१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
- ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आयोजनामा हुँदै आएको अन्तर मण्डली फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
- १२औँ अन्तर मण्डली फुटबल प्रतियोगिताको संस्करणलाई आज ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आफ्नै स्पोर्टस कम्लेक्समा एक कार्यक्रमका बिच उद्घाटन गरी सुरु गरिएको छ ।
ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आयोजनामा हुँदै आएको अन्तर मण्डली फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिताको संस्करणलाई आज ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आफ्नै स्पोर्टस कम्लेक्समा एक कार्यक्रमका बिच उद्घाटन गरी सुरु गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल महिला संघकी अध्यक्ष बिन्द्रा देवन रहनु भएको थियो । उद्घाटन कार्यक्रममा उपत्यकाबाट बिभिन्न मण्डलीका पास्टर अगुवाहरूको समेत उपस्थिति रहेको थियो । उद्घाटनका क्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल महिला संघकी अध्यक्ष बिन्द्रा देवनले आफ्नो मन्तब्य राख्नु हुँदै आफू यस प्रकारको प्रतियोगिता भएको कुराले निकै खुशी रहेको र यस कुराका लागि परमेश्वरलाई धन्यवाद समेत दिनुभएको थियो ।
यस वर्षको १२औँ अन्तर मण्डली फुटबल प्रतियोगितामा उपत्यकाबाट २६ वटा मण्डलीहरूले सहभागिता जनाउनु भएको कुरा प्रतियोगिताका संयोजक पास्टर बेन्जी थापाले बताउनु भएको छ ।
आजको पहिलो खेल समुह सि बाट बिलिभर्स इस्टर्न चर्च गोकर्ण र नेपाल ख्रीष्टियन कम्युनिटी मण्डली बिच भएको थियो । पहिलो खेल निकै नै प्रतिस्पर्धामत्क भएको थियो र खेलको अतिरिक्त समयसम्म दुबै समुहबाट कुनै गोल नभएपछि खेललाई रेर्फीले टाइब्रेकर गराएको थियो भने उक्त पेनाल्टी सुटआउटमा बिलिभर्स इस्टर्न चर्च गोकर्णद्वारा नेपाल ख्रीष्टियन कम्युनिटी मण्डली माथि ४–२ को जित हाँसिल गर्दै आफ्नो यात्रालाई अगाडि बढाएको छ ।
यस वर्षको प्रतियोगिता नकआउटको आधारमा खेलाइनेछ, जुन प्रतियोगिता दुई हप्तासम्म निरन्तर सञ्चालनमा रहनेछ । प्रत्येक दिन बिहान दुई खेल खेलाइनेछ भने साँझ एक खेल रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ ललितपुरमा हुँदै
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
एनसिएफ नेपालको युवा तथा महिला विभागले पायो पूर्णता







