single page header banner

राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन

Pramodkhadka Pramodkhadka
मंगलबार, कार्तिक 12, 2079
Social buttons loaded
समाचार सारांश
  • गोविन्द विस्वकर्मा : २८ असार, धनगढी ।
  • राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सुदूरपश्चिम प्रमुखमा रेभ.
  • गोविन्द विस्वकर्मा : २८ असार, धनगढी ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सुदूरपश्चिम प्रमुखमा रेभ.डा. नरीराम लुहार चयन भएका छन् । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको हालै सम्पन्न सुदूरपश्चिम प्रदेश भेला / विशेष अधिवेशनले उहाँ लगायत २७ सदस्यिय प्रदेश समिति गठन गरेको हो । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका संस्थापक तथा संरक्षक सी.बी. गहतराजको प्रमुख आतिथ्यता तथा कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको विशिष्ठ आतिथ्यता लगायत केन्द्रका विभिन्न पदाधिकारी सहित करिब सात सय जनाको उपस्थितिमा प्रदेश भेला धनगढीमा सम्पन्न भएको हो । लामो समयदेखि ख्रीष्टियन समुदायको क्षेत्रमा योगदान दिदै आएका रेभ. डा. नरीराम लुहार सर्बसम्मत रुपमा सुदूरपश्चिम प्रमुख चयन भएका हुन् । जिम्मेवारी पाएसँगै लुहारले अब सुदूरपश्चिम प्रदेशका आठ सय भन्दा बढी चर्चको हक अधिकार, स्वाभिमान र पहिचानका लागि पैरवी गर्नेछन् । विशेषगरी नेपालमा ख्रीष्टियन समुदायका स्वाभिमान र पहिचानका लागि नेपाल सरकारसँग विभिन्न मितिमा गरेका ३ बुँदे र ६ बुँदे सहमतिको कार्यान्वयन गराउन निरन्तर लागिपर्ने उनले बताएका छन् ।

ख्रीष्टियन समुदायको पवित्र धार्मिक स्थल चर्चलाई गुठीको मान्यता दिने, ख्रीष्टियनहरुको विभिन्न पर्वहरुमा सार्वजनिक बिदाको आह्वान गर्ने, ख्रीष्टियन समुदायका लागि पनि राज्यकोषबाट बजेट विनियोजन गर्न माग गर्ने र ख्रीष्टियन समुदायको धार्मिक, हक अधिकारको सुनिश्चितता एवं उत्थान र विकासका लागि प्रदेश सरकारसंग पैरवीको काम गर्ने उनले प्रतिवद्धता जनाएका छन । साथै ख्रीष्टियन समुदायले कहिले पनि कुनै धार्मिक आस्थालाई खलल पार्ने काम नगर्ने र कुनै प्रलोभन दिएर वा जबरजस्ती धर्म परिवर्तन नगर्ने भएकाले यस्ता झुठा लान्छना तथा आरोपको प्रतिवाद गर्दै सबै धार्मीक समुदायमाथि सम्मानपुर्वक व्यवहार गर्ने नवनिर्वाचित प्रमुख रेभ. डा. नरीराम लुहारले बताए । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका संरक्षक तथा संस्थापक सी.बी. गहतराजले भेलालाई सम्बोधन गर्दै ख्रीष्टियन समुदायलाई राज्यले अझै पनि उपेक्षामा राखेको जिकिर गरे । राज्यले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने र सबै धार्मिक समुदायलाई समान व्यवहार गर्नु राज्यको दायित्व भएकाले ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानको सुनिश्चितता राज्यले गर्नुपर्ने उनले बताए । प्रदेश भेला तथा विशेष अधिवेशनले उप प्रमुखमा पा. विरकेश सुनार, अगुवा शर्मिला ताम्राकारलाई चयन गरेको छ । त्यस्तै युवा प्रमुखमा पा. आमोस सोब, मण्डली समन्वय विभाग प्रमुखमा पा. गर्भलाल तामाङ लगायत विभिन्न पदमा २८ जना पदाधिकारी चयन गरेको हो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आत्मिक अगुवापन – १
आत्मिक अगुवापन – १
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम