single page header banner

मुक्ति : बाइबलिय अर्थ 

admin admin
आइतबार, कार्तिक 3, 2079
Social buttons loaded
समाचार सारांश
  • पवित्र म.
  • भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो।

पवित्र म. भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो। बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू गरे पनि द. कोरिया गएर उच्च शिक्षा अध्ययन गर्नुभयो। MDiv र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयवाट र PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयवाट गर्नुभयो। हाल जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गरीरहनुभएका भण्डारी विभिन्न बाइबल कलेजमा पनि पढाउनु हुन्छ ।

पवित्र म. भण्डारी

मुक्ति अर्थात् salvation नयाँ करारमा soteria भन्ने ग्रिक शब्दबाट आएको हो जुन बचाउने व्यक्ति तथा मुक्तिदाता अर्थ भएको soter र बचाउनु, छुटाउनु तथा मुक्त पार्नु भन्ने अर्थ भएको sozo शब्द संग सम्बन्धित छ । त्यसै अर्थमा बाइबलको नयाँ करारमा प्रयोग भए अनुसार मुक्ति शब्दले कुनै खतरा , विनाश तथा जोखिम बाट बचाइनु भन्ने अर्थ दिन्छ ।

बाइबलमा प्रयोग भएको soteria ग्रीक शब्दले नेपाली भाषाको मुक्ति शब्द भन्दा बढि अर्थ दिन्छ । कुनै विनाश हुन बाट जोगाइनु भन्ने अर्थको साथै यसमा सुरक्षित ठाउँमा पुनर्स्थापना गरिनु ‘ सुस्वास्थ्य दिनु तथा असिसित पारिनु भन्ने अर्थपनि राख्दछ ।

पुरानो करारमा मुक्ति 

1. साधारण सुरक्षा तथा विजय – पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ। (हितोपदेश 11:14) यस पदमा विजय भनि उल्था गरिएको शब्द ग्रीक मा उल्था गर्दा soteria लेखिएको छ ।

2. छुटकारा – त्यस दिन तिनिहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँ माथि भरोसा गर्‍यौं र उहाँ ले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँ माथि हामीले भरोसा गर्‍यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।” (यशैया 25:9) अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्‍नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ। (भजनसंग्रह 20:6) यि पदहरूमा दिइएको बचाउनु भयो तथा उद्धार भन्ने शब्द अंग्रेजी बाइबलमा deliverance हो भने ग्रीक शब्द soteria हो ।

3. शत्रुबाट बचाइनु – त्‍यसपछि तिनलाई साह्रो तिर्खा लाग्‍यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, “तपाईंले आफ्‍नो दासलाई यो ठूलो विजय दिनुभयो, र अब के म तिर्खाले मर्नु? यी बेखतनाका हातमा पर्नु?” (न्यायकर्ताहरू 15:18) यहा भनेको परमेश्वरले दिनुभएको विजय soteria हो।

4. लाल समुद्रमा बचाइनु – मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिल्‍यै देख्‍नेछैनौ। (प्रस्‍थान 14:13) यस पदमा परमेश्वरले लाल समुद्रमा दिनुहुने छुट्कारालाई मुक्ति ( soteria) भन्ने शब्द दिइएको छ ।

5. परमेश्वरले भविष्यमा ल्याउनुहुने मुक्ति -तर इस्राएलचाहिँ परमप्रभुद्वारा उहाँको सदासर्वदाको उद्धारद्वारा नै बचाइनेछ। अनन्‍त कालसम्‍म तिमीहरू कहिल्‍यै लज्‍जित हुनेछैनौ, अथवा तिमीहरूको बेइज्‍जत हुनेछैन। (यशैया 45:17)

6. मुक्तिको श्रोत परमेश्वर हुनुहुन्छ – परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌। मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌। (भजनसंग्रह 18:46)

नयाँ करारमा मुक्ति

यो शब्दले केहि पुरानो करारमा दिइएको अर्थलाई समेट्छ भनें धेरै जसो येशूमा परेमेश्वरले राख्नु भएको मुक्तिको योजनालाई जनाउँछ।

1. शत्रुबाट विजय – परमेश्‍वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्‍छ भन्‍ने मेरा भाइबन्‍धुले बुझ्‍लान्‌ भन्‍ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्‌। (प्रेरित 7:25) यो पदमा भएको उद्दार शब्द पनि मुक्तिको अर्थ लगाउने शब्दनै हो।

2. खतरा देखी सुरक्षा – विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए। (हिब्रू 11:7) यस पदमा बचाउन लाई भनिएको शब्द मुक्ति शब्द हो।

3. मुख्यतया नयाँ करारमा मुक्ति तथा बचाइनु भनेर उल्लेख भएको खण्डले आत्मिकी मुक्तिलाई जनाउँछ। किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो।” लूका 19:10 यस पदमा उल्लेख भएको बनाउनु को अर्थ संसार को विपति बाट भन्दा पनि आत्मिक मुक्तिको कुरा गरेको छ । पाप बाटको मुक्ति नै नयाँ करारमा उल्लेख गरेको घ र यहि मुक्तिको लागि प्रभुयेशू आउनु भएको हो भनि हामी जान्दछौं । किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। (यूहन्‍ना 3:17) त्यस्तै अर्थ 1 तिमोथी 1:15 मा पनि देख्न सक्छौं।

नयाँ करारमा मुक्तिको अर्थ येशू ख्रीष्ट को काम लाई अलग गरेर बुझ्न धेरै कठिन हुन्छ। हाम्रो मुक्तिलाई परमेश्वरको अनुग्रहलाई पनि सँगै बुझ्नु जरूरी हुन्छ। “किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो— (एफिसी 2:8)” र त्यस्तै यस मुक्तिको लागि मानिसको तर्फबाट विश्वास जरूरी हुन्छ। र यस मुक्तिलाई मानिसको पहुँच सम्म पुर्‍याउन पनि परमेश्वरले मानिस लाई प्रयोग गर्नुहुन्छ जस्तो पावलले भनेका छन्- व्‍यवस्‍थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्‍यवस्‍थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें। दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें। १ कोरिन्थी 9:21‭-‬22

निचोड: बाइबलमा मुक्तिले यस संसारका दुख विपति तथा सत्रुहरुबाट बचाइएको सिकाए पनि विशेष गरी नयाँ करारमा येशू ख्रीष्टको सेवाकाइको दृष्टीकोणबाट हेर्दा मुक्ति को अर्थ पापबाट क्षमा पाइने कुरालाई जनाउँछ जुन परमेश्वरको अनुग्रहमा विश्वास द्वारा प्राप्त गर्दछन् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
सच्चाइ केन्द्रकी  ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम