Jaya Mashi

विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन

आमूल परिवर्तन नागरिक पार्टीले राहत सहायता कार्यमा खट्न उपमहासचिव विदुर अधिकारीको संयोजकत्वमा “विपद व्यवस्थापन समिति” गठन भएको छ । प्राकृतिक प्रकोपको विषयम समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि उपमहासचिव विदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली बहादुर तामाङ, सचिव सोमबहादुर आले, कोषाध्यक्ष डि.के. लिम्बु, केन्द्रीय सदस्य विष्णु खड्का सहितको “विपद व्यवस्थापन समिति” गठन भएको हो ।

समिती गठन भए लगत्तै थापाथली, बागमती किनारास्थित पौरखी बस्तीमा सरसफाइ सहायता कार्यक्रम पनि सम्पन्न गरेको छ । सरसपफाइमा पार्टीका अध्यक्षद्वय, वरिष्ठ नेता, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिवज लगायत केन्द्रीय सदस्यहरू सहभागी भएको र यसरी पार्टी पङ्ती फिल्डमा खटेको देखेर सुनेर अन्य विभिन्न अभियान संघसंस्थाहरूबाट समेत राहत वितरणमा सहकार्यका लागि समन्वय गर्न गरिदिन खबर आउन सुरू गरेको विपद व्यवस्थापन समितिका संयोजक उपमहासचिव विदुर अधिकारीले बताउनु भयो । आज पनि थापाथली इलाकामै सफाइको योजना रहेको र मौसम तथा वर्षाको अवस्था हेरेर थप कार्यक्रम तय गरिने पनि वहाँले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?