बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
- बाइबलमा एउटा व्यक्तिको नाउँ तिनको स्वभावको वर्णन हो ।
- त्यसरी नै धर्मशास्त्रमा परमेश्वरका विभिन्न नाउँहरू उहाँको स्वभावका विभिन्न वर्णनहरू हुन त्यसकारण वृस्तीत अर्थमा परमेश्वरको नाउँ हामीलाई परमेश्वरबारे भन्ने सबै कुराहरू सरह हुन्छ ।
बाइबलमा एउटा व्यक्तिको नाउँ तिनको स्वभावको वर्णन हो । त्यसरी नै धर्मशास्त्रमा परमेश्वरका विभिन्न नाउँहरू उहाँको स्वभावका विभिन्न वर्णनहरू हुन त्यसकारण वृस्तीत अर्थमा परमेश्वरको नाउँ हामीलाई परमेश्वरबारे भन्ने सबै कुराहरू सरह हुन्छ । प्रभुको प्रार्थनाको एउटा भागको रूपमा हामीले “तपाईको नाउँ पवित्र होस् (मत्ति ६:९) ।” भनि प्रार्थना गर्दा, हामीले यो प्रार्थना गरिरहेका हुन्छौँ कि मानिसहरूले यस्तो तरिकाले परमेश्वरको कुरा गरून जो उहाँलाई सम्मान गर्ने किसिमको होस् । अनि जसले उहाँको स्वभावलाई प्रतिबिम्बित गरोस् । परमेश्वरको नाउँलाई कामहरूको साथै शब्दहरूद्धारा पनि आदर गर्न सकिन्छ किनभने हाम्रो कार्यहरूले सृष्टिकर्ताको गुणलाई प्रतिबिम्बित गर्दछ जसको हामी सेवा गर्छौँ (मत्ति ५:१६) । त्यसकारण परमेश्वरको नाउँलाई आदर गर्नु परमेश्वरलाई आदर गर्नु हो । “परमप्रभु आफ्नो परमेश्वरको नाउँ व्यर्थैमा नलिनु” प्रस्थान २०:७ भन्ने आज्ञा उहाँको बारेमा मुर्खता पूर्ण वा भ्रामक ढङ्गमा बताउने शब्दहरूद्धारा वा उहाँको साँचो स्वभाव प्रतिबिम्बित नगर्ने कार्यहरूद्धारा हामीले उहाँको प्रतिष्ठालाई अनादर नगरौँ भन्ने आज्ञा हो ।
बाइबल लेखिएको समय र त्यहाँको संस्कृतिमा नामको विषेश महत्व हुन्थ्यो । यसैले परमेश्वरले पनि आफुलाई मानिसहरूमा चिनाउँनु हुँदा पक्कै पनि ठुलो महत्व भएको नाम नै छान्नु भएको हामी पाउँछौँ । इस्राएलीहरूलाई उहाँको नामको अर्थबाट उहाँको चरित्र र उहाँलाई चिन्न सजिलो भएको थियो । यसैले भजनसंग्रह १४८:१३ ले भन्दछ, “यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र महान् छ, उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ ।”
१.एलोहिम
एलोहिम पुरानो करारमा प्राय प्रयोग भएको नाम हो । एलोहिम शब्द बहुवचन शब्द हो । त्यसैले धेरै शताब्दी देखी नै यसलाई त्रिएक परमेश्वरको रूपमा विश्वास गरिन्छ तर यहुदिहरूले भने त्रिएकलाई स्वीर्कादैनन् । साथै केहि ईश्वर शास्त्रीहरूले पनि यसलाई उहाँको गौरव÷महिमा को बहुवचन हो न कि संख्यात्मक बहुवचन हो भनि भन्दछन् । एलोहिमको अर्थ सृष्टिकर्ता परमेश्वर हो ।
उत्पत्ति १:१ “आदिमा परमेश्वरले (एलोहिम) आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।
त्यसपछि एउटै नाउँ एलोहिम पुरानो करारमा करिब दुई हजार पाँचसय पल्ट आउँछ । यस्तै एउटा वेव साइट अनुसार एलोहिम भन्ने शब्द पुरानो करारमा २५७० पटक उल्लेख गरिएको छ । यस बिषयमा डेरेक विल्यम्स लेख्छन्, “एलोहिम एल्को बहुवचन शब्द हो, तर एक वचनकै रूपमा विवेचना गर्न सकिन्छ । केवल ‘परमेश्वर’ भनेर अनुवाद गरिएको छ र सृष्टि गरिएका अस्तित्वह?को तुलनामा ईश्वर वा उहाँका सम्बन्धमा सबै विचारहरू व्यक्त गर्दछ ।” एलोहिम हिब्रू शब्द हो जसले सृष्टिकर्ता परमेश्वरको रूपमा चिनाउँदछ । हिब्रू शब्द एलोहिम बहुबचन भएतापनि यो एक वचन क्रियापदहरूसँग प्रयोग गरिएको छ । डब्लु एफ अबल्राईट तथा आर जे विलियम्स जस्ता लेखकहरूले एलोहिमलाई परमेश्वरको बहुवैभव र बहु आदर र विभिन्न स्वरूपहरूको समग्रतालाई जनाउँछ भनेर भनेका छन् (वल्फ, पेन्टाट्युक,२६) ।
२. यह्वे,यहवे
याह्वे इस्राएलको परमेश्वरको विशिष्ट नाम हो । यसको वास्तविक उच्चारण हराइ सक्यो । किनभने यहुदिहरूले यो नामलाई धेरै पवित्र छ भनि उच्चारण गरेनन् । यसको अर्को उच्चारण यहोवा हो । खासमा यह्वे मात्र परमेश्वरको पक्का नाम हो । जसद्धारा पुर्वजहरूले विशेष रूपले उहाँलाई चिने । कतिपय विद्धानहरूले यहवेको अर्थ प्रस्थान ३:१४ मा भएको ‘म हुँ जो म हुँ’ संग मिल्दो छ भनि भन्छन् । किनकी ‘म हुँ’ चाहिँ हिब्रु यह्वे संग मिल्दो जुल्दो छ । याह्वेलाई ग्रीकमा कुरीओस भने भनिन्छ । नेपालीमा परमप्रभु भनेर लेखेको पाउँछौँ ।
पारम्परिक रूपमा यो नाउँ अंग्रेजीमा “Jehovah” शब्दबाट प्रतिनिधित्व भएको छ । तथापि अङ्गे्रजीमा यस नाउँको निम्ति प्रयोग भएको शब्द “Jehovah” मात्र होइन । यरूशलेम बाइबलमा “Yahweh” लेखिएको छ । यसले सायद हिब्रू मौलिक उच्चारणको नजिक पु¥याउँछ । अर्का संस्करण बर्कले बाइबललमा यो नाउँ “æThe EternalÆ” भनेर अनुवाद गरिएको छ । अर्को शब्दमा यो गुणबाचक शब्दमा अनुवाद भएको छ । हामी देख्छौँ, यस नाउँको सरोफेरोमा एउटा निश्चित रहस्य रहेको छ ।
æThe EternalÆ
यसको मौलिक हिब्रू ?पमा यस नाउँभित्र चारओटा व्यञ्जनहरू अर्थात y-h-w-h छन् । यसमा स्वरवर्णमध्ये एउटै अक्षर छैन । सामान्यतया हिब्रू भाषामा व्यञ्जनहरू मात्र लेखिन्छन् भनी हामीले बुझ्नु जरूरी छ । …परमेश्वरको यस पवित्र असाधारण नाउँमा चारवटा व्यञ्जन अक्षरहरू उच्चारण गरेका छैनन् । इस्राएलको दोस्रो मन्दिरको समयदेखि यहुदीहरूले यस नाउँको उच्चारण गरेका छैनन् । तिनिहरूबाट उच्चारण हुनको लागि यो नाउँ ज्यादै पवित्र ठानिएको थियो । यसैकारण यो नाउँ हिब्रू धर्मशास्त्रमा जहाँ जहाँ आउँछ, तिनीहरूले त्यसको सट्टा अर्कै नाउँ थपे । तिनीहरूले त्यसको सट्टामा “Adonai” राखे,जसको अर्थ “मेरो प्रभु” हुन्छ । “Adon” अर्थ प्रभु हुन्छ । चाखलाग्दो तथ्य के छ भने एलोहिम जस्तै अदोनाइ शब्द ?पमा बहुबचन छ एक बचन रूप “adoni” हो ।
३. एडोनाई
एडोनाइको हिब्रु अर्थ मेरो प्रभु मेरो मालिक मेरो प्रभु मेरो मालिक, प्रस्थान २३:१७, ३४:२३, यहोशु ३:१३ ।
एडोनाइ शब्दले यो बुझाउँछ कि परमेश्वरका जनहरू पूर्ण रूपमा उहाँमा आश्रीत छन् र उहाँलाई स्वीकार गर्छन । एडोनाइ शब्दलाई बाइबलमा कहिल्यै कहिँ मानिसहरूको सम्बन्धलाई देखाउनु पनि प्रयोग गरिएको छ । जस्तै उत्पत्ति २४:१२ मा अब्राहमको नोकरले अब्राहमलाई आफ्नो एडोनाइ वा मालिक भनेर भनेका छन् । “Adonai बहुबचन शब्द हो र यसको एक बचन Adon हुन्छ । जसको अर्थ ‘मालिक’ वा प्रभु भन्ने हुन्छ । पुरानो करारमा बहुबचको रूपमा ३०० पटक प्रभु भन्ने शब्दमा प्रयोग गरिएको छ भने २१५ पटक एकवचनमा मानिसको लागि प्रयोग गरिएको छ । बाइबलमा सबै भन्दा पहिलो पटक प्रयोग भने उत्पत्ति १५:२ मा गरिएको हो ।”
४. एल
एल एक वचन शब्द हो । कसै कसैले यो विचार गर्छन् कि एलोहिम Elohim र एल EL शब्द एकै शब्दावाली हुन । जहाँ एल एक वचन हो भने एलोहिम वहुवचन हो । एल शब्दको अर्थ शक्तिशाली हुनु भन्ने बुझिन्छ । जसको अर्थ सर्वशक्तिमान हुन आउँछ । “एल भन्ने शब्द पुरानो करारमा करिब २५० प्रयोग भएको छ ।”
५. एलशदाइ
सर्वशक्तिमान परमेश्वर (उत्पत्ति १७:१) यस नाम पुरानो करारमा ७ पटक प्रयोग भएको छ । सबै भन्दा पहिला प्रयोग भएको पद उत्पत्ति १७:१ हो । Saddai को अर्थ सर्वशक्तिमान हुन्छ ।
६.एल–एलयोन
सर्वोच्चको परमेश्वर उत्पत्ति १४:१८,भजनसग्रह ९:२ । एल–एलयोन परमेश्वरको भन्ने शब्द पुरानो करारमा २८ पटक उल्लेख गरिएको छ । यो नाम भजनसंग्रहमा १९ पटक प्रयोग भएको छ । यस नाम सबै भन्दा पहिलो पटक प्रयोग उत्पत्ति १४:१८ मा गरिएको हो ।
७. एलओलाम : अनन्तका परमेश्वर (उत्पत्ति २१:३३, यशैया ४०:२८)
८.एलरोई : देख्नुहुने परमेश्वर (उत्पत्ति १६:१३) ।
९. एलबेरिथ: करारका परमेश्वर (न्यायकर्ता ९:४६)
१०. एलोहिम शाबोथ : सेनाहरूका परमेश्वर (१शमुएल ४:४, २शमुएल ६:२)
११. यह्वे शब्दका नामहरू
१२. यह्वे इरे (उत्पत्ति २२:१४) अर्थ परमप्रभुले जुटाउनु हुन्छ ।
१३. यह्वे रफा (प्रस्थान १५:२६) अर्थ निको पार्नुहुने परमप्रभु
१४. यह्वे निस्सी (प्रस्थान १७:८–१५) अर्थ परमप्रभु मेरो झण्डा
१५. यह्वे शालोम (न्यायकर्ता १३) अर्थ शान्तिको परमप्रभु
१६. यह्वे राह् (रोहि) (भजनसंग्रह २३:१) अर्थ परमप्रभु मेरो गोठालो
१७. यह्वे सेदेक (यर्मिया २३:६) अर्थ परमप्रभु मेरो धार्मीकता
१८. यह्वे सम्माह् (इजिकिएल ४८:३५) अर्थ परमप्रभु त्यहाँ हुनुहुन्छ
१९. यह्वे शाबोथ (यहोशु ४:१४) अर्थ सेनाह?का परमप्रभु
२०. यहोवा–सेवाओथ (यशैया १७:१२–१४, २८:१९) अर्थ सिपाहीका परमेश्वर वा एकजना कप्तान
२१. यहोवे मक्कादलेश्चसेम (प्रस्थान ३१:१३) अर्थ हामीलाई शुद्ध पार्ने परमेश्वर हुनुहुन्छ ।
अन्य नामहरू व्यवस्था दिनुहुने, न्यायकर्ता, किल्ला, धरहरा, शरणस्थान, छुट्कारा दिनुहुने, गोठालो, पति आदी हुन् । अल्फा र ओमेगा अर्थ आदि र अन्त्य ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा







