single page header banner

आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित

Pramodkhadka Pramodkhadka
बुधबार, फाल्गुन 1, 2080
Social buttons loaded
समाचार सारांश
  • काठमाण्डाै ।
  • आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न भएकाे छ ।

काठमाण्डाै । आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न भएकाे छ । आनन्दित एज्रा तालिम समिती द्वारा सञ्चालीत १ महिने तालिम आनन्दित चर्च मनोहरा,फोर्सपार्कमा भएकाे थियाे ।देशका बिभिन्न जिल्लाहरु बाट जम्मा १७ जना अगुवाहरु सहभागी हुनुहुन्थ्याे ।


चेलापन, व्यवसाय सेवाकाइ, विवाह र परिवार, बाइबल सर्भे, आराधना, सण्डे स्कुल, प्रार्थना,पवित्र आत्मा , उपवास,असल अगुवापन, रअसल सेवक र नेतृत्व र मण्डलि स्थापना आदि विषयममा प्रतिष्ठित र दक्ष स्वदेशि तथा विदेशी शिक्षकहरुले अध्यापन गर्नुभएकाे थियाे । आनन्दित मण्डली (केन्द्र)का पास्टर इन्द्र वस्नेत, आनन्दित एज्रा तालिम समितिका अध्यक्ष मिलन अधिकारी, संयोजक नर बहादुर चन्द र बिभिन्न चर्चका पास्टर अगुवाज्युहरुको उपस्थितिमा आज दिक्षान्त समाराेह सम्पन्न भएकाे हाे ।

लामो समय सम्म तालिम लिन नसक्नु भएक पास्टर अगुवा ज्युहरुलाइ लक्षित गरि एक महिनाको स्पेशल प्याकेज तयार गरि स्वदेशी तथा बिदेशी दक्ष शिक्षक द्दारा सिकाएकोले बिभिन्न जिल्ला, गाउ, ठाउँमा गएर असल तरिकाले सेवा गर्न सक्ने बनाएको र हिमाल, पहाड, तराइ लगाएत नेपालका ७७ वटा जिल्लालाइ फोकस गरेर तालिम आयोजना गरिएको र मीका 7:11 पद ( तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्‍ना साँधसिमाना टाढ़ासम्‍म बढ़ाउने दिन आउनेछ ) लाइ मुख्य आधार मानि प्रभुको महान आज्ञा पालना गर्दै सु-समाचारको साथ प्रभुको राज्य बढाउने र चेलापन र अगुवापनको शिक्षा नेपालभरि पुग्ने तरिकाले आगामी दिनहरुमा यस्तो तालिम निरन्तर सञ्चालन गर्ने संयाेजक नर व. चन्द ले बताउनुभयाे ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम