single page header banner

प्रभु भोजमा बन्देज !?

Pramodkhadka Pramodkhadka
आइतबार, कार्तिक 24, 2079
Social buttons loaded
समाचार सारांश
  • पवित्र म.
  • भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो।

पवित्र म. भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो। बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू गरे पनि द. कोरिया गएर उच्च शिक्षा अध्ययन गर्नुभयो। MDiv र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयवाट र PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयवाट गर्नुभयो। हाल जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गरीरहनुभएका भण्डारी विभिन्न बाइबल कलेजमा पनि पढाउनु हुन्छ ।

पवित्र म. भण्डारी

नेपालका मण्डलीहरूमा कुनै पापमा फसेको विश्वासीलाई मण्डलीमा प्रभुभोजमा रोकतोक गरिएको पाइन्छ । यसरी बन्देज गरिनुको कारण र अधिकार स्वरूप १ कोरिन्थी 11:27 लाई लिने गरिन्छ , जहाँ लेखिएको छ – यसकारण जसले अयोग्‍य रीतिले प्रभुको रोटी खान्‍छ, कि प्रभुको कचौराबाट पिउँछ, त्‍यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्‍याएकोमा दोषी ठहरिनेछ । तर यो पदलाई नेपालको मण्डलीले चाहिने भन्दा बढी अर्थ लगाएर मण्डलीमा विश्वासीहरुलाई सर्म मा पार्ने काममा प्रयोग गरियको छ ।  बाइबल तथा ईश्वर शास्त्रीय तर्क द्वारा यस लेखबाट म यो दावि गर्छु कि, कुनै पनि विश्वासीलाई प्रभुभोजमा बन्देज लगाइनु गलत हो । निम्न तिन र्तक द्वारा म यो दावि गर्दछु।

अयोग्यता मानिसको व्यक्तिगत पाप होइन तर उनिहरुले अव्यवस्थित तरिकाले प्रभुभोज खाएको कारण हो। नेपाली मण्डलीले दावि गरेको पद भन्दा माथि १ कोरिन्थी 11:20-22 मा पावलले यसरी लेखेका छन्, “जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन। किनकि खान बस्‍दा हरेकले आफ्‍नो भोजन खान थाल्‍छ, र कोही भोकै रहन्‍छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्‍छ। के खान र पिउनलाई के तिमीहरूका आ-आफ्‍ना घर छैनन्‌ र? अथवा के तिमीहरू परमेश्‍वरको मण्‍डलीलाई तुच्‍छ ठान्‍छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्‍ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित्‌ तारिफ गर्दिनँ।” यंहा पावलले भनेको योग्यता मानिसहरु एक अर्काको वास्था नगरी प्रभुभोजमा सहभागि हुनु हो ।  पावलले विश्वासीको व्यक्तिगत पाप तथा कम्जोरीलाई अयोग्य भनेका छैनन् । यस पद अनुसार मण्डलीले प्रभुभोजलाई व्यवस्थित र सबैको पहुँच पुग्ने गरी बनाउनको लागि सिकाएका हुन् ।

बाइबलमा कोही विश्वासी योग्य भएको र नभएको  जाँच्ने काम आफ्नै हो भनि उल्लेख छ त्यसैले कसैले पनि आरुलाई अयोग्य छ भन्नु गलत हुन्छ । किनभने १ कोरिन्थी 11:28-29 मा लेखिएको छ ‘ हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्‍यसले रोटी खाओस्, र कचौराबाट पिओस्‌। किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ। यस खण्डले मण्डलीको अगुवा अर्थात कुनै पनि व्यक्ति लाई अरु योग्य  छ कि छैन भनि जाँचेर मात्र प्रभुभोजमा बस्न देउ भनेको छैन । प्रत्येक   व्यक्ति ले आफैंलाई जाच्नु भनिएको छ र यो भनाई सवैमा लागु हुन्छ । अगुवा विश्वसीको जीवन सहि बनाउन सचेत हुनुपर्ने भएता पनि कसैको कम्जोरी जानेर उनिहरुलाई प्रभुको शरिर र रगत को स्मरणमा सहभागि हुन रोक्नु सहि कार्य होइन ।

सवैभन्दा पहिलो प्रभुभोज मा नै हामीले जाने अनुसारको एक सबै भन्दा पापि व्यक्ति सँग बसेर प्रभुले भोज खानु भएको थियो। मत्ती 26:20-26 मा यसरी लेखिएको छ, साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्‍नुभयो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।” तब तिनीहरू साह्रै दुःखित भएर प्रत्‍येकले उहाँलाई सोध्‍न लागे, “प्रभु, के त्‍यो म हुँ?” अनि उहाँले भन्‍नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्‍यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्‍त्रमा लेखेबमोजिम जानेछ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्‍यो मानिस त नजन्‍मिएकै भए त्‍यसको निम्‍ति असल हुनेथियो।” तब उहाँलाई पक्राइदिने यहूदाले सोध्‍यो, “गुरुज्‍यू, के त्‍यो म हुँ?” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमी आफैले भन्‍यौ।” तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”

यहुदा जसले येशूलाई वेच्दैछ भन्ने जानेर पनि उहाले उसलाई  प्रभुभोजमा सहभागि हुन देखी रोक्नु भएन । यहुदाले गरेको पापको लेखा उसँग प्रभुले अलग्गै लिनुहुन्छ तर त अयोग्यछस् भनेर प्रभुले त सोच्चै अयोग्य व्यक्तिलाई हटाउनु भएन भने आज हामी जसले उही प्रभुको सिको गरेका छौं हामीले आफुले अयोग्य ठानेका व्यक्तिलाई रोक लगाउनु मुनासिव हुँदैन ।

 मण्डलीले दावि गरेको खण्डलाई गहिरिएर हेर्दा र प्रभु येशू आफैले देखाउनुभएको उदाहरणलाई हेर्दा हामीले यो भन्न सक्छौं कि कुनै पनि विश्वासीलाई कुनै पनि निहुँमा प्रभु भोज ग्रहण गर्न बन्देज गर्नु सहि होइन । यस लेखको आसय मण्डलीले आफ्नो पवित्रताको वास्था गर्नु पर्दैन र हुँदेैन भन्ने कदापि होइन। मण्डलीका अगुवाहरूले मण्डलीको अनुशासनको लागि सल्लाह सुझाव तथा शिक्षा दिने अनेक उपायहरू तय गर्न सकिन्छ। तर प्रभु भोजलाई न्याय गर्ने बाहना भन्दा सबै विश्वास हरु प्रभुको शरिर र रगतको सम्झना गर्दै एक हुने करण बनाउंदा उचित होला ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
चार्ली च्याप्लिनको : प्रेरक जीवन
चार्ली च्याप्लिनको : प्रेरक जीवन
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम