single page header banner

इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने

Pramodkhadka Pramodkhadka
बिहिबार, भाद्र 4, 2080
Social buttons loaded
समाचार सारांश
  • काठमाडौं ।
  •  नेपाली ख्रीष्टियन इतिहासकै पहिलो दर्ता भएको ख्रीष्टियन संस्था द–इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपालले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेको छ ।

काठमाडौं । नेपाली ख्रीष्टियन इतिहासकै पहिलो दर्ता भएको ख्रीष्टियन संस्था द–इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपालले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरेर इकानले कार्ययोजना सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै इकानका महासचिव रेभ. जोशेफ सोलोमोनले नेपालको पुर्व मेची देखि पश्चिमको महाकालीसम्म रहेका सम्पुर्ण ईसाइ तथा गैर ईसाइ बालबालिका तथा युवा युवतीहरुलाई शिक्षाको ज्योतिबाट बन्चित हुनु नपरोस भन्नका खातिर विभिन्न विधाको पाठक्रममा आधारित गुणस्तरिय व्यवसायिक सिपमुलक शिक्षा तथा तालिमका विद्यालय, कलेज र ख्रीष्टियन विश्वविद्यालय सञ्चालन गरिने जानकारी दिनुभएको छ । यसका लागि नेपाल सरकारसँग आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।

भावी कार्ययोजना सार्वजनिक गर्ने क्रममा उनले नेपालको मण्डलीमा सुधार, नवीकरण र पुर्नजागृति साथै उत्प्रेरणा र संयुक्त आवाजको खाँचो रहकोले त्यसको लागि नेपालभर छरिएर रहेका ख्रीष्टियनहरुलाई एकिकृत गर्ने उद्देश्यले प्रत्येक वर्ष ईसाइ महिला दिदीबहिनी सम्मेलन, ईसाइ युवा युवती सम्मेलन, ईसाइ बालबालिका सम्मेलन ईसाइ अगुवाजनहरु, पास्टरहरु र गुरुजनहरुको पाँच दिने आत्मिक जागृतिको विशाल सम्मेलन सञ्चालन गरिने बताए ।

इकानको अगुवाईमा नेपालको सातै प्रदेशमा पाँच हजार क्षमताको आधारभुत सेवा तथा सुविधा सम्पन्न सम्मेलन भवन निर्माण गर्नको लागि सम्पुर्ण प्रवन्ध मिलाइनेसम्म योजना रहेको सोलोमोनले जानकारी दिए ।

इकानले विश्वव्यापी विश्वासको सारलाई आत्मसाथ गर्दै नेपाली चर्चहरुलाई आत्मनिर्भरताको बाटोमा अग्रसर गराई मण्डली तथा पास्टर, अगुवालाई नेपालको धार्मिक स्वतन्त्रता र मानवअधिकारको क्षेत्रमा सुसुचित गर्ने, आत्मिक वृद्धिमा अगाडी बढाई झुटा शिक्षाबाट नेपाली मण्डलीलाई बचाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली मण्डली र प्रवासी नेपाली इसाई समुदायका वीचमा इकानलाई प्रत्यक्ष जनसम्पर्क, परिचित गराउनुका साथै चर्चमाथि नियन्त्रण गर्ने नभई, नेपाली मण्डलीमा स्रोत साधन जुटाई, सामाजिक रुपान्तरण र भेद्भावरहित चर्चको अवधारणा विकास गर्ने इकानले जनाएको छ ।

द इभान्जलीकल ख्रिष्टियन अलायन्स अफ नेपाल गैरनाफामुलक संस्थाको रुपमा नेपाल सरकारमा दर्ता भएको सुसमाचार तथा अल्पसंख्यक नेपाली इसाई समुदायको मानवअधिकार तथा सामाजिक न्यायको निम्ति एकताको आवाजका रुपमा चर्चहरुलाई एकसाथ जोड्ने इभान्जलीकल विश्वासको केन्द्रीय सञ्जाल हो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
पवित्र आत्मामा एकता कायम राखौं (एफिसी ४:१–१६)
पवित्र आत्मामा एकता कायम राखौं (एफिसी ४:१–१६)
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
मुक्ति : बाइबलिय  अर्थ 
मुक्ति : बाइबलिय अर्थ 
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
संविधान संशोधनमा सबै धार्मिक समुदायको साझा आवाज :
संविधान संशोधनमा सबै धार्मिक समुदायको साझा आवाज :
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम