single page header banner

शरीर र आत्मामा चङ्गाइको हार्दिक शुभकामना !

Pramodkhadka Pramodkhadka
मंगलबार, पौष 24, 2081
Social buttons loaded
समाचार सारांश
  • जागृति तथा प्रार्थना सभामा दलमर्दन कामिको शुभकामना मन्तव्य !
  • !

जागृति तथा प्रार्थना सभामा दलमर्दन कामिको शुभकामना मन्तव्य !!

कार्यक्रमका अध्यक्ष ज्यु, प्रभुमा आदरणीय गुरुजन ज्युहरु, यस कार्यक्रमका लागि टाढा नजिकबाट आउनु भएका आदरणीय दाजुभाइ दिदीबहिनीहरु, सबैमा हार्दिक अभिवादन, जयमसिह।

आजको यो ऐतिहासिक समारोहमा उपस्थित भएर, पार्टीको नेतृत्वको हैसियतमा यहाँहरूसँग उभिन पाउँदा म गर्वित महसुस गर्दैछु।

यस जागृति सभाको उद्घाटन कार्यक्रमले धार्मिक स्वतन्त्रताको सकारात्मक सन्देश प्रवाह गर्नेछ, र म विश्वास गर्छु कि दुई दिनसम्म चल्ने यस कार्यक्रममा सहभागी हुनुभएका आदरणीय दाजुभाइ र दिदीबहिनीहरूको आत्मिक जीवनमा नयाँ युगको शुरुआत हुनेछ।

तपाईंहरूले जसको लागि यो कार्यक्रम आयोजना गर्नुभएको छ र जसका लागि यहाँ उपस्थित हुनुहुन्छ, म त्यसमा विश्वास गर्दछु। यस कार्यक्रममा सहभागी भएर तपाईंहरूले आत्मा बलियो बनाउन र शारीरिक जीवनमा चङ्गाइ र छटकारा पाउनुहोस्, यो मेरो हार्दिक शुभकामना हो।

यो कार्यक्रम देशको संविधानले दिएको धार्मिक स्वतन्त्रताको आधारमा आयोजना गरिएको हो। आजसम्म यो कार्यक्रमसम्म आइपुग्नका लागि थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको सुनेको छु।

कार्यक्रम हुन नदिनका लागि प्रशासनको आनाकानी र अतिवादी समूहहरूको दबाब स्पष्ट रूपमा मानव अधिकार र स्वतन्त्रताको हनन हो। यस्ता घिनलाग्दा कार्यहरूको भत्सर्ना गर्न म र मेरो पार्टीको तर्फबाट प्रतिबद्धता जनाउँछु।

हामी सबैको दाइत्व हो कि यस्ता अन्याय र अत्याचारको विरुद्ध उभिनुहोस् र न्याय, समानता, र मानव अधिकारको सुनिश्चितता गर्नका लागि प्रयास गरौं। आमूल परिवर्तन नागरिक पार्टी यस तर्फ सधैं तयार रहनेछ।

विभेद रहित समतामूलक समाज निर्माण, समानता, न्याय, र मानवअधिकारको निम्ति हामी प्रतिबद्ध छौं। यो तपाइँहरूको संस्था र नेतृत्वले यी मूल्य र मान्यतामा रहेर समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ लक्ष्य राखेर अगाडि बढेको छ भन्नेमा म विश्वस्त छु।

यस ऐतिहासिक कार्यक्रममा उपस्थित सबै प्रतिष्ठित व्यक्तिहरूलाई, विशेष गरी यस संस्थाका नेतृत्वलाई, म आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट हार्दिक बधाई र शुभकामना प्रकट गर्दछु।

म यो अपेक्षा गर्दछु कि यस संस्थाको मार्गदर्शनले नेपाली समाजमा विद्यमान अन्याय, असमानता, विभेद, र दमनको अन्त्य गर्दै न्यायपूर्ण र समतामूलक समृद्ध समाज र राष्ट्रको निर्माणमा ठूलो योगदान पुर्याउनेछ।

समाजको समृद्धि र देशको विकासले मात्र समानता, न्याय, र समान अवसर ल्याउँछ। राष्ट्रको विकास र समृद्धिका लागि आमूल परिवर्तन ल्याउन हामी सबै प्रकारका अतिवादको अन्त्य गर्ने, र सबै जाति, धर्म, र समुदायलाई समान अस्तित्व र अवसरको सुनिश्चितता गर्ने कुरामा प्रतिबद्धता जनाउँछौं।

यति भनिसकेपछि, यो कार्यक्रमबाट तपाईंहरूले शरीर र आत्माको चङ्गाइ पाउँदै नयाँ जीवनको अनुभव गर्न सक्नुहुनेछ भन्ने आशा गर्दै, हार्दिक बधाई र शुभकामना!

धन्यवाद।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
विश्वास र विश्वासी : बाइबलिय अर्थ
विश्वास र विश्वासी : बाइबलिय अर्थ
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम