एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
- पा.
- हनोक तामांग एउटा भनाइ छ— “हात्ती खानु छ भने एकै गाँसमा खान सकिँदैन, त्यो एक-एक गाँसबाट सुरु हुन्छ।
- पा. हनोक तामांग
एउटा भनाइ छ— “हात्ती खानु छ भने एकै गाँसमा खान सकिँदैन, त्यो एक-एक गाँसबाट सुरु हुन्छ।” चुनौतीहरूको यो चाङमा सक्षम नेतृत्व दिनका लागि डा. किरण दासको नेतृत्वमा निर्वाचित हुनुभएका सम्पूर्ण कार्यसमितिलाई म नेपालकै सबैभन्दा पुरानो छाता सङ्गठन एनसीएफएनको जिम्मा सुम्पँदै स्वागत गर्दछु ।
प्रभुलाई यस विशेष दिनको लागि धेरै धन्यवाद भएको होस् । उहाँले आफ्नो योजनामा आजको दिनलाई राख्नुभयो र हामीले यसलाई सदुपयोग गर्ने मौका पाएका छौँ। उहाँलाई नै आदर, महिमा र इज्जत मिलेको होस् ।
आज हामी जहाँ उभिएका छौँ, यस यात्रामा मसँग अनवरत रूपमा सेवाकार्यमा सहायता गर्नुहुने निवर्तमान एनसीएफएन (NCFN) कार्यसमितिका सम्पूर्ण सदस्यज्यूहरूलाई म धन्यवाद दिन चाहन्छु । सबैको नाम लिन सम्भव नभए पनि मेरो हृदयको अन्तस्करणदेखि यहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु। यसका साथै, एनसीएफएन नेपालको केन्द्रीय कार्यालयका महासचिवज्यू, कर्मचारी वर्ग, महिला आयोग, युवा आयोग र प्रान्तीय आयोगका सम्पूर्ण अध्यक्षज्यूहरू लगायत सम्पूर्ण टिमलाई मेरो व्यक्तिगत तर्फबाट मुरीमुरी धन्यवाद छ ।
नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना
यस भव्य निर्वाचनबाट निर्वाचित भएर आउनुभएका डा. किरण दासज्यू र उहाँको सम्पूर्ण टिमलाई मेरो हृदयदेखि नै धन्यवाद र स्वागत गर्न चाहन्छु। यहाँहरूको कार्यकाल नितान्त सौहार्दपूर्ण र आशिषमय भएको होस् ।
हामीले सुनिसकेका छौँ, अगाडि थुप्रै चुनौतीका चाङहरू छन् । एउटा भनाइ छ— “हात्ती खानु छ भने एकै गाँसमा खान सकिँदैन, त्यो एक-एक गाँसबाट सुरु हुन्छ ।” चुनौतीहरूको यो चाङमा सक्षम नेतृत्व दिनका लागि डा. किरण दासको नेतृत्वमा निर्वाचित हुनुभएका सम्पूर्ण कार्यसमितिलाई म नेपालकै सबैभन्दा पुरानो छाता सङ्गठन एनसीएफएनको जिम्मा सुम्पँदै स्वागत गर्दछु ।
मेरा अधुरा सपना र आगामी नेतृत्वलाई सुझाव
मेरो कार्यकालमा गर्न नसकेका र पूरा नभएका केही सपनाहरू छन्। ती कुराहरू डा. किरण दासज्यूको कुशल र सबल नेतृत्वको कालमा पूरा हुनेछन् भन्ने मलाई विश्वास छ ।
१. आर्थिक स्वावलम्बन र आत्मनिर्भरता
एनसीएफएन नेपाल ६७ वर्ष लामो इतिहास बोकेको संस्था भए तापनि आर्थिक र व्यावहारिक दृष्टिकोणले हामी अझै स्वावलम्बी हुन सकेका छैनौँ। नेपालमा लगभग १२-१३ हजार मण्डलीहरू र २५ लाख इसाईहरू छौँ भनी हामी भन्छौँ। तर, जब हामी स्वावलम्बी हुने र आफ्नै खुट्टामा उभिने कुरा गर्छौँ, हामी धेरै पछाडि छौँ ।
मेरो अनुसन्धानमा नेपालका ७७ वटै जिल्ला र सातवटै प्रदेशमा घुम्दा मैले करिब ६०-७० प्रतिशत मण्डलीहरू विदेशी वैशाखीको भरमा चलेको पाएको छु। मेरो सपना थियो कि एनसीएफएनका करिब ७-८ हजार मण्डलीहरूले केन्द्रलाई सहयोग गरून् र केन्द्रका सम्पूर्ण कार्यक्रम तथा कर्मचारीहरूको भार मण्डलीहरूले नै उठाउन सकून् । हामीले लामो समयदेखि टेक्दै आएको परनिर्भरताको वैशाखीलाई त्याग्नै पर्छ। आगामी ३ वर्षभित्र यो संस्था आर्थिक रूपले परनिर्भरताबाट मुक्त भई स्वआश्रित र स्वशासित बन्न सकोस् भन्ने मेरो चाहना छ । केन्द्रका कर्मचारीहरूले अब परियोजनाबाट काटेर तलब लिने दिनको अन्त्य होस् ।
२. एनसीएस (NCS) सँगको सम्बन्ध सुदृढीकरण
१४ वर्ष पछाडि, २०१७ सालतिर नेपालको मण्डलीभित्र एक प्रकारको विषम परिस्थिति सिर्जना भयो । एनसीएस (नेपाल ख्रीष्टियन समाज) र एनसीएफएनको सम्बन्ध तहसनहस भएको अवस्था थियो । तर, परमेश्वरले हामीलाई एनसीएससँग १० बुँदे सहमति गरी सहकार्य गर्ने मौका दिनुभयो। यसको आविष्कारक वा निर्माणकर्ता वर्तमान महासचिवज्यू नै हुनुहुन्छ ।
पास्टर बर्णबासज्यू एनसीएसको अध्यक्ष भएर आउँदा यो सम्बन्ध सुधार गर्न सम्भव भएको थियो । ३० वर्षभन्दा बढी समयदेखि म उहाँलाई चिन्छु । कुनै पनि सेवाकार्यको सूत्रधार सम्बन्ध हो। सङ्गति र सङ्गठन भन्दा ठूलो कुरा सम्बन्ध हो । तसर्थ, नवनिर्वाचित अध्यक्षज्यू र कार्यसमितिलाई मेरो विनम्र अनुरोध छ—एनसीएफएन र एनसीएस बीचको यो सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजानुहोस् ।
३. ‘पास्टरिय उपकार कोष’ को स्थापना
एनसीएफएन ६७ वर्षको हुँदा पनि धेरैले सोध्ने गर्छन्, “पास्टरहरूको लागि एनसीएफएनले के गरेको छ?” पास्टरहरू बिरामी पर्दा, उपचार गर्न नपाएर मर्दा वा खुट्टा काट्नुपर्ने अवस्था आउँदा एनसीएफएनले केही गर्न सकेन भन्ने गुनासो छ ।
म नवनिर्वाचित कार्यसमितिलाई आह्वान गर्न चाहन्छु कि नेपाल राष्ट्रिय मण्डली सङ्गतिले एउटा ‘पास्टरिय उपकार कोष’ को निर्माण गरोस्। यो कोषले सबैलाई पूर्ण सहयोग गर्न नसक्ला, तर कम्तीमा १ लाख रुपैयाँ माग्ने पास्टरलाई १० हजार मात्र दिन सकियो भने पनि त्यो ठूलो कुरा हुन्छ। यसका लागि मैले मेरो कार्यकालमा विभिन्न ठाउँबाट मलाई प्राप्त भएका व्यक्तिगत उपहार र सहयोग रकमहरू जम्मा गरेर ‘सिड मनी’ (Seed Money) वा सुरुवाती ब्यालेन्सको रूपमा एनसीएफएनलाई हस्तान्तरण गरेको छु। खर र फुसको छानामुनि सेवा गरिरहेका साना र गरिब मण्डलीका पास्टरहरूलाई आपतकालीन अवस्थामा सहयोग गर्न यो कोषले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
आभार तथा धन्यवाद
अन्तमा, म मेरो मण्डली परिवार र आराधना मण्डली परिवारलाई धन्यवाद दिन चाहन्छु । मेरो सह-पास्टर, जो अहिले केही महिनाको लागि डेनमार्क जानुभएको छ, र मण्डली समुदायले मलाई यो सेवा गर्नका लागि ९ वर्षदेखि पूर्ण रूपमा स्वतन्त्र छोडिदिनुभयो । म एनसीएफएनको काममा देशका विभिन्न ठाउँमा जाँदा पनि उहाँहरूले मलाई निरन्तर प्रार्थना र साथ दिनुभयो । उहाँहरूको बुझाइ र प्रार्थनाविना मेरो यो यात्रा सम्भव थिएन । म एनसीएफएनको काममा हिँड्दा भत्ता वा टिएडिए (TA/DA) नखाई धेरैजसो आफ्नै खर्चमा हिँडेको छु र यसमा मेरो मण्डलीको ठूलो साथ छ ।
यसका साथै, अत्यन्तै सहज परिस्थितिमा यो नेतृत्व हस्तान्तरणको प्रक्रिया (Safe Landing) सम्पन्न गरिदिनुभएकोमा निर्वाचन समितिका संयोजक पास्टर चन्द्रमान नेपाली लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन चाहन्छु। यहाँहरूले सुरक्षित र सौहार्दपूर्ण वातावरणमा नयाँ नेतृत्व चयनको कार्य सम्पन्न गर्नुभयो ।
( यो आलेख एनसिएफ कार्यालयमा आयोजित कार्यभार हस्तान्तरण तथा ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष पा. हनोक तामाङले व्यक्त गर्नुभएको विचारमा आधारित भएर तयार गरिएको हो )
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन







