single page header banner

अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने

admin admin
आइतबार, आश्विन 19, 2079
Social buttons loaded
समाचार सारांश
  • मानिसले आवाजमार्फत दिएको निर्देशनबाट मोबाइलमा विभिन्न किसिमका काम गर्न सक्ने प्रविधि त हामीलाई थाहा नै छ ।
  • भ्वाइस रिकग्निसन भनिने यस्तो प्रविधि धेरै अघि बढिसकेको छ ।

मानिसले आवाजमार्फत दिएको निर्देशनबाट मोबाइलमा विभिन्न किसिमका काम गर्न सक्ने प्रविधि त हामीलाई थाहा नै छ । भ्वाइस रिकग्निसन भनिने यस्तो प्रविधि धेरै अघि बढिसकेको छ । अंग्रेजी नजान्ने वा राम्रो उच्चारण गर्न नसक्ने नेपालीको लागि यो प्रविधि त्यति उपयोगी थिएन । अब भने नेपाली भाषामा नै पनि बोलेर टाइप गर्न सकिने भएको छ । गुगलले अघिल्लो वर्ष सार्वजनिक गरेको आफ्नो भर्चुअल किबोर्ड (जसलाई गुगल किबोर्ड वा जीबोर्ड भनेर चिनिन्छ) मा बोलेर टाइप गर्न सकिने गरी नेपाली भाषा समावेश गरेको छ । यसको अर्थ हो टाइप गर्नुको सट्टा अब बोलेर म्यासेज पठाउन, विभिन्न एपबाट च्याट गर्ने, स्टाटस लेख्न सकिन्छ । गुगलले यसै साता नेपाली सहित ३० भाषालाई जीबोर्डमा समावेश गरेको हो । गुगलले यसै साता आफ्नो ब्लगमार्फत यसका जानकारी दिएको थियो । गुगलले ब्लगमा जनाएअनुसार स्थानीय भाषाविद्हरुसँगको सल्लाहमा यसलाई तयार पारिएको हो । गुगलका अनुसार अहिले जीबोर्डमा समावेश गरिएका यी भाषालाई विस्तारै गुगल ट्रान्सलेटसहितका अन्य प्रडक्टहरुमा पनि समावेश गरिनेछ । यसको अर्थ हो सायद केही समयपछि नेपाली भाषाका आवाजलाई अन्य भाषामा अनुवादन पनि गर्न सकिनेछ । नेपाली भाषा गुगल ट्रान्सलेटमा पहिल्यै जोडिइसकेको छ । अहिले नेपाली अक्षरलाई अंग्रेजीसहित अन्य विभिन्न भाषामा र अन्य विभिन्न भाषाका अक्षरलाई नेपाली भाषामा ट्रान्सलेटमार्फत अनुवाद गर्न सकिनेछ । जीबोर्डमा आवाजमार्फत नेपाली टाइप गर्न सकिने भए पनि यो धेरै शुद्ध भने हुने छैन । तर प्रयोगकर्ताले जति धेरै यसको प्रयोग गर्छन् यो त्यति सुधारिंदै जानेछ । आवाजमार्फत टाइप गराउनु सजिलो त छ नै यसले टाइप गर्न नसक्नेहरुलाई समेत राहत दिनेछ । भ्वाइस डिक्टेटमार्फत टाइप गराउनु हातले टाइप गर्नुभन्दा तीन गुणा छिटो हुने गुगलले जनाएको छ ।

यसलाई कसरी प्रयोग गर्ने त ?

एन्ड्रोइड प्ले स्टोरमा गएर गुगल किबोर्ड डाउनलोड गर्ने । डाउनलोड भएलगत्तै सेटिङ अप्सन आउँछ जसमा नेपाली भाषा छान्नुहोस् । र जीबोर्डलाई डिफल्ट किबोर्ड बनाउने । अब तपाईंको किबोर्डको माथिल्लो भागमा दायाँपट्टी स्पिकर चिन्ह देख्नुहुनेछ । जसमा थिचेर तपाईंले आवाजमार्फत दिएको निर्देशनअनुसार टाइप गर्न सक्नुहुनेछ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाइबलमा केटाहरूको हेअर स्टाइल
बाइबलमा केटाहरूको हेअर स्टाइल
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन  गर्न पाइँदैन
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन गर्न पाइँदैन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
आत्मिक अगुवापन – १
आत्मिक अगुवापन – १
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम