एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
- सामाजिक एकता पार्टीका अध्यक्ष सी.
- बी.
सामाजिक एकता पार्टीका अध्यक्ष सी.बी. गहतराजले निर्वाचन प्रणालीमा हुने चरम विकृतीको अन्त्य गर्दै निश्पक्ष र स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण वनाउन सरकार संग माग गरेका छन् । अध्यक्ष गहतराजले देशमा हुने सबै किसिमको निर्वाचन निश्पक्ष र न्यायसंगत हुनु पर्ने बताएका हुन् । डेमोक्रेटीक सोसियलिस्ट एलाइन्सल नेपाल (डिसिए) ले आज रिपोर्टर्स नेपालमा आयोजना गरेको निश्पक्ष निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रणालीमा हुने विकृती र विसंगतीको अन्त्य गर्न आवश्यक रहेको बताए ।
“यदि कसैले एक करोड दिएर निर्वाचनको टिकट किन्छ र चुनाव जित्छ भने उसको पहिलो काम राज्यको ढुकुटी रित्याएर दुई करोड असुली गर्ने हुन्छ ।” उनले भने “देशलाई निकास दिनुछ भने निर्वाचनमा कसैले पनि पैसामा भोट बेच्नुहुँदैन ।”
– सी.बी. गहतराज
नेपालमा निर्वाचनको इतिहास हेर्दा सबै खाले निर्वाचनमा केवल पहुँच र पैसा हुनेहरुको मात्रै हालीमुहाली देखिएको र त्यसको परिणाम हाल देशले भोगीरहेको भन्दै उनले देशमा चरम भ्रष्टाचार मौलाउनु, अन्याय, अत्याचार बढ्नु, गरिबी बढ्नु जस्ता समस्याको मुल कारण हालको निर्वाचन प्रणालीनै रहेको जिकिर गरे । “यदि कसैले एक करोड दिएर निर्वाचनको टिकट किन्छ र चुनाव जित्छ भने उसको पहिलो काम राज्यको ढुकुटी रित्याएर दुई करोड असुली गर्ने हुन्छ ।” उनले भने “देशलाई निकास दिनुछ भने निर्वाचनमा कसैले पनि पैसामा भोट बेच्नुहुँदैन ।” आसन्न संघको निर्वाचनलाई लक्षित गर्दै अब आउने निर्वाचनमा नेपाली जनताले होस पुर्याउनुपर्ने कुरा पनि अध्यक्ष गहतराजले बताए । हाल निर्वाचनमा भाग लिनका लागि करिब एक सय दश वटा भन्दा बढी दल तयार भएको हुँदा असल र नयाँ नतृत्व चुन्न उनले नेपाली जनतालाई आह्वान गर्दै उनले त्यसका लागि सबै नयाँ राजनीतिक दलहरु एक भई चुनावमा सहभागी हुन पनि दलहरुलाई अनुरोध गरे । उक्त कार्यक्रममा सामाजिक एकता पार्टी, नेकपा समाजवादी पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाल दलित पार्टी, नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, गणतान्त्रीक संयुक्त मोर्चा नेपाल लगायत दुई दर्जन बढी पार्टीका प्रमुख एवम् प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
विश्वास र विश्वासी : बाइबलिय अर्थ
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
हाम्रो जीवनको सहारा येशू
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
के हो मानिसको प्राण र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ







