पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित
- हालै पाकिस्तानमा डुनामिस (Dunamis) सेवकाइको विद्यालयको शुभारम्भ कार्यक्रम एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ ।
- आराधना, चेलापन र ख्रीष्टियन बोलावटको विषयमा धर्मशास्त्रबाट उत्साहजनक सन्देशसहित सुरु भएको उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी र आशिषमय रहेको थियो ।
हालै पाकिस्तानमा डुनामिस (Dunamis) सेवकाइको विद्यालयको शुभारम्भ कार्यक्रम एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ । आराधना, चेलापन र ख्रीष्टियन बोलावटको विषयमा धर्मशास्त्रबाट उत्साहजनक सन्देशसहित सुरु भएको उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी र आशिषमय रहेको थियो ।
कार्यक्रमको सुरुवातमा डुनामिस सेवकाइको विद्यालयका क्षेत्रीय संयोजक मुकेश तामाङले उपस्थित सबैलाई स्वागत गर्दै एउटा उत्कृष्ट आत्मिक वातावरण तयार पार्नुभएको थियो । सो अवसरमा बोल्दै संयोजक तामाङले भन्नुभयो, “यस विद्यालयको दर्शन भनेको विश्वासीहरूलाई परमेश्वरको वचनमा गहिरो जरा गाड्न सघाउनु र उनीहरूको बोलावटअनुसार प्रभावकारी सेवकाइको निम्ति सुसज्जित गर्नु हो पवित्र आत्माको शक्तिद्वारा वचनलाई प्रज्वलित गर्दै स्थानीय मण्डलीलाई सशक्तिकरण गर्ने रहेको र आज हामीले सुनेका जीवन रूपान्तरणका गवाहीहरूले हामीलाई हाम्रो दर्शन र परमेश्वरको बृहत् योजनाप्रति थप विश्वस्त र उत्साहित बनाएको छ ।”
कार्यक्रममा विद्यालयको दर्शन र यसको स्थापना पछाडिको उद्देश्यबारे स्पष्ट पारिएको थियो, जसले उपस्थित मानिसहरूलाई आत्मिक रूपमै यस सेवकाइसँग जोडेको थियो । म्याम टोनी र नेपालको टोलीबाट प्राप्त भिडियो सन्देश कार्यक्रमको अर्को प्रमुख आकर्षण बनेको थियो ।नेपालबाट पठाइएको उक्त सन्देशले सेवकाइको हृदयलाई पूर्ण रूपमा समेट्दै परमेश्वरको राज्यको बृहत् योजनाको सम्झना गराएको थियो । तत्पश्चात्, रिबन काटेर आधिकारिक रूपमा पाकिस्तानस्थित यस विद्यालयको समर्पण गरिएको थियो । सोही क्रममा कक्षाहरू र भविष्यमा आउने विद्यार्थीहरूका लागि विशेष प्रार्थना गरिनुका साथै आगामी समयको सेवकाइको निम्ति शिक्षकहरूलाई प्रार्थनासहित अधिकार सुम्पिँदै परिचालन (Commissioned) गरिएको थियो ।
गवाहीले ल्याएको उत्साह :
कार्यक्रमको सबैभन्दा शक्तिशाली र भावुक क्षण भनेको पूर्व विद्यार्थीहरूका गवाहीहरू सुन्नु थियो । पा. सबा, पा. सबिर, पा. सरवर, पा. शौकत र शीजाले यस डुनामिस तालिमबाट आफ्नो जीवन र सेवकाइमा आएको रूपान्तरणको वास्तविक र हृदयस्पर्शी अनुभवहरू बाँडेका थिए । उनीहरूका गवाही सुन्दा उपस्थित सबैजना भावुक हुनुका साथै यो सेवकाइ किन आवश्यक छ भन्ने कुराको स्पष्ट पुष्टि भएको थियो । ती गवाहीहरूबाट प्राप्त उत्साहलाई कायम राख्दै, आयोजकले भर्ना प्रक्रियाको बारेमा जानकारी गराउँदा सहभागीहरूबाट धेरै चासो व्यक्त भएको थियो । नयाँ कुरा सिक्न र सुरुवात गर्न उत्सुक धेरै मानिसहरूलाई सोही अवसरमा आवेदन फारमहरू समेत वितरण गरिएको थियो ।
मण्डलीका अगुवाहरू, अतिथिहरू र सम्पूर्ण सहभागीहरूसँगको विशेष आशिषको प्रार्थना, सामूहिक तस्बिर सङ्कलन र सँगै सहभोजको सङ्गति (Fellowship) पछी कार्यक्रमको समापन भएको थियो । आयोजक टोलीका अनुसार, पाकिस्तानमा भएको यस शुभारम्भ कार्यक्रमले डुनामिस विद्यालयको आगामी यात्राको लागि एउटा अत्यन्तै बलियो जग बसालेको छ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
हाम्रो जीवनको सहारा येशू
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी







