सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
- समाचार एजेन्सी ।
- सूचना प्रविधिको विकास दिनानुदिन बढ्दो छ ।
समाचार एजेन्सी । सूचना प्रविधिको विकास दिनानुदिन बढ्दो छ । सूचना प्रविधिको विकास जुन रुपले बढ्दो छ, ठीक त्यसैगरी यसको लोकप्रियता पनि त्यतिकै मात्रामा बढिरहेको छ । बिशेषगरी युवा पुस्तामाझ यसले राम्रैसँग जरा गाडेको पाइन्छ । फेसबुक, ट्वीटर, इन्ट्राग्राम जस्ता सामाजिक सञ्जाल आज खबर आदान प्रदान र मित्रताको निम्ति वरदान सावित भइरहेको बेला यसले समाज र परिवारमा विविध नकारात्मक असर पारेका समाचारहरू पनि प्रकाशित भइरहेका छन् । पछिल्लो दिन खासगरी नेपाल जस्ता तेस्रो मुलुकहरूमा सामाजिक सञ्जालहरूका कारण अपराधिक कार्यहरू बढेको बताइएको बेला सामाजिक सञ्जालको सकारात्मक प्रभावबारे एक रोचक तथ्य सार्वजनिक भएको छ ।
हालै अमेरिकामा सार्वजनिक गरिएको एक खोजको परिणाम अनुसार २० प्रतिशत युवाहरूले सामाजिक सञ्जालको माध्यमबाट सु–समाचार सुनाएको बताएका छन् । १९ प्रतिशतले रक संगीत सुनेको र करिब त्यति नै प्रतिशतले बाइबलीय प्रवचन सुनेको बताएका थिए । यस खोजको परिणाम अनुसार पछिल्लो दिन लोकप्रिय रहेको रक संगीत वा टेलिभिजनबाट सु–समाचारको निम्ति दिइने प्रवचन भन्दा युवाहरूले सामाजिक सञ्जालको माध्यमबाट केही बढी मात्रामा सु–समाचार सुनिरहेको थाहा हुन आएको छ । अझ रोचक कुरा त के छ भने ४० प्रतिशतले त झन् येशूको बारेमा अफ्लाइन सन्देश साथीहरूलाई छोड्ने गरेका छन् । सो खोज पेऊ रिसर्च सेन्टरले सार्वजनिक गरेको हो ।
हामीले प्रयोग गर्न जान्यौं भने सामाजिक सञ्जालको माध्यमबाट पनि सु–समाचार सुनाउन सक्ने रहेछौं । केवल फोटो अपलोड, कमेन्ट तथा लाइकस्, कसैको व्यक्तिगत तथा धार्मिक, राजनीतिक विषयमा मात्र केन्द्रीत हुनु भन्दा सामाजिक सञ्जाललाई सु–समाचारको एउटा माध्यम पो बनाउने हो कि !
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
खेलकुद वारे बाइबलले के भन्छ
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
हाम्रो जीवनको सहारा येशू
अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण







