single page header banner

आसन्न NCFN निर्वाचन : समावेशी, परिपक्व र दूरदर्शी नेतृत्वको तीव्र अपेक्षा”

admin_news admin_news
शुक्रबार, भाद्र 29, 2083
Social buttons loaded
समाचार सारांश
  • के पी अधिकारी, ललितपुर नेपालमा विगत ६६ वर्षदेखि नेपाली मण्डलीहरूको अग्रणी-अभिभावक तथा छाता संस्थाको रूपमा निरन्तर कार्यरत नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) को केन्द्रीय कार्य समितिको आगामी निर्वाचन केवल पदाधिकारी चयनको प्रक्रिया मात्र होइन ।
  • यो नेपालको मण्डली एकता, आत्मिक उत्तरदायित्व, संस्थागत विश्वसनीयता र भावी पुस्ताको नेतृत्व निर्माण दिशालाई निर्धारण गर्ने महत्वपूर्ण मोड हो।

के पी अधिकारी, ललितपुर

नेपालमा विगत ६६ वर्षदेखि नेपाली मण्डलीहरूको अग्रणी-अभिभावक तथा छाता संस्थाको रूपमा निरन्तर कार्यरत नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) को केन्द्रीय कार्य समितिको आगामी निर्वाचन केवल पदाधिकारी चयनको प्रक्रिया मात्र होइन । यो नेपालको मण्डली एकता, आत्मिक उत्तरदायित्व, संस्थागत विश्वसनीयता र भावी पुस्ताको नेतृत्व निर्माण दिशालाई निर्धारण गर्ने महत्वपूर्ण मोड हो। आज नेपालमा चर्च तथा ख्रीष्टियन संस्थाहरूले तीव्र राजनीतिक, सामाजिक, नैतिक, वैचारिक र व्यवस्थापकीय चुनौतीहरूको सामना गरिरहेका छन्। यस्तो अवस्थामा NCFN जस्तो राष्ट्रिय छाता संगठनले अझ परिपक्व, बुद्धिमानीपूर्ण र दूरदर्शी नेतृत्व चयन गर्न आवश्यक छ। व्यक्ति र समाज परिवर्तन, समावेशी विचार र विकासको लक्ष्यलाई आत्मसात गर्दै यस संस्थाले आफूलाई समय सापेक्ष गतिशील बनाउनु र नेपाली इसाई जगतको शिरलाई उच्च राख्ने र आत्मसम्मान जगाउने उद्देश्यबाट प्रेरित भई राज्यका सबै तह र तप्कामा आफ्नो पहिचान स्थापित गर्ने अहम दायित्वलाई बोध गर्दै संस्थालाई राष्ट्रिय रूपमा साथै अन्तर्राष्ट्रिय रूपमा ऊर्जाशील बनाउने तर्फ आफ्नो प्रतिबद्धतालाई जाहेर गर्ने भरोसायोग्य नेतृत्व आज NCFN ले मागेको छ र यसलाई स्थापित गर्न यसका सदस्य मण्डलीहरू निकै उत्साहित छन् भन्ने कुरामा विमति नहोला ।

वर्तमान सन्दर्भ र चुनौतीहरू : नेपालको ख्रीष्टियन समुदाय अहिले विभिन्न अवसर र चुनौतीहरूको बीचमा उभिएको छ। धार्मिक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व, युवा पुस्ताको सहभागिता, डिजिटल प्रभाव, मण्डलीका विभाजन, वैचारिक असन्तुलन तथा नेतृत्व संकटजस्ता विषयहरू गम्भीर बहसका विषय बनेका छन्। यस्ता संवेदनशील परिस्थितिमा NCFN को नेतृत्व केवल प्रशासनिक क्षमता भएको व्यक्तिले मात्र होइन, आध्यात्मिक परिपक्वता, बौद्धिक स्पष्टता र राष्ट्रिय दृष्टिकोण भएको नेतृत्वले सम्हाल्न आवश्यक छ। यदि निर्वाचन केवल गुट, व्यक्तिगत महत्वाकांक्षा वा क्षेत्रीय प्रभावको आधारमा अघि बढ्यो भने संस्थाको दीर्घकालीन प्रतिष्ठा कमजोर हुन सक्छ। त्यसैले यस पटकको निर्वाचन “को जित र को हार” भन्दा पनि “संस्थाको भविष्य कस्तो बनाउने” भन्ने प्रश्नमा केन्द्रित हुनुपर्छ।

सहमतिको संस्कृतिको आवश्यकता : लोकतान्त्रिक संस्थामा निर्वाचन स्वाभाविक प्रक्रिया हो। तर परिपक्व संस्थाहरूले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिन्छन्। NCFN ले पनि विभाजनभन्दा सहमति, विवादभन्दा संवाद र व्यक्तिगत आकांक्षाभन्दा संस्थागत हितलाई प्राथमिकता दिन सकेमा त्यो सम्पूर्ण नेपाली चर्च समुदायका लागि सकारात्मक उदाहरण बन्न सक्छ। सहमति भनेको कमजोरी होइन; यो परिपक्वता, आत्मसंयम र साझा दृष्टिकोणको चिन्ह हो। जब संस्थाले योग्य, स्वीकार्य र सेवाभावी व्यक्तिहरूलाई साझा सहमतिमा अघि ल्याउँछ, तब संस्थाभित्र विश्वास बढ्छ, अनावश्यक ध्रुवीकरण घट्छ र नेतृत्वप्रति सम्मान बलियो हुन्छ र यसको परिणाम नेपाली मण्डली बलियो र आत्मनिर्भर बन्छ।

कस्तो नेतृत्व आवश्यक छ ? आगामी बोर्डमा केवल लोकप्रिय व्यक्ति मात्र होइन, निम्न गुण भएका नेतृत्ववर्गको अपेक्षा गरिएको छ :

१. बुद्धिमान र दूरदर्शी नेतृत्व : नेतृत्वले वर्तमान समस्या मात्र होइन, भविष्यका चुनौतीहरू पनि बुझ्न सक्नुपर्छ। राष्ट्रिय नीति, सामाजिक परिवर्तन, युवा पुस्ताको सोच तथा अन्तर्राष्ट्रिय प्रभावबारे स्पष्ट बुझाइ भएको नेतृत्व आवश्यक छ।

२. बौद्धिक र अध्ययनशील व्यक्तित्व : आजको युगमा भावनात्मक भाषण मात्र पर्याप्त छैन। धर्मशास्त्रीय स्पष्टता, व्यवस्थापकीय दक्षता, कानुनी ज्ञान र सामाजिक चेतना भएका व्यक्तिहरू बोर्डमा आउनु अपरिहार्य छ।

३. गतिशील र सक्रिय नेतृत्व : संस्था स्थिर सोचले होइन, गतिशील दृष्टिकोणले अघि बढ्छ। परिवर्तनलाई बुझ्ने, प्रविधिसँग जोडिने, युवालाई अवसर दिने र राष्ट्रिय मुद्दामा सकारात्मक सहभागिता र अग्रणी भूमिका खेल्ने नेतृत्वको आवश्यकता छ।

४. सेवक नेतृत्व : साँचो ख्रीष्टियन नेतृत्व अधिकार प्रदर्शन होइन, सेवाको जीवन हो। नम्रता, पारदर्शिता, उत्तरदायित्व र आत्मिक चरित्र नेतृत्वको मूल आधार हुनुपर्छ।

५. समावेशी प्रतिनिधित्व : नेपाल विविध भाषा, संस्कृति र क्षेत्रहरूको देश हो। त्यसैले बोर्डमा महिला, युवा, विभिन्न क्षेत्र र सम्प्रदायहरूको सन्तुलित सहभागिता हुनुपर्छ।

६. युवा पुस्ताको अपेक्षा : आजको युवा पुस्ता पारदर्शी, उत्तरदायी र बौद्धिक नेतृत्व खोजिरहेको छ। उनीहरू केवल परम्परागत संरचनाले होइन, स्पष्ट दृष्टि, इमानदारी र नवीन सोचले प्रभावित हुन्छन्। यदि NCFN ले युवालाई विश्वास गर्ने, अवसर दिने र उनीहरूको आवाज सुन्ने नेतृत्व चयन गर्न सकियो भने संस्थाको भविष्य अझ बलियो बन्न सक्छ। साथै अबको तीन वर्षमा युवा वर्गलाई सुसज्जित गरी नेतृत्व सम्हाल्न सक्ने अवस्थामा पुर्‍याई जिम्मेवारी हस्तान्तरणसहितको रणनीति अगाडि सार्नु आवश्यक छ।

अतः NCFN को आगामी निर्वाचनलाई व्यक्तिगत प्रतिस्पर्धाको मैदान होइन, संस्थागत पुनर्जागरणको अवसरको रूपमा लिन आवश्यक छ। आज आवश्यक कुरा केवल नयाँ अनुहार होइन । नयाँ सोच, नयाँ संस्कार र साझा दृष्टिकोण हो। “त्यसैले सम्पूर्ण प्रतिनिधि, अगुवा तथा सदस्यहरूलाई आग्रहसहितको प्रार्थना छ : सहमतिको वातावरण निर्माण गरौँ, योग्य र चरित्रवान नेतृत्वलाई अघि बढाऔँ, संस्थालाई विभाजन होइन, एकतामा लैजाऔँ, र भविष्यलाई ध्यानमा राखेर बुद्धिमानीपूर्ण निर्णय गरौँ। यदि NCFN को यस महत्वपूर्ण र अर्थपूर्ण निर्वाचनसहितको अधिवेशनद्वारा यस पटक विवेकपूर्ण, बौद्धिक, सेवाभावी र गतिशील नेतृत्व चयन गर्न सकियो भने यसले केवल संस्थालाई मात्र होइन, सम्पूर्ण नेपाली चर्च समुदायलाई दीर्घकालीन सकारात्मक दिशा दिन सक्छ र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मण्डलीहरूले पुनर्जागरणसहितको NCFN नेतृत्व पाएको महसुस गर्नेछन् अनि यसलाई नेपालको मण्डली इतिहासमै “ब्रेक थ्रू” भनेर मानिने पक्का छ ।”

नेपाली इसाई एकता जिन्दावाद !!!

जेठ १५, २०८३

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आधुनिक विज्ञानको उदयमा बाइबलको  प्रभाव
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम