single page header banner

उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न

Pramodkhadka Pramodkhadka
शुक्रबार, श्रावण 21, 2080
Social buttons loaded
समाचार सारांश
  • गत अप्रिल ९ तारिखका दिन सम्पन्न भएको उपत्यकाव्यापी पुनरुत्थान महोत्सव २०२३ सब्य तथा भव्यताका साथ सम्पन्न भएकोमा सबै कुराको श्रेय परमेश्वरलाई दिँदै धन्यवाद तथा समिक्षा बैठक हिजो बैशाख ७ गतेका दिन उपत्यकाव्यापी पुनरुत्थान महोत्सव २०२३ का मुल आयोजक समितिका अध्यक्ष रेभ.
  • हरि प्रधानज्यूको अध्यक्षतामा पाटन क्वाइनोनिय मण्डली ललितपुरमा सम्पन्न भयो ।

गत अप्रिल ९ तारिखका दिन सम्पन्न भएको उपत्यकाव्यापी पुनरुत्थान महोत्सव २०२३ सब्य तथा भव्यताका साथ सम्पन्न भएकोमा सबै कुराको श्रेय परमेश्वरलाई दिँदै धन्यवाद तथा समिक्षा बैठक हिजो बैशाख ७ गतेका दिन उपत्यकाव्यापी पुनरुत्थान महोत्सव २०२३ का मुल आयोजक समितिका अध्यक्ष रेभ.हरि प्रधानज्यूको अध्यक्षतामा पाटन क्वाइनोनिय मण्डली ललितपुरमा सम्पन्न भयो ।

उक्त बैठकमा उपत्यकाका तीनै जिल्लाका पाष्टर तथा अगुवाहरुका साथै मुल आयोजक समितिका पदाधिकारीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रम सब्य, भव्य तथा असल तरिकाले सम्पन्न भएको साथै परमेश्वरको महिमा भएको बैठकको निश्कर्ष रहेको छ । कार्यक्रममा विशाल शान्तिपद् यात्रा (¥याली) असल तरिकाले भएको, कार्यक्रम स्थल, सुरक्षा, स्वयंसेवक तथा सेविकाहरुहरु, खानेपानीको व्यवस्थापन, रक्तदान कार्यक्रम लगायत अन्य सबैकुराहरु व्यवस्थित भएको भएता पनि केही सुधार गर्नु पर्ने ठाउँहरु भएको र आगामी दिनमा यसलाई सुधार गरी अभै प्रभावकारी तरिकाले गर्न सकिने कुरा उपस्थित पाष्टर तथा अगुवाज्यहरुले औलाउँनु भएको थियो । उपस्थित पाष्टर तथा अगुवाज्यहरुले औलाउँनुभएका सुधार गर्नु पर्ने कुराहरुलाई आगामी दिनमा गम्भिरताका साथ आत्मासाथ गरिने सबैले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मुल आयोजक समितिका संयोजक पाष्टर जिरमान राईज्यूले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा करिब २०,००० जना व्यक्तिहरु कार्यक्रममा उपस्थित भएको, ३०६ जनाले रक्तदान गरेको आदि उल्लेख गरिएको थियो । त्यसै गरी मुल आयोजक समितिका कोषाध्यक्ष पाष्टर इन्द्र कुमार बस्नेतज्यूले आय–व्यय प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनहरुलाई विस्तृतरुपमा छलफल गरी केही सुझावहरुका साथ सर्वसम्मतिले पारित गरिएको थियो । कार्यक्रममा मुल आयोजक समितिका अध्यक्ष रेभ.हरि प्रधानज्यूले कार्यक्रम सफल पारिदिनुभएकोमा परमेश्वरलाई धन्यवाद दिनुभएको थियो । त्यसै गरी उहाँले उपत्यकाका सबै मण्डलीहरु, पाष्टर तथा अगुवाज्यूहरु, विभाग तथा क्षेत्रका संयोजकहरु, रक्तदान गर्नेहरु र रक्तदानमा सहयोग गर्नेहरु, स्वयंमसेवक तथा सेविकाहरु, निशुल्क खाने पानीको व्यवस्थापन गर्नेहरु, कार्यक्रमका वक्ताहरु, संस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेहरु, नेपाल सरकार तथा सुरक्षा निकायहरु, पत्रकार तथा मिडिया हाउसहरु, मुल आयोजक समितिका पदाधिकारीहरुका साथै प्रत्यक्ष–अप्रत्यक्षरुपमा सहयोग, प्रार्थना तथा सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुभएको थियो ।

अन्तमा मुल आयोजक समितिका अध्यक्ष रेभ.हरि प्रधानज्यूले मुल आयोजक समितिको २ वर्षिय कार्यकाल सफलताका साथ सकिएकोले मुल आयोजक समितिलाई विघटन गरी अर्को बैठकमा नयाँ उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ मुल आयोज समिति गठन गरिने जानकारीका साथ अन्तिम प्रार्थना गरी धन्यवाद तथा समिक्षा बैठक सम्पन्न भएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम