नेपालको पहिलो मण्डली : रामघाट चर्च
- रामघाट चर्चको स्थापना कहिले कहाँ र कसरी भयो ?
- अहिले नेपालका प्राय प्रत्येक जिल्ला, नगरपालिका, तथा गा.
रामघाट चर्चको स्थापना कहिले कहाँ र कसरी भयो ?
अहिले नेपालका प्राय प्रत्येक जिल्ला, नगरपालिका, तथा गा. वि.स. मा मण्डलीहरू भेटिन्छन् । परमेश्वरलाई धन्यवाद दिउँकी ति हामी धेरै नेपालीलाई प्रभुले आफ्नो राज्यमा बोलाउनु भएको छ । तर ७० वर्ष अघि नेपालमा इसाईको उपस्थिती लगभग सुन्य थियो। नेपालमा इसाई उपस्थितीको पहिलो खुट्किलो बनेको हो रामघाट मण्डली, पोखरा । रामघाट चर्च को स्थापना सन् १९५२ भएको हो जब कि १९६० को नेपालको जनगणनामा समेत इसाईको संख्या सुन्य देखाइएको छ । यहा हामी रामघाट चर्चको स्थापना कसरी भयो भनि हेर्नेछौं ।
नेपालको पहिलो मण्डलीको स्थापना को जगनेपालको सिमाना भन्दा बाहिरबाट सुरु भएको हो। नेपाल भित्र पस्ने ढोका नखुलेको भएपनि १०० वर्षसम्म नेपालको सिमानामा रहेका भारतीय शहर हरुमा नेपालीहरूलाई सुसमाचार सुनाउने कार्यहरु भइरहेको थियो। तत्काल भारतमा रहेका नेपाली भाषिहरू जस्तै दार्जलिङ्ग , सिलोङ्ग आदि ठाँउका नेपालीहरुले प्रभुलाई पाएका थिए। नेपालबाट कामको सिलसिलामा या उपचारको लागि भारतिय शहर पुगेका कति नेपालीहरुले पनि प्रभुलाई पाएका थिए। सन् १९४३ मा डा. लिली ओ हान्लन र उहाँका सहकर्मिहरुले भारतमा नेपाल इभान्जलिस्टिक व्याण्ड नामक संस्था दर्ता गर्नु भयो र रक्सौल तथा शिलोङ्ग मा नेपाली विच सेवाकाई सुरुगर्नु भयो।
१प्९०मा दार्जलिङ्गको विश्वासी परिवारमा जन्मनु भएका डेभिड मुखिया पनि रक्सौल मै सेवाकाई गरिरहनु भएको थियो। उहाको हुनेवाला श्रीमती प्रेमी गुरुङ संग पनि रक्सौलमै सेवाकाइको क्रममा भेट भयो र पछि उहाँहरुको विवाह भयो। १९४१मा डेभिड र प्रेमी मुखिया पनि नेपाल इभान्जलिस्टिक व्याण्डमा जोइन हुनुभयो। कलकत्ताको एक सेवामा १९४३मा डेभिड मुखिया पास्टर अभिषेख हुनुभयो । यसरी नेपालको पहिलो मण्डलीको पास्टर नेपाल बाहिर परमेश्वरले तयार गरिरहनु भएको थियो।

नेपालमा प्रजातन्त्र आएपछि नेपालमा रहेका तत्कालिन ब्रिटिस राजदुतले नेपाल सरकार संग गरेको अनुरोधका कारण नेपाल इभान्जलिस्टिक व्याण्डले पोखरामा हस्पिटल खोल्ने अनुमति पायो । १९५२ मा नेपाल इभान्जलिस्टिक व्याण्डका सदस्यहरू भैरहवा सिमानाबाट नेपाल छिरे र दुइ महिना पछि डेभिड र प्रेमी पनि नेपालमा आउनु भयो ।
नेपाल इभान्जलिस्टिक व्याण्डका सदस्यहरु त्यसका अरु नेपाली कर्मचारीहरूको समुह लाई लिएर नेपालको पहिलो मण्डली को स्थापना भयो। सुरुमा बाँसको झ्याङग मुनि संगती गरिन्थ्यो । १९५२ नोभेम्बर मा नेपाल इभान्जलिस्टिक व्याण्डले बुद्धि सागर र पुतली गौतमबाट केहि जग्गा लिए। १९५५ मा खरको छाना भएको बाँसले बारेको चर्च भवनको निर्माण गरियो । दाउद मशिह, फिलिप गुरुङ्ग, बुद्धि सागर र पुतली गौतम उक्त मण्डलीका सुरुका नेपाली सदस्यहरू थिए। डेभिड मुखिया उक्त मण्डलीको मुख्य (senior) पास्टरको रूपमा आठ वर्ष सेवाकाई गर्नुभयो। मण्डलीले ठूलो वृद्धि हासिल गरिरहेको थियो। १९६० मा नजीकैको गाउँमा छोरी मण्डली पनि स्थापना भयो ।
१९६१ मा द डेभिड र प्रेमी लाई देश छाड्ने आदेश आयो किनभने उहाहरुलाई तानसेनमा बप्तिस्मा दिएको अभियोग थियो । गह्रौं हृदय लिएर उहाँहरु सिमापारी जानुभयो र प् वर्ष पछि फेरी पोखरा फर्किनु भयो र सोहि मण्डलीको पास्टर को रुपमा सेवा गर्नुभयो। नेपालमा मण्डली स्थापनाको काम यसरी संघर्ष र प्रभुको अनुग्रहमा अघि बढेको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एनसिएफ नेपालको युवा तथा महिला विभागले पायो पूर्णता
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
के हो मानिसको प्राण र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ
मैले देखेको र भोगेको कोरोना
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास







