Tag: nepalichurch
चार्ली च्याप्लिनको : प्रेरक जीवन
चार्लीको बुबाको ३७ वर्षकै उमेरमा मृत्यु भयो । उनकी आमा बहुलाइन् र चार्ली सडक बालबालिका अर्थात खातेको जीवन बिताउन बाध्य भए । चार्ली चाप्लिनको अनाथ जीवन निकै संघर्षमय थियो । जे भेट्यो त्यही खाने, झुत्रे झाम्रो लगाउने, फुटपाथमा सुत्ने भयो । तर फुटपाथको यो घुमन्तेको जीवनबिच पनि उनले सबैलाई हसाउन सफल भए । धेरै नै अपमान, असफलता र घृणा सहँदै उनले आफ्नो कला यात्रा जारी राखे । १७ वर्षको उमेरदेखि पूर्णतः व्यवसायिक कलायात्राको थालनी गरे ।

