इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
- काठमाडौं ।
- नेपाली ख्रीष्टियन इतिहासकै पहिलो दर्ता भएको ख्रीष्टियन संस्था द–इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपालले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाली ख्रीष्टियन इतिहासकै पहिलो दर्ता भएको ख्रीष्टियन संस्था द–इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपालले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरेर इकानले कार्ययोजना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै इकानका महासचिव रेभ. जोशेफ सोलोमोनले नेपालको पुर्व मेची देखि पश्चिमको महाकालीसम्म रहेका सम्पुर्ण ईसाइ तथा गैर ईसाइ बालबालिका तथा युवा युवतीहरुलाई शिक्षाको ज्योतिबाट बन्चित हुनु नपरोस भन्नका खातिर विभिन्न विधाको पाठक्रममा आधारित गुणस्तरिय व्यवसायिक सिपमुलक शिक्षा तथा तालिमका विद्यालय, कलेज र ख्रीष्टियन विश्वविद्यालय सञ्चालन गरिने जानकारी दिनुभएको छ । यसका लागि नेपाल सरकारसँग आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।
भावी कार्ययोजना सार्वजनिक गर्ने क्रममा उनले नेपालको मण्डलीमा सुधार, नवीकरण र पुर्नजागृति साथै उत्प्रेरणा र संयुक्त आवाजको खाँचो रहकोले त्यसको लागि नेपालभर छरिएर रहेका ख्रीष्टियनहरुलाई एकिकृत गर्ने उद्देश्यले प्रत्येक वर्ष ईसाइ महिला दिदीबहिनी सम्मेलन, ईसाइ युवा युवती सम्मेलन, ईसाइ बालबालिका सम्मेलन ईसाइ अगुवाजनहरु, पास्टरहरु र गुरुजनहरुको पाँच दिने आत्मिक जागृतिको विशाल सम्मेलन सञ्चालन गरिने बताए ।
इकानको अगुवाईमा नेपालको सातै प्रदेशमा पाँच हजार क्षमताको आधारभुत सेवा तथा सुविधा सम्पन्न सम्मेलन भवन निर्माण गर्नको लागि सम्पुर्ण प्रवन्ध मिलाइनेसम्म योजना रहेको सोलोमोनले जानकारी दिए ।
इकानले विश्वव्यापी विश्वासको सारलाई आत्मसाथ गर्दै नेपाली चर्चहरुलाई आत्मनिर्भरताको बाटोमा अग्रसर गराई मण्डली तथा पास्टर, अगुवालाई नेपालको धार्मिक स्वतन्त्रता र मानवअधिकारको क्षेत्रमा सुसुचित गर्ने, आत्मिक वृद्धिमा अगाडी बढाई झुटा शिक्षाबाट नेपाली मण्डलीलाई बचाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली मण्डली र प्रवासी नेपाली इसाई समुदायका वीचमा इकानलाई प्रत्यक्ष जनसम्पर्क, परिचित गराउनुका साथै चर्चमाथि नियन्त्रण गर्ने नभई, नेपाली मण्डलीमा स्रोत साधन जुटाई, सामाजिक रुपान्तरण र भेद्भावरहित चर्चको अवधारणा विकास गर्ने इकानले जनाएको छ ।

द इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपाल गैरनाफामुलक संस्थाको रुपमा नेपाल सरकारमा दर्ता भएको सुसमाचार तथा अल्पसंख्यक नेपाली इसाई समुदायको मानवअधिकार तथा सामाजिक न्यायको निम्ति एकताको आवाजका रुपमा चर्चहरुलाई एकसाथ जोड्ने इभान्जलीकल विश्वासको केन्द्रीय सञ्जाल हो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण







