कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
- १४ श्रावण , काठमाडौँ ।
- कन्सेप ईन्टरनेशनलले आफ्नो स्थापनाको दोस्रो वर्षगाँठ मनाएको छ ।
१४ श्रावण , काठमाडौँ । कन्सेप ईन्टरनेशनलले आफ्नो स्थापनाको दोस्रो वर्षगाँठ मनाएको छ । यही जुलाई २३ मा भर्चुअल माध्यममार्फत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई प्रोफेशनल्स तथा पेशागत व्यक्तिहरुको सहभागीतामा दोस्रो वार्षिकोत्सव सुसम्पन्न गरेको हो । कार्यक्रममा कन्सेप इन्टरनेशनल कार्यकारी समितिका सदस्य डा.ओलक सुनुवारले वचनबाट उत्साह दिनुभयो भने कन्सेप इन्टरनेशनल वोर्डका अध्यक्ष पास्टर क्रिस काफ्लेले कन्सेपको आइडेन्टीटी र मोडालिटीका वारे प्रकाश पार्नु भयो ।
कन्सेप इन्टरनेशनल वोर्डका महासचिव डा.विष्णु रेग्मीले कन्सेप इन्टरनेशनलको पृष्ठभूमी, परिचय, उद्देश्य र यस्का कार्ययोजनाहरु वारेमा जानकारी गराउनु भयो ।त्यस्तै, कन्सेप इन्टरनेशनल कार्य समितिका अध्यक्ष सुजन जोशीले कन्सेप इन्टरनेशनलको दर्शन र मिसनका वारेमा प्रष्टयाउनु भयो । कन्सेप इन्टरनेशनल बोर्डका कोषाध्यक्ष कृष्ण कालेब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।पास्टर आर महर्जनले एकतामा नै वल छ भन्ने विषयमा संदेश वाँड्नु भयो भने पास्टर भिम गुरुङले कन्सेपको आगामी योजनाको वारेमा बताउनु भयो । दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई कन्सेप इन्टरनेशनल कार्य समितिका अर्का सदस्य डि.वि.राउतले संचालन गर्नु भयो भने कन्सेप इन्टरनेशनल कार्य समितिका उपाध्यक्ष पास्टर रमेश मैनालीले धन्यवाद ज्ञापन गर्न भयो ।
अमेरिकालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई पेशागत तथा व्यवसायीहरुको एक समूह हो । जसले नेपाललगायत अन्तराष्ट्रिय समुदायमा धार्मिक सहिष्णुता,सामाजिक समानता र आर्थिक उत्थानको प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
यो कस्तो प्रेम ?
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी







