single page header banner

जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • कोभिड-१९ को दोस्रो लहर फैलिएपछि नेपाल सरकारले लगाएको लामो लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरीखाने अप्ठयारोमा परेका श्रमिक वर्गलाई लक्षित गर्दै नेपालका असल मित्रहरू नामक संस्थाले खाद्यान्न वितरण गरेको छ ।
  • हिजो शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू कपुरधारा, नयाँ बजार र जाउलाखेलमा बसोबास गर्ने अप्ठयारोमा परेका श्रमिक वर्गलाई पहिचान गरि विभिन्न ६० घरधुरी परिवारलाई एक–एक बोरा चामल वितरण गरिएको कुरा नेपालका असल मित्रहरूका अध्यक्ष डा.

कोभिड-१९ को दोस्रो लहर फैलिएपछि नेपाल सरकारले लगाएको लामो लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरीखाने अप्ठयारोमा परेका श्रमिक वर्गलाई लक्षित गर्दै नेपालका असल मित्रहरू नामक संस्थाले खाद्यान्न वितरण गरेको छ ।

हिजो शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू कपुरधारा, नयाँ बजार र जाउलाखेलमा बसोबास गर्ने अप्ठयारोमा परेका श्रमिक वर्गलाई पहिचान गरि विभिन्न ६० घरधुरी परिवारलाई एक–एक बोरा चामल वितरण गरिएको कुरा नेपालका असल मित्रहरूका अध्यक्ष डा. भिमलाल तामाङले बताउनु भयो ।

कोभिड-१९को दोस्रो लहर फैलिएपछि लामो लकडाउन भएका कारण देशका विभिन्न जिल्लाबाट राजधानी काठमाडौंमा आएर ज्याला मजदुरी गर्ने श्रमिक वर्गको रोजीरोटी बन्द भएपछि अप्ठयारोमा परेका वर्गलाई नेपालका असल मित्रहरू नामक संस्थामार्फत यो राहत वितरण गरिएको कुरा उहाँले बताउनु भएको हो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम