बाइबलमा केटाहरूको हेअर स्टाइल
- पवित्र म.
- भण्डारीको जन्म एक हिन्दु परिवारमा नेपालको कास्कि जिल्ला को ।
पवित्र म. भण्डारीको जन्म एक हिन्दु परिवारमा नेपालको कास्कि जिल्ला को । भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो। बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू गरे पनि द. कोरिया गएर उच्च शिक्षा अध्ययन गर्नुभयो। MDiv र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयवाट र PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयवाट गर्नुभयो। हाल जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गरीरहनुभएका भण्डारी विभिन्न बाइबल कलेजमा पनि पढाउनु हुन्छ ।
प्रभु येशूको परिकल्पना गरेर तयार गरीएको तस्विरमा कपाल लामो र अलिकति दाह्री जुँगा भएको देखाइन्छ। के येशूको कपाल लामै थियो होला त ? बाइबलमा लेखिएको कपाल सम्बन्धी तथ्यहरूबाट हामीले निश्चित गर्न नसके पनि केहि मात्रमा अनुमान लगाउन सक्छौं।
येहुदीहरुले आफ्नो कपाललाई महत्वपूर्ण ठान्दथे। मिश्री तथा अस्सुरहरुको पुरानो मुर्तिकलाहरू ले उनिहरूको कपालको उदाहारण दिन्छ तर येहुदीहरु को कपाल उनीहरू भन्दा फरक भएको पाउँछौं । उत्पत्ती ४१ः१४ मा योशेफले कपाल काटेर फारोको अघि लगिएको थाहा हुन्छ। मिश्रीहरू ले छोटो कपाल रुचाउंथे भने येहुदीहरूको कपाल केहि लामो हुने गर्थ्यो।
सुन्दरतामा सारा इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन। शिरदेखि पैतालासम्म तिनमा कुनै खोट थिएन। जब तिनले आफ्नो कपाल काट्थे (किनभने गह्रौँ भएकोले समय समयमा तिनले आफ्नो कपाल काट्थे ) तब राजकीय तौलबमोजिम तिनको केश दुई सय शेकेल हुन्थ्यो। २ शमूएल १४ः२५,२६ ।
माथिको पद लाई हेर्दा यो थाहा हुन्छ की यहुदीहरूले कपाल सधै काटेर छोटो राख्ने होइनन् तर बेला बेलामा काटेर यसलाई मिलाउने छोट्याउने गरेको अनुमान लगाउन सकिन्छ ।
परमेश्वरको सेवा गर्ने लेवि तथा पुजाहारीलाई इजकिएल अगमवक्ताले कस्तो हेअर स्टाइल चाहिन्छ भनेर निर्देशन नै दिएको पाउँछौं । त्यस्तै निर्देशन लेविको पुस्तकमा पनि छ ।
“‘तिनीहरूले आफ्ना केश मुड़ाउनुहुँदैन अथवा ती लामा बढ्न पनि दिनुहुँदैन, तर तिनीहरूले आफ्नो केश छोटो गरी काट्नुपर्छ। (इजकिएल ४४ः२०)
“‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, अनि आफ्नो दाह्रीका कुना कुना नछाँट्नू। लेवीहरू १९ः२७
परमेश्वरमा भाकल गर्नेहरुले कपाल काट्दै नकाट्ने गरेको कारणले येहुदी सबै येहुदीहरुले सँधै नकाट्ने होइन (न्यायकर्ता १३ः५)। तर परमेश्वर संग भाकल नगर्नेहरुले वेलावेलामा कपाल काट्दथे भनेर हामी जान्न सक्छौं। पावलले पनि आफ्नो भाकल पुरा गरेपछि कपाल काटेको हामीले प्रेरितको पुस्तकमा देख्दछौं।
“‘तब त्यस नाजिरीले भेट हुने पालको ढोकामा आफूले अर्पण गरेको कपाल खौरोस्, र त्यो कपाल लिई मेलबलिको मुन्तिर रहेको आगोमा हालिदेओस्। गन्ती (६ः१८)
यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्नो कपाल खौरे। प्रेरित १८ः१८
तर यस पदमा छोटो भनेको कति हो भनेर निश्चित गर्न गाह्रो हुन्छ तर येहुदीहरुको केश मिश्री तथा अन्य जातिको भन्दा केहि लामो हुने भएकोले हामीले के भन्न सक्छौं भने कपाल ठिकैको लम्बाई थियो।
नयाँ करारको समयमा लोग्ने मानिसको कपाल लामो भएकोलाई सर्म सँग तुलना गरेको पाइन्छ।
पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र (१ कोरिन्थी ११ः१४)
येशूको कपाल लामै थियो भनेर मानिसलाई थाहा भएको भए पावलले यसरी लेख्ने थिएनन् होला। यो पनि हाम्रो अनुमान मात्रै हो। येशूको कपाल यस्तै थियो भनेर ठोकुवा गर्न नसकिए पनि बाइबलले हामीलाई छोटो सुहाँउदो सर्ममा पर्नु नपर्ने कपाल राख्न निर्देशन दिएको बुझ्न सक्छौं। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। (मत्ती १०ः३०) यसरी हाम्रो कपालको केश समेत गन्ने परमेश्वरले हाम्रो कपालको स्टाइल पनि जाँच्नु हुन्छ जस्तो मलाइ लाग्छ। तर हामीले कपाल अलिक लामो राखौं या छोटो काटौं तलका पदलाई हृदयमा राखेर गर्छैँ भनें परमेश्वर हामी सँग रुष्ट हुनुहुँदैन ।
यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्वरको मण्डलीलाई होस्। जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्न राख्ने कोसिस गर्दछु, म आफ्नै होइन, तर धेरैको हित खोज्दछु, ताकि तिनीहरूको उद्धार होस्। १ कोरिन्थी १०ः३१ द ३३
मेरो र्तक यो छ कि मानिसहरूको सामु सभ्य र भलाद्मि देखीने परमेश्वरको गवाही दिदाँ मानिसहरुले नकरात्मक टिप्पणी गर्न नपाउने हिसाबले कपाल मिलाउँदा असल होला। कपाल पनि आफ्नै खुशीको लागि भन्द परमेश्वरको गवाहीको लागि बनाउँदा कस्तो होला ?
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
चार्ली च्याप्लिनको : प्रेरक जीवन







