single page header banner

वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने

Pramodkhadka Pramodkhadka
बिहिबार, मंसिर 29, 2081
Social buttons loaded
समाचार सारांश
  • १२ भदौ, काठमाडौं ।
  • चर्चित भारतिय प्रचारक वजिन्दर सींह नेपाल आउनुहुने भएकाे छ ।

१२ भदौ, काठमाडौं । चर्चित भारतिय प्रचारक वजिन्दर सींह नेपाल आउनुहुने भएकाे छ । वजिन्दर सिंह नेपाल आउने र कम्तिमा पनि १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल चंगाइ तथा जागृती सम्मेलन हुने कुरा आयाेजक नेपाल विश्वासकाे समाजले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे । ललितपुरकाे एक क्याफेमा आयाेजीत पत्रकार सम्मेलनलाई सम्वाेधन गर्दै समाजका अध्यक्ष पास्टर प्रेम कार्कीले भन्नुभयाे `यदी विविध कारणहरुले गर्दा यस्ताे कार्यक्रम सम्पन्न गर्न उपत्यकामा सम्भव भएन भने चितवन, नारायणघाटमा मंशिर या माघ महिनामा सम्पन्न गरिनेछ ।´

वजिन्दर सिंह नेपाल आउनुहुन्छ र कम्तिमा पनि १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल चंगाइ तथा जागृती सम्मेलन मंशिर या माघ महिनामा सम्पन्न हुन्छ ।

प्रेम कार्की , अध्यक्ष

तयारी स्वरुप गाेदावरीमा कार्यक्रम हुने :

याे विशाल सभाकाे तयारी स्वरुप बजेन्द्र सिंहका अभिषिक्त पास्टरहरूको उपस्थितिमा २०८१ असोज १ र २ गते विहान १० बजे देखि सांझ ५ बजे सम्म गोदावरी नगरपालिका बडा न १२ स्थित सनराईज सम्मेलन केन्द्र ललितपुरमा सानाे स्तरमा अर्काे जागृती तथा चंगाइ सभा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।

अगुवा, पास्टर, रोगी, बिरामी, असक्त, अपाङ्ग, व्यापारी, व्यवसायी, तथा विभिन्न समस्यामा परेका व्यक्तिहरूलाइ कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु ।

ऋषि रिमाल, संयोजक

उक्त कार्यक्रममा देशभरिका मण्डलीहरुवाट ३ देखि ४ हजार मानिसहरु उपस्थित गराउने तयारी गरीएकाे भन्दै सो कार्यक्रममा समुदायका अगुवा, पास्टर, रोगी, बिरामी, असक्त, अपाङ्ग, व्यापारी, व्यवसायी, तथा विभिन्न समस्यामा परेका व्यक्तिहरूलाइ कार्यक्रममा उपस्थित हुन आयाेजक समितिका संयाेजक ऋषि रिमालले आह्वान गर्नुभयाे । कार्यक्रममा उपत्यका बाहिरबाट आउनु हुने विश्वासी जनहरूका लागि कार्यक्रम अवधिभर खान र बस्नको समेत व्यवस्था गरिएको र वस्नको लागि भने बन्दोबस्तीका ओढ्‌ने र ओछ्याउनेजस्ता सामानहरु आफैले व्यवस्था गर्नुपर्ने जानकारी वहांले दिनुभयाे , यस्तै कार्यक्रममा सहभागी हुनका लागि विषेश शुल्क समेत लाग्ने र त्यसका लागि आजकै दिन देखि रजिष्ट्रेशन खुल्ला गरिएको र सोहि दिन पनि रसिद मार्फत रजिष्ट्रेशन गर्न सकिने वा अनलाईन मार्फत र फाेन पेकाे समेत व्यवस्था गरिएको वहांले जानकारी दिनुभयाे ।

विराेध र विवाद गर्नेहरुका लमगी प्रार्थना गर्न अनुराेध :

वजेन्द्र सिंह मिनिस्ट्रिज नेपालमा उद्घाटन भइ सुरु भएकाे दिन देखि नै विभिन्न नकारात्मक टिप्पणिहरु भएकाे र कतिपय सन्दर्भमा नियाेजीत रुपमा मिनिस्ट्रिजलाई असफल वनाउने हेतुले क्रियाकलापहरु भइरहेकाे कुरा आंफुहरुले जानकारी पाएकाे तर परमेश्वरकाे कामलाइ कसैले पनि असफल बनाउन नसक्ने वरु जाे नकारमत्मक्तामा मात्र रमाइरहेकाे छ त्यसकाे लागि परमेश्वरले सद्वुद्धि दिउन भनी प्रार्थना गर्न वजिन्दर सिंह मिनिस्ट्रिज नेपाल शाखाका संयाेजक सुजन उपरकाेटिले अनुराेध गर्नुभयाे ।

मिनिस्ट्रिजलाइ सुरु देखि असफल वनाउने प्रयास भए पनि परमेश्वरकाे कामलाइ कसैले पनि असफल बनाउन सक्दैन ।

सुजन उपरकोटी, संयोजक

जागृति तथा चंगाई कार्यक्रम पास्टर प्रेम कार्कि नेतृत्वकाे नेपाल विश्वासकाे समाजले गर्ने र यसका लागि पा. डा. ऋषि रिमालकाे संयाेजनमा आयाेजक समिति निर्माण भएकाे र समितिमा पा. उपेश नाैवाग, पा. सिमाेन तामाङ्ग, पा. विष्णु खड्का, पा. सुकराज प्रजा, पा. पावल पाण्डे लगाएत रहेकाे र कार्यक्रम व्यवस्थापनको जिम्मेवारी कमल उपरकोटीलाइ दिइएको सुजन उपरकाेटिले जानकारी दिनुभयाे । कार्यक्रमकाे प्रायाेजन उपरकाेटि नेतृत्वको वजेन्द्र सिंह मिनिस्ट्रिज नेपाल शाखाले गर्नेछ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
पहिलो शताब्दीको सभाघर
पहिलो शताब्दीको सभाघर
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको  बधाई
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको बधाई
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
आत्मिक अगुवापन के हो | भिडियो पोडकास्ट
आत्मिक अगुवापन के हो | भिडियो पोडकास्ट
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम