single page header banner

राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न

Pramodkhadka Pramodkhadka
शुक्रबार, मंसिर 12, 2079
Social buttons loaded
समाचार सारांश
  • २०७९ श्रावन २७, काठ्माण्डाै ।
  • भर्खरै एस ई ई (SEE) काे रिजल्ट सार्वजनिक भएकाे र कक्षा १२ का विध्यार्थिहरु रिजल्टकाे प्रतिक्षामा वसिरहेकाे सन्दर्भ र उनिहरुलाइ करियर छनोटको समस्या भईरहेको अवस्थालाई मध्यनजर गर्दै भविष्यमा कुन विषय, कहाँ,कसरी अध्ययन गर्ने र कुन पेशामा लाग्ने भन्ने कुरालाइ गम्भिर विषयको रुपमा लिई एस ई ई (SEE) तथा ११ र १२ कक्षामा अध्ययनरत र परिक्षा सकाएर बसेका विद्यार्थीहरुका निम्ती एनसिएफ नेपाल संवद्ध राष्ट्रिय युवा आयोगको आयोजनामा “टुडे फर टुमरो” (Today for Tomorrow) शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न भएकाे छ ।

२०७९ श्रावन २७, काठ्माण्डाै । भर्खरै एस ई ई (SEE) काे रिजल्ट सार्वजनिक भएकाे र कक्षा १२ का विध्यार्थिहरु रिजल्टकाे प्रतिक्षामा वसिरहेकाे सन्दर्भ र उनिहरुलाइ करियर छनोटको समस्या भईरहेको अवस्थालाई मध्यनजर गर्दै भविष्यमा कुन विषय, कहाँ,कसरी अध्ययन गर्ने र कुन पेशामा लाग्ने भन्ने कुरालाइ गम्भिर विषयको रुपमा लिई एस ई ई (SEE) तथा ११ र १२ कक्षामा अध्ययनरत र परिक्षा सकाएर बसेका विद्यार्थीहरुका निम्ती एनसिएफ नेपाल संवद्ध राष्ट्रिय युवा आयोगको आयोजनामा “टुडे फर टुमरो” (Today for Tomorrow) शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न भएकाे छ ।

क्वाइनोनिया पाटन मण्डली कुमारीपाटीमा सम्पन्न भएकाे कार्यक्रममा सुचना प्रविधि / इन्जिनिएरिङ्ग, पत्रकारीता, स्वास्थ्य तथा विज्ञान, कानुन, व्यापार व्यवसाय तथा व्यवस्थापन, खेलकुद र संगीत विषयमा संवन्धित विषयका विज्ञहरु डा. नकुल तामाङ्ग, कुमार सिंह विष्ट, आशिष् न्याैपाने, आशिष् खड्का, लविस राइ, राजेश राइ लगाएतले परामर्श दिनुभएकाे थियाे । कार्यक्रमका विशेष वक्ता प्राेफेसर डा. तिमाेथि अर्यालले उत्साह, आंट, साहस र आत्मविश्वासकाे वारेमा वाेल्दै विध्यार्थिहरलाइ उत्प्रेरित गर्नुभएकाे थियाे भने प्रमुख अतिथि एनसिएफएनका अध्यक्ष रेभ. हनाेक तामाङ्गले जीवनमा आउने अवसर र चुनाैतिहरुकाे वारेमा प्रकाश पार्दै नयां पुस्तालाई मण्डली र राष्ट्रकाे जिम्मेवारी लिन अपिल गर्नुभएकाे थियाे । कार्यक्रममा उपत्यकाभरिका मण्डलीहरुवाट करिव २०० विध्यार्थिहरुकाे उपस्थिति रहेकाे थियाे । दक्ष र अनुभवि तथा विषयगत प्रशिक्षकहरुद्वारा प्रशिक्षण लिएपछि विध्यार्थिहरुमा उत्साह थपिएकाे र आत्मविश्वासमा वृद्धि भएकाे वताउंदै यस्ता प्रभावकारी युवा लक्षित कार्यक्रम निरन्तर गर्दै जाने युवा आयाेगका अध्यक्ष लाजरस तामाङ्गले वताउनुभयाे । अध्यक्ष तामाङ्गकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन सचिव मारिया तामाङ्गले गर्नु भएकाे थियाे ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला 
एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला 
ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
के हो अगाप्पे प्रेम ?
के हो अगाप्पे प्रेम ?
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने
वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
यशैया ५३ अध्याय र नयाँ करार
यशैया ५३ अध्याय र नयाँ करार
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम