single page header banner

जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने

Pramodkhadka Pramodkhadka
शुक्रबार, बैशाख 31, 2082
Social buttons loaded
समाचार सारांश
  • ग्लाेवल लिडर समिट (जिएलएस) ललितपुर स्थित हाेटल हिमालयमा सम्पन्न भएको छ ।
  • लिडर्स समिटमा विभिन्न संघ संस्था सेमिनारी बाइबल कलेज तथा चर्चहरु वाट करिव १०० भन्दा वढी अगुवाहरुको सहभागिता रहेको थियो ।

ग्लाेवल लिडर समिट (जिएलएस) ललितपुर स्थित हाेटल हिमालयमा सम्पन्न भएको छ । लिडर्स समिटमा विभिन्न संघ संस्था सेमिनारी बाइबल कलेज तथा चर्चहरु वाट करिव १०० भन्दा वढी अगुवाहरुको सहभागिता रहेको थियो ।

समिटमा पांच वटा सेसन अन्तर्गत प्रसिद्ध वक्ता, प्रसिद्ध वेस्टसेलर लेखक, खेलकुद क्षेत्रका विजेता खेलाडि तथा प्रशिक्षक, स्वर्ण पदक विजेता, प्रख्यात कथा वाचक तथा शिक्षक आदी विभिन्न क्षेत्रका अति प्रतिष्ठित वक्ताहरुले सिकाउनुभएको थियो । अंग्रेजी माध्यमवाट भएकाे समिटमा सवै शिक्षकहरुले भिडियाे माध्यमवाट सिकाउनुभएको थियाे । सेसनको अन्तमा सहभागीहरुले त्यस विषयमा ग्रुप डिस्कसन गरी त्यसको गहिराइलाइ मनन गरेका थिए र ग्रुप लिडरले निष्कर्षहरु सुनाएका थिए ।

अगुवाहरुले उदाहरणद्वारा चर्च, समुदाय आदिमा प्रभाव पार्नु पर्छ । विश्वव्यापि रुपमा समाज, राजनिती, व्यापार या जुन सुकै क्षेत्रमा पनि आज जे जस्ताे संकट पैदा भएको छ यसको समाधान एउटा सबल, सक्षम र उदाहरण द्वारा नेतृत्व गर्ने या प्रभाव पार्ने अगुवाकाे निर्माणद्वारा मात्रै सम्भव भएकाे र यस्ताे अगुवाहरु निर्माण गर्न र उनिहरुलाइ शशक्तिकरण गर्न जिएलएस प्रभावकारी माध्यम भएको रेभ. पा. सामुएल सोदेम्वाले वताउनुभयाे ।

अघिल्लो वर्ष नेपालका पुर्व देखि पश्चिम सम्म २२ स्थानमा सम्पन्न भएको नेपाली जिएलएस यस वर्ष पनि देशैभरका चर्चहरुमा एकै साथ हुने जिएलएस नेपालका सचिव पा. राजेन्द्र मल्लले जानकारी दिनुभयो । सचिव मल्लका अनुसार फागुन ७ गते हुने उक्त समिटको लागि चर्चहरुले जिएलएस नेपालमा सम्पर्क गर्नुपर्नेछ । समिटमा २५ जना भन्दा वढिको सहभागिता सुनिश्चित हुनु पर्नेछ । खाजाको लागि जिएलएसले प्रति व्यक्ति १०० रुपैयां अनुदान पनि उपलव्ध गराउने वहांले जानकारि दिनुभयो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम