आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
- आधुनिक विज्ञानको उदयमा बाइबलको निकै प्रभाव छ ।
- बाइबल द्वारा र बाइबल माथि विश्वास गर्ने व्यक्तिहरूले नै आधुनकि विज्ञानको उदय गरेका थिए ।
आधुनिक विज्ञानको उदयमा बाइबलको निकै प्रभाव छ । बाइबल द्वारा र बाइबल माथि विश्वास गर्ने व्यक्तिहरूले नै आधुनकि विज्ञानको उदय गरेका थिए । चाहे उ कोपरनिकस होस वा अल्वर्ट आइन्सटाइन वा लुई पास्चर नै यी सबै बाइबलबाट प्रभावित भएका व्यक्तिहरू हुन् । बाइबलले पनि आधुनिक विज्ञानको खोज तथा अनुसन्धानमा विशेष भुमिका खेलेको छ । चाहे त्यो पृथ्वीको सन्दर्भमा होस् वा जलचक्रको बारेमा । बाइबलले नै आधुनिक विज्ञानको र वैज्ञानिकहरू जन्मायो भन्दा फरक नपर्ला ।विश्वको इतिहासको बारेमा हामीलाई उत्पत्ति १स्१ ले बताउँछ । “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।” बाइबलमा रहेका थुप्रै वैज्ञानिक तथ्यहरू वैज्ञानिक खोजद्वारा पत्ता लगाइनुभन्दा कयौँ शताब्दी अगाडी लेखिएका थिए । बाइबलमा हामी वैज्ञानिक तथ्यहरू मात्र पाउँदैनौँ तर बाइबलमाथि विश्वास गर्नेहरूले नै आधुनिक विज्ञानको उदय गराउनमा उल्लेखनीय भूमिका निवार्ह गरेका थिए भनी साक्षीहरूले देखाउँछन् । अय्युब २६स्७ ले पृथ्वी शून्यतामा झुन्डिएको छ भनेर बताउँछ । आधुनिक खगोल विज्ञानले हामीलाई बताउँछ कि पृथ्वी कुनै पनि थोक वा बस्तुमा अडिएको छैन । पृथ्वीको गुस्रुत्वाकर्षण शक्तिको कारण पृथ्वी सूर्यको वरिपरि आफ्नो छुट्टै कक्षमा कसैको हस्तक्षेपविना नै शून्यतामा परिक्रमा गर्छ । यति मात्र होइन बाइबलले पृथ्वी गोलाकार छ भनेर पनि यशैया ४०स्२२ मा बताएको छ । जियोडसी विज्ञानको एउटा शाखा हो जसद्वारा वैज्ञानिकहरूले पृथ्वीको आकार, गुरुत्वाकर्षण र घुमाइको मापन गर्छ । जियोडसीको मापनले यो पृथ्वी गोलो छ भन्ने देखाउँदछ । अन्तरिक्षबाट लिइएका चित्रहरूले पनि पृथ्वी चन्द्रमाजस्तै गोलो छ भनी देखाउँछ ।
बाइबलले आकाशमा ताराहरू अनगिन्ती छन भनेर पनि बताउँछ ९यर्मिया ३३स्२२० । यसरी आधुनिक विज्ञानको सुरुवात हुनु भन्दा पहिला नै बाइबलमा यी कुराहरूको बारेमा उल्लेख गरिएको थियो । यही कुराहरूलाई नै आधुनिक वैज्ञानिकहरूले आधुनिक विज्ञानको उदय गराएका थिए ।
यसरी नै आधुनिक विज्ञानको उदय गराउनको लागि ख्रीष्टियान वैज्ञानिकहरूको विशेष भुमिका छ । लुई पास्चरले रेविज रोगको बिरुद्धमा खोप निमार्ण गरेर लाखौ मानिसहरूको ज्यान बचाए । यति मात्र होइन शुन्यताबाट केही आउँदैन भन्ने तथ्य पनि प्रमाणित गरेर चाल्र्स डार्विनको विकासबाद सिद्धान्तलाई अप्रमाणित पनि गरेका थिए । पास्चर पनि बाइबलबाट प्रभाव परेको व्यक्तिका साथै ख्रीष्टका चेला थिए । अल्वर्ड आइन्सटाइन जसले गुरुत्वकार्षणको नियम पत्ता लगाए उनी पनि बाइबललाई मन पराउने व्यक्ति थिए । माइमल फराडे, सर आइज्याक न्यूटन, थोमथ अल्वा एडिसन, लुई पास्चर, रोवर्ट बोइले, जोहनन केप्लर आदी सबै बाइबललाई प्रेम गर्ने व्यक्तिहरू र बाइबलबाट प्रभावित भएका आधुनिक वैज्ञानिकहरू थिए जसले आधुनिक विज्ञानको उदयमा विशेष योगदानको भुमिका निर्वाह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
सरीता थापाको छोटो चिनारी ।
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर







