single page header banner

सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस

Pramodkhadka Pramodkhadka
बिहिबार, पौष 5, 2081
Social buttons loaded
समाचार सारांश
  • पा.
  • चेतराज जोशी परमेश्वोरले तपाईको आराममय जीवन भन्दा पनि तपाईको चरित्रमा बढी चासो राख्नुहुन्छ।

पा. चेतराज जोशी

परमेश्वोरले तपाईको आराममय जीवन भन्दा पनि तपाईको चरित्रमा बढी चासो राख्नुहुन्छ। यदि तपाईंले पहिले सन्तुष्टिको सिद्धान्त सिक्नुभएन भने उहाँले तपाईंलाई ठुला आशिष् जो तपाईं सम्हाल्न सक्नुहुदैन उहाले दिनुहुनेछैन। सन्तुष्टि भनेको उदेश्य र लक्ष्यको कमि र अभाव होइन। सन्तुष्ट हुनु भनेको तपाईको खुशी तपाईको परिस्थितिमा निर्भर नहुनु हो।यो होशे झै चाहे दाखको बोटमा फुल फलोस या नफलोस म प्रभुमा आनन्दीत हुन्छु भनी बताउनु हो।

तपाईं जुन सुकै परिस्थितिमा खुसी हुनु भनेको नै सन्तुस्टीको सिधान्त हो। असन्तुष्टिलाई कसरी हटाउने त ? कुनैपनि कुराको तुलना गर्न बन्द गर्नुहोस्। हामी सबै कुरा तुलना गर्छौं – लुगा, घर, गाडि, पढाइ, कसैले र आफ्नो पति र पत्नी पनि अरुसङ तुलना गरिरहेका हुन्छ्न। अब दिदीबहिनीको तिज चाड आको छ यहाँ त धेरै कुरा तुलना नै तुलना हुन्छ। जब तपाइँ तुलना गर्नुहुन्छ, तपाइँ असन्तुष्टि महसुस गर्न जाँदै हुनुहुन्छ। र त्यसोभए तपाईंले आफूलाई अरूसँग तुलना गर्न रोक्न सिक्नु पर्छ। पावल फिलिप्पी ४:१२ मा भन्छन्,” कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु।”

सन्तुष्टि स्वाभाविक रूपमा आउँदैन; यो हामीले सिक्नुपर्ने कुरा हो। यदि हामीले यो गर्यौं भने, परमेश्वरले हाम्रा सबै आर्थिक आवश्यकताहरू पूरा गर्ने प्रतिज्ञा गर्नुहुन्छ। बाइबलले यो पनि भन्छ, ” सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं। (१ तिमोथी ६:६-७ )। सन्तुष्ट हुन सिक्न सबैभन्दा ठूलो रहस्य भनेको तपाई यो थाहा पाउनु पर्छ कि तपाईं सङ केहि पनि छैन । यो सबै केहि समयहरु को लागी तपाइँ को लागी सापटि मात्र हो ! तपाइले यस संसारमा एउटा पनि चिज ल्याउनुभएन, न त यसबाट केही पनि लैजानू हुनेछ। यो सबै तपाइ यहाँ पृथ्वीमा हुँदा मात्र यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यो सापटी मात्र हो प्रीय, यसको मालिक तपाईं होइन,त्यसलाई बाइबलले भण्डारी भन्छ। तपाईं यहाँ हुँदा परमेश्वरले तपाईंलाई के गर्न अनुमति दिनुहुन्छ त्यसको प्रबन्धक वा भण्डारी हुनुहुन्छ, तर यो वास्तवमा तपाईंको होइन। जब तपाईंले बुझ्नुहुन्छ कि तपाईं केवल परमेश्वरले तपाईंको जीवनमा दिनुहुने आशिष्हरूको प्रबन्धक ( म्यानेजर ) हुनुहुन्छ र तपाईंले तिनी चिजहरु परमेश्वोरको राज्यको लागि प्रयोग गर्नुहुनेछ। लोभ र तुलना हट्नेछ।

सन्तुष्ट हुन सिक्नुहोस् किनकि धनसम्पती र चीजहरू एकैनासे टिक्दैनन्। परमेश्वोरले तपाईको सुख र आराम भन्दा तपाईको चरित्रमा बढी चासो राख्नुहुन्छ।तिज को दिनमा तपाइको गहना भन्दा तपाइको असल चरित्रको प्रदर्सन गर्नुहोस।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
आधुनिक विज्ञानको उदयमा बाइबलको  प्रभाव
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम