single page header banner

वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने

admin admin
आइतबार, आश्विन 19, 2079
Social buttons loaded
समाचार सारांश
  • हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ ।
  • यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ ।

हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ । यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ । नदीको मुहानको नजिक रहेका इलाकाहरूमा ज्यादा खतरा छ । ब्रिटेन, अष्ट्रिया र पेरु समेत दुनियाँ भरका विभिन्न विश्व विद्यालयका वैज्ञानिकहरूले एक गहन अध्ययनको आधारमा चेतावनी दिएका छन् ।

यिनमा नेपाल, चीन र भारतमा पनि एउटा ठुलो आबादीलाई यी तालहरूबाट उत्पन्न हुन सक्ने बाढीको खतराको बारेमा सुचित गरिएको छ । वैज्ञानिकहरूका अनुसार ३० वर्षमा संसारभर यस्ता तालहरूको संख्या ५० प्रतिशत सम्म बढेका छन् । वैज्ञानिकहरूले रिमोट सेंसिंग र सैटलाइट मार्फत यी तीन देशहरूमा यस्ता करिब ३,६२४ ग्लेशियल तालहरू अर्थात ग्लेशियर पग्लिएर बनेका तालहरू पत्ता लगाएका छन् । यिनमा सबैभन्दा बढी २,०७० तालहरू नेपालमा छन् । जो कोशी, गण्डकी र कर्णाली नदीको तटीय क्षेत्रको नजिक बसेका बस्तीहरूका लागि खतरा बन्न सक्छ । चीनमा यस्ता १,५०९ तालहरू छन् जब कि भारतमा ४५ तालहरू पत्ता लगाएका छन् । चीन र भारतमा यी तालहरू तिब्बत स्वायत क्षेत्रमा बनेका छन् ।

एक्सटर विश्वविद्यालयका जलवायु परिर्वनका बिशेषज्ञ प्रो.स्टिफन हैरिसन यसो भन्दछ, “केही तालहरू धेरै खतरनाक स्तरमा छन् ।” जसको अनुमान गर्न कठिन छ । यी तालहरू कुनै पनि समयमा फुट्न सक्छन् । भारतबाट प्रकाशित हुने दैनिक भास्करका अनुसार एण्डिज र हिमालय पर्वत श्रृंखलामा यसको खतरा धेरै छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित) जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित) जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
होम