राजनिति
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
भेटघाटमा NCF का अध्यक्ष रेभ हनोक तामाङ, NCS का अध्यक्ष रेभ ओम प्रकाश सुब्बा र NCF महासचिव रेभ शेरबहादुर एसीले “संभव छ” भन्ने मुख्य बिचारमा आधारित भएर दुबै दलका पदाधिकारीहरूलाई एकता वा गठबन्धनको संभावनाहरू खोजी गरी आउने चुनावमा उल्लेख्य परिणाम निकाल्न उत्साह र सुझाव दिनुभएको थियो। सामाजिक एकता पार्टीको तर्फबाट अध्यक्ष सीबी गहतराज, उपाध्यक्ष प्रेम कार्की, उपाध्यक्ष अष्टमाया लामा, उपाध्यक्ष ख्रीष्टभक्त महर्जन र सहमहासचिव मुरारी प्रसाद पाण्डे सहभागी हुनुहुन्थ्यो भने आमूल परिवर्तन मशिहा पार्टीका तर्फबाट अध्यक्ष भरत गिरी, उपाध्यक्ष डिल्ली चौलागाईं, कोषाध्यक्ष सोम नर्वु शेर्पा, उपमहासचिव पासाङ तामाङ लगायतका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो।
- « Previous
- 1
- 2

