलाई कति धेरै सुन्दै हुनुहुन्छ ? कति धेरै तपाई वहाँ द्धारा निर्देशित हुनुहुन्छ ? यो कुराले तपाईँको अगुवापनलाई एकदमै धेरै प्रभाव पार्नेछ ।
अगुवापनको लागी अर्को प्रारम्भिक कुरा ः हामीले अरु सँग प्रभावकारितामा काम गर्न सिक्नुपर्छ । हामी समुहको खेलाडी वन्न सिक्नुपर्छ । त्यसैले तपाईँ अगुवा हुनु र अगुवापन गर्र्नु अघी अरु सँग कसरी घुलमील हुन सक्नुहुन्छ, कसरी प्रभावकारी ढंगमा अरुसँग काम गर्न सक्नुहुन्छ त्यो सिक्न जरुरी छ । त्यसपछी अन्तमा हामीले पछ्याउने व्यक्तिलाई अगुवा हुनमा परिणत गर्न सक्दछौँ ।

अगुवाई गर्नको निम्ति चाहीने गुणहरु
१. क्षमता – (स्वाभाविक गुणहरु पनि हुन सक्छन्, तपाईँले विकाश गर्नु भएको सिपहरु पनि हुन सक्छन्, । तपाईलाई अगुवाइ गर्नको निम्ति क्षमता चाहीन्छ ।
२. दर्शण – सपना वा तपाइँको हृदयको इच्छा जसद्धारा तपाईँ अरुको सेवा गर्न चाहानु्हुन्छ । अरुको वृद्धि गर्न चाहानुहुन्छ ।
३. मुल्य मान्यता – यसैले नै हामीलाई सँसार देखी फरक बनाउछ । यसैले नै एउटा स्वाभाविक अगुवा र आत्मिक अगुवा विचको फरक छुट्टयाउँछ । तपाइँको म्ुल्य मान्यता हुन एकदम महत्वपुर्ण छ ।
(२ तिमोथी २ः१५) ’शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर ।, यदि म अगुवाई गर्दै छु भने म आँफैनै शर्माउन नपर्ने कामदारको रुपमा तयारीको समय भएर जानै पर्छ । जव हामी दाऊद यहोशु वा अन्य कुनै पनि बाइबलीय अगुवाहरुलाई हेर्दछौँ भने उनीहरु एकै दिनमा अगुवा भएनन् तर एउटा प्रक्रिया हुदै उनीहरु अगुवा हुनको निम्ति दिनदिनै अघि बढ्नु पर्यो । उनीहरुले आफुले आँफैलाइ अगुवा बनाउन भरमग्दुर प्रयत्न गर्नुपर्यो । उनीहरुले काम गरे, मेहनत गरे, लगनशील भए र पछि गएर उनीहरु अगुवा बने ।
एक पटक सगरमाथा क्षेत्रमा एकजना प्रख्यात विदेशीले स्थानीय व्यक्ति सँग सोध्नुभयो की यहाँ कोही प्रख्यात मान्छे जन्मेको छ ? अनि उहाँले उत्तर दिनुभयो हैन हाम्रो यहाँ त सवै वच्चामात्र जन्मिन्छन् ।
यसको मतलव कोही पनि एकै दिन अगुवा वन्दैन । केही स्वाभावीक गुणाहरु हुन सक्छन तर एकैदिनमा हामी अगुवा हुँदैनौँ । एउटा लामो प्रक्रिया भएर हामी जानु पर्ने हु्न्छ । हामीले सिक्नृु पर्ने हुन्छ । हरेक दीन हामीले छनौट गर्नु पर्ने हुन्छ । हरेक दिन हामीले निर्णय गर्नु पर्ने हुन्छ । जसले तपाई कति उच्च अगुवा हुने कति प्रभावकारी अगुवा हुने निर्धारण गर्दछ । त्यसकारण तपाई शर्माउन नपर्ने, सत्यको वचनलाई ठिक सँग प्रयोग गर्ने कामदार बन्नुहोस् ।

अगुवाई गर्नको निम्ति परमेश्वरले बोलावट पनि दिनुहुन्छ । मानिसहरुलाई अगुवाको खाँचो छ । न्यायकर्ताको पुस्तकमा हामीले हेर्यौ भने त्यहाँ मानिसहरुले राजा खोजे, उनीहरुले हामीहरुलाई राजा चाहियो भने । हामी माथि कोही न्यायकर्ता आओस्, कोही राजा आओस्, कोही शासनकर्ता आओस् हामीलाई अगुवाई गर्ने व्यक्ति आओस् भने, यो मानिसहरुको चाहाना हो र परमेश्वरलाई पनि अगुवाको आवश्यक्ता छ । जस्तो मोशा एउटा अगुवा भए, यहोशु , गिदोन, एस्तर अगुवा भए र उनीहरु परमेश्वरको महान अगुवा भएर मानिसहरुलाई डोर्याए । अब डोर्याउने पालो तपाई र मेरो हो । पावलले यो अगुवाई गर्ने कामलाई उत्कृष्ट काम भन्नुहुन्छ । (१ तिमोथि ३ः१) यहाँ विशपको अर्थ रेखदेख गर्ने व्यक्ति अथवा अगुवाई गर्ने व्यक्ति भन्ने हुन्छ। यदि कसैले अगुवाई गर्न चाहान्छ, कसैलाई हुर्काउन वा रेखदेख गर्न चाहान्छ भने त्यो असल चाहाना गरेको छ भनेर पावलले यहाँ भन्नुहुन्छ ।

सवैजनालाई परमेश्वरले वोलावट दिनुभएको छ । र जुन पञ्चसेवाकाई छ त्यो चाहीँ यी नै वोलावटहरुलाई हुर्काउनको निम्ति हो । ( एफीसी ४ः११,१२ ) आवश्यक्तालाई देख्नु वोलावट हैन । तर कति पल्ट आवश्यक्ताले तपाईलाई वोलावटमा पुर्याउन सक्छ । ( हिव्रु ३ः१,२) यसरी उहाँले नै तपाईलाईं वोलाउनुहुन्छ , उहाँले नै वोलावट दिनृुहुन्छ, र उहाँले नै तपाईँलाई वोलावट पुरा गर्ने चाहाना दिनुहुन्छ । अनि जसै हामी विश्वासयोग्य हुन्छौैँ, यो हुर्कँदै र वढ्दै जान्छ । यहोशु एउटा सहायताको सेवकको रुपमा मोशा प्रति विश्वासयोग्य भए उनि एकै दिनमा अगुवा बनेनन् । सर्वप्रथम सवै जना नानी नै भएर जन्मन्छन्, येशू ख्रीष्ट पनि नानी नै भएर जन्मनुभयो त्यस पछि मात्र अगुवाको रुपमा उहाँ हुर्कँदै जानुभयो । जसै हामी साना साना कुराहरु र हामीलाई दिईएको जिम्मेवारीमा विश्वासयोग्य हँुदै जान्छौँ त्यो विश्वासयोग्यताले, हामी माथि भएको अभिषेकले हामीलाई वोलावटमा हुर्काउँदै लान्छ । (१युहन्ना २ः२७) मा लेखे अनुसार, हामीमा भएको अभिषेकले हामीलाई सिकाउनेछ ,डोर्याउनेछ । यसको अर्थ हामीलाई शिक्षक चाहीँदैन भनेको हैन । तर तपाईँमा भएको अभिषेकले तपाईलाई डोर्याउने काम गर्दछ ।

विश्वासयोग्यता हुर्किनको निम्ति साँचो हो ।
यदि म अगुवाको रुपमा अर्को तहमा जान चाहान्छु भने , हामी जहाँ छौँ त्यहाँ विश्वासयोग्य हुनै पर्छ । जब हामी सानो कुरामा विश्वासयोग्य हुन्छौँ तब मात्र उहाँले हामीलाई ठूलो धन दिनुहुन्छ अथवा ठूलो ठाउँमा लानुहुन्छ । त्यसपछि मात्र पदोन्नति हुन्छ । जहाँ हुनुहुन्छ, जहाँ उहाँले लानुहुन्छ, जति मानिस तपाईँले पाउनुभएको छ, त्यतिमा विश्वासयोग्य हुनुहोस् । जब वप्तिस्मा दिने युहन्नाको चेलाहरू, उनलाई छोडेर येशुको चेला हुन गइरहेको थिय तब केहि चेलाहरूले युहन्नालाई प्रश्न गरेर भने सबैले तपाईलाई छोडेर जाँदै छन् अब के गर्ने होला । तर उहाँले उत्तर दिनुभयो मलाइ उहाँले (परमेश्वरले) जति दिनुहुन्छ त्यति नै मेरो हो । म घट्नुमा नै ठीक छ र उहाँ बढ्नु महत्वपुर्ण छ । तपाईको प्रभावकारीता अनुसार र तपाईले जिम्मा लिन सक्ने अनुसार मात्र परमेश्‍वरले तपाईकोमा मानिसहरु ल्याउनुहुन्छ । तर तपाई जति अगुवाको रुपमा तयार हुँदै जानुहुन्छ, हुर्कँदै जानुहुन्छ, वढ्दै जानुहुन्छ, त्यति धेरै प्रभाव द्वारा मानिसहरु तपाईकोमा आउनेछन् हुर्किनु होस्, विश्वासयोग्य हुनुृहोस । (१ थेसलोनिकी ५ः२४) अनुसार हामी आफैलाई विकाश गर्नको निम्ति लगनशील हुनै पर्छ । अरुलाई अगुवाई गर्न अघि आफुलाई अगुवाई गर्नु महत्वपुर्ण छ र यो तपाई हाम्रो हातमा छ । हामी दिन वा दीन अगुवा बन्दै जान्छौँ तर यसको लागी तपाईले छनौट गर्नुपर्छ र निर्णय गर्नुपर्छ । उदाहरणको लागि जस्तो तपाईलाई विहानै प्रार्थना गर्न मन लाग्यो तर शरिरलाई सुत्न मन लागिरहेको हुन्छ । अब तपाईले निर्णय गर्नु पर्छ र शरिरलाई उठ्न र प्रार्थना गर्नको लागी आदेश दिनुपर्छ अनि मात्र तपाई प्रार्थनामा हुर्कनुहुन्छ । त्यसकारण लगनशील भएर, इमान्दार भएर आफुलाई अनुशासित बनाएर दिनदिनै तपाई विहानै प्रार्थना गर्नुहुन्छ भने तपाईको प्रार्थनाको समय एकदमै मिठो हुँदै जान्छ । तपाईको प्रार्थनाको समय तन्किँदै जान्छ र तपाई वलियो बन्दै जानुहुन्छ । यसकारण आफैलाई विकाश गर्ने कुरामा मेहनती हुनुहोस् ।
(२ पत्रुस १ः१०) ’यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्नेछैनौ । यो पदले भनेको जस्तै जोसिलो हुनुहोस् । आफ्नो शरीरलाई जिउदो बलिको रुपमा अर्पण गर्नुहोस् । तपाई आफ्नै निम्ति पहिला अगुवा बन्नुहोस् । मलाई महसुस भएपछि मात्र गर्छु भनेर नभन्नुहोस् । कसैबाट प्रेरणा आउछ कि भनेर नकुर्नुहोस्, गरि हाल्नुहोस्, उठ्नुहोस्, जाग्नुहोस र अगुवाई गर्नु थाल्नुहोस् किनकी यहि विशेष समयको लागि प्रभुले तपाईलाई चुन्नु भएको छ।

दाउदले हे मेरो प्राण परमप्रभुको प्रशंसा गर भन्थे, आफैलाई उत्साह दिन्थे । । दाउद एकै दिन राजा भएनन् । उनी शमूएलले अगमवाणी गर्ने वित्तिकै राजा भएनन् । उनी लामो प्रक्रिया भएर जानुपर्यो । शावल राजाले लखेट्दै गर्दा पनि उनले आफुलाई विकाश गरे । सुरुवातमा दाउद गोठालो थिए त्यसमा उनले लगनशील भएर काम गरे, मेहनत गरे । अरु कसैले देखेको थिएन । पटक पटक भालु र सिंहहरू आएर उनको भेडाहरूलाई झम्टिन्थ्यो, खाने कोशिष गथ्र्यो त्यस्तो वेला पनि दाउदले आफ्नो ज्यानलाई वास्ता नगरेर आफ्ना भेडाहरूलाई बचाउने गर्थे । जव फेरी ती सिंह र भालुहरू फर्केर आउँथे उनले तिनीहरुको रौँ लुछी लुछी मार्ने काम गर्थे । (१ शमूएल १७ः३४–३६)

यसरी उनी सदा विश्वासयोग्य भए र आफुलाई तयार पार्नको लागी सदा तत्पर रहे । त्यस पछि उनि योद्धा भए । त्यो समयमा उनले लडाइ लडे । उनि पुर्ण रुपमा परमप्रभुमा भर परे । उनले गोल्यतलाई त्यत्तिकै जितेनन् । जब उनले गोल्यतलाई मार्दै थिए त्यो समय एकदम धेरै परमेश्वरमा भर परे । (१ शमूएल १७ः३२–५०)
उनलाई थहाँ थियो कि उनको महान अगुवा स्वंयम परमेश्वर हुनुहुन्छ । उनको गोठालो परमप्रभुनै हुनुहुन्छ । (भजनसंग्रह २३)

त्यसपछि उनी योद्धाहरूका अगुवा बने । उनले निराशामा परेका, ऋणमा परेका, थकित भएका ४०० मानिसहरुलाई डोर्याएर आँफुजस्तै बनाए । (१ शमूएल २२ः२)

अन्त्यमा त्यस पछि मात्र उनी राजा बने । यो एकै दिनमा भएन । उनले निरन्तर रुपमा आफ्नो विकाश गर्ने काम गरे । विकासको त्यो प्रक्रियामा उनले प्रभु सँग समय बिताए । वचनलाई मनन गरे । तपाई र म पनि महान अगुवा हुनको निम्ति दाऊद जस्तै तयारीको समय भएर जानुनै पर्छ । आउनुहोस् हामी पनि येशू जस्तै महान अगुवा हुने छनोट गरौ र अगुवापन, साचो नेतृत्व गर्नु भनेको के हो संसारलाई देखाऔ ।

लेखक पा. मुकेश तामाङ डुनामीस इन्टरनेशननलका क्षेत्रीय निर्देशक हुनुहुन्छ ।

क्रमश… हामी अगुवापनको यो पाठलाई निरन्तरता दिनेछौ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम